वि.सं २०७८ असोज ३ आइतबार फोरेक्स युनिकोडमौसम

'माओवादी हौं' भन्दै सर्वोच्चमा मुद्दा पनि हाल्ने, एमाले बैठकमा पनि जाने !

'माओवादी हौं' भन्दै सर्वोच्चमा मुद्दा पनि हाल्ने, एमाले बैठकमा पनि जाने !

काठमाडौं । आफूहरु अहिले पनि नेकपा माओवादी केन्द्रमै रहेकाले सांसद पदमा पुनर्वाहली गरिपाउँ भन्दै सर्वोच्च अदालतमा मुद्दा लिएर पुगेका नेकपा एमालेका ४ नेता सोही पार्टीको बैठकहरुमा अहिले पनि सहभागि भईरहेका छन् । नेकपा एमालेको जारी स्थायी कमिटी बैठकमा नेता लेखराज भट्टलगायतका माओवादी त्यागेका नेताहरु सहभागि भएका हुन् ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा जारी स्थायी कमिटी बैठकमा माओवादी त्यागेका नेताहरु रामबहादुर थापा, लोखराज भट्टलगायत उपश्थित भएको एक नेताले जानकारी दिए ।

बैठकमा नेकपा एमालेको माधवकुमार नेपाल पक्ष भने गएको छैन । उपाध्यक्ष बामदेव गौतम कहिले जाने कहिले नजाने गरेका छन् । माओवादी केन्द्र छोडेका नेताहरु भने बैठकमा सहभागि भईरहेका छन् ।

आज बसेको स्थायी कमिटी बैठकले देशभरका सबै पालिकास्तरको अधिवेशन आगामी असोज ९ सम्म गरिसक्ने निर्णय छ । बैठकपछि महासचिव ईश्वर पोखरेलले नगरपालिका अधिवेशनका लागि अन्तिम मिति असोज ९ गते तोकिएको बताए । यसैगरी बैठकले साउन २४ गतेलाई एमाले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

माओवादी छोडेका नेताहरु भट्टसहित टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरी आफूहरु एमालेमा नगएको र आधिकारिक पार्टी माओवादी केन्द्र नै भएकाले सांसद पद कायम गरिपाउँ भन्दै सर्वोच्च पुगेका थिए ।

उनीहरुको मुद्दामा २ पटक पेशी तोकिएपनि सुनुवाई हुन सकेको छैन । पहिलो दिन न्यायाधीश दिपककुमार कार्कीको ईजलासमा परेको मुद्दा हेर्न नभ्याईनेमा सारिएको थियो । दोश्रो पटक न्यायाधीश डा. आनन्दमोहन भट्टराईकोमा परेपछि निवेदनकर्ताले नै मुद्दा स्थगित गराउन माग गरेका थिए ।

पहिलेको भन्दा अहिलेको संविधान प्रगतिशिल छ : मुख्यमन्त्री शाही

‘संविधान पुनरावलोकन गर्ने समय आयो’-विज्ञहरु

कांग्रेस महाधिवेशनः यसरी हुँदैछ तीन युवा नेताहरुको महामन्त्रीमा भिडन्त

'गर्भमा नै हराउँछन् छोरीहरू'

एक हप्ताभित्र सरकारमा सहभागी हुन्छौंः माधव नेपाल

गठवन्धन सरकारका कारण संविधान संकटमा पर्‍यो- अध्यक्ष बराल