वि.सं २०७८ असोज ३ आइतबार फोरेक्स युनिकोडमौसम

विवाद मिलाउन एमाले अध्यक्ष ओली र नेता नेपालबीच आज भेटवार्ता

विवाद मिलाउन एमाले अध्यक्ष ओली र नेता नेपालबीच आज भेटवार्ता

काठमाडौं । पार्टीभित्रको विवाद मिलाउने प्रयासस्वरुप एमालेका अध्यक्ष केपी ओली र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता गराउने तयारी भएको छ ।

एमालेका दोश्रो तहका नेताहरुलै मंगलबार साँझसम्म दुई नेताबीच भेट गराउने प्रयास गरेका हुन् । दुई नेताबीच भेटवार्ता हुने तयारी भएको भए पनि समय र स्थानबारे टुङ्गो नलागेको एक नेताले जनाए ।

यसअघि सोमबार बसेको नेपाल पक्ष स्थायी कमिटी बैठकले सहमतिका लागि अधिकतम प्रयास गर्ने र अध्यक्षसंग भेट गर्ने निर्णय गरेको थियो भने ओली पक्ष स्थायी कमिटी बैठकले एकताका लागि अधिकतम लचक हुने निष्कर्ष निकालेको थियो ।

गएको जेठ २७ गते दोस्रो तहका दश नेताले दश बुँदे सहमति गरेपनि एमालेको एकता कायम हुन सकेको छैन । यसबीचमा दुवै पक्षका नेताहरुले आन्तरिक छलफललाई भने निरन्रता दिएका छन् ।

पहिलेको भन्दा अहिलेको संविधान प्रगतिशिल छ : मुख्यमन्त्री शाही

‘संविधान पुनरावलोकन गर्ने समय आयो’-विज्ञहरु

कांग्रेस महाधिवेशनः यसरी हुँदैछ तीन युवा नेताहरुको महामन्त्रीमा भिडन्त

'गर्भमा नै हराउँछन् छोरीहरू'

एक हप्ताभित्र सरकारमा सहभागी हुन्छौंः माधव नेपाल

गठवन्धन सरकारका कारण संविधान संकटमा पर्‍यो- अध्यक्ष बराल