वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

सीमामा उभिएको चराको तस्बिर बन्यो यो वर्षकै उत्कृष्ट

सीमामा उभिएको चराको तस्बिर बन्यो यो वर्षकै उत्कृष्ट

काठमाडौं । मेक्सिकोका अल्ज्यान्द्रो प्रिइटो यो वर्षकै उत्कृष्ट बर्ड फोटोग्राफर बनेका छन् । प्रिइटोले खिचेको अमेरिका–मेक्सिको सीमामा उभिएको चराको तस्बिरले उनलाई यो वर्षको ‘बर्ड फोटोग्राफर अफ द इयर’को विजेता बनाएको हो ।

तस्बिरमा देखिएको चरा दगुर्दै सडक पारिपट्टि जान खोज्छ तर सीमामा लगाएका अग्ला पर्खाल र काँडेतारका कारण जान सक्दैन र टुलुटुलु पर्खाल हेरेर उभिरहन्छ । फोटोग्राफर प्रिइटोले सीमामा खडा गरिएका पर्खालले जैविक विविधतामा खतरा पुगेको कुरा तस्बिरले देखाएको बताइएको छ ।

प्रतियोगितामा सहभागी २२ हजार तस्बिरमध्ये प्रिइटोको तस्बिर वर्ष २०२१ को उत्कृष्ट भएको बीबीसीले जनाएको छ । पुरस्कारको राशि पाँच हजार पाउण्ड स्टर्लिङ रहेको छ । फोटोग्राफर अल्ज्यान्द्रो प्रिइटो सीमा क्षेत्रमा वन्यजन्तुबारे डकुमेन्ट्री गर्दै आएका छन् ।

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्य आजदेखि अल्पमतमा, बिश्वासको मत नपाउने

प्रधानमन्त्री देउवा बाढीपहिरो निरीक्षण गर्न दुई दिनका लागि सुदुरपश्चिममा

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय