वि.सं २०७८ असोज ३ आइतबार फोरेक्स युनिकोडमौसम

तपाईंको आज : साउन १९ गते मंगलबार विशेष राशिफल

तपाईंको आज : साउन १९ गते मंगलबार विशेष राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आत्मिक सन्तुष्टि मिल्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । तीर्थाटनको योग पनि छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । घरमा अतिथिको आगमन हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) आजको दिन प्रतिकूल समय छ, संयम रहनु होला । बोलीको विपरीत अर्थ लाग्न सक्छ । जिद्दीपनाले गर्दा काम बिग्रने र प्रेममा मनमुटाव आउला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । पारिवारिक साथ, प्रेम, सद्भाव र स्नेह बढ्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) आज नयाँ कार्यको थालनी हुनेछ । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्नेछन् ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) आज नयाँ कार्यको योजना बन्नेछ । कुनै कुराले मन प्रसन्न रहनेछ । लामो समदेखि रोकिएका अधुरा कार्यहरू पुनः प्रारम्भ हुनेछन् ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष साथ र सहयोग मिल्नेछ ।आकस्मिक धन लाभ पनि हुनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आज अकस्मात् धन सम्पत्ति हात पर्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । रमणीय र सुखद् यात्राको योजना बन्ला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) गरेको काममा ढिलासुस्ती हुनेछ दबाब र तनाव बढेको महसुस हुनेछ । पारिवारिक समस्या आइपर्ला । विचार गरेर निर्णय लिनु उचित होला ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।

पहिलेको भन्दा अहिलेको संविधान प्रगतिशिल छ : मुख्यमन्त्री शाही

‘संविधान पुनरावलोकन गर्ने समय आयो’-विज्ञहरु

कांग्रेस महाधिवेशनः यसरी हुँदैछ तीन युवा नेताहरुको महामन्त्रीमा भिडन्त

'गर्भमा नै हराउँछन् छोरीहरू'

एक हप्ताभित्र सरकारमा सहभागी हुन्छौंः माधव नेपाल

गठवन्धन सरकारका कारण संविधान संकटमा पर्‍यो- अध्यक्ष बराल