वि.सं २०७८ असोज ११ सोमबार फोरेक्स युनिकोडमौसम

'म कसरी बेचिएँ, कसरी लुटिएँ !'

'म कसरी बेचिएँ, कसरी लुटिएँ !'

चितवन । ‘आजसम्म धेरै बालिकाहरुले आफ्नो ज्यान गुमाए । बलत्कार छ जताततै । मेरो पनि आएको थियो त्यो दिन जहाँ हरेक दिन म लुटिएको थिए । बिचरा ती निर्दोश बालिकाहरुले करणी पछी ज्यान गुमाए । सबैको आ आफ्नो पिडा छ जीवनमा, तर मैले जस्तो कसैले त्यो कहाली लाग्दो जीवन कुनै चेलीले भोग्न नपरोस् ।’ जीवनमा अनुमान गरेका कुरा गलत हुनसक्छन् तर अनुभव कहिल्यै गलत हुदैन ।’

यी माथिमा हरफहरु निशा गिरीका हुन् ।

आज मानव बेचबिखन र ओसारपसार विरुद्धको १५ औं राष्ट्रिय दिवस । जिल्ला प्रहरी कार्यालय चितवनको तथ्याकं हेर्दा आर्थिक वर्ष २०७७/७८ मा २०५ जना महिला हराएका छन् । त्यसमध्ये १७६ जना फेला परेका छन् भने एक जनाको मृत्यु भएको छ । यो दिवस मनाईरहँदा बेचिएर आएकी चेलीले अन्य दिदी बहिनीहरु कहिल्यै पनि बेचिन नपरोस भनेर अनेक तवरबाट सचेतना दिईरहेकी छन् ।

झापाकी निशा गिरी कलिलै उमेरमा भारतमा बेचिन विवश भईन । उनको बालापनको फाईदा उठाउदै उनकै आफन्तबाट उनी बेचिन विवस भईन । चितवनको चेली नेपालको संरक्षण गृहमा रहेकी निशा अहिले तिनै बेचिएका र बेचिन लागेका दिदी बहिनीहरुको लागि सचेतना कार्यक्रम गर्न व्यस्त छिन् ।

आफ्नो विगत सुनाउदै निशा भन्छिन्, झापामा मेरो घर छ । घरको आर्थिक अवस्था निकै गाहे छ । ठुलो परिवार । बुवा आमाले खेतीपाती गरेर जसोतसो जीवन चलेको छ । हामी घरमा ६ जना छोरी छौँ । हजुरबा, हजुरआमाले धेरै छोरी भयो छोरा चाहीयो भनेर आमालाई तनाव दिँदादिँदा छोरा पाउने चाहनाले हामी छोरी जन्मीएका हौं । म जन्मदा पनि आमाले एउटा छोरा जन्मेपनि सुखसंग बस्थे भनेर भन्नुहुन्थ्यो रे । जब म जन्मिएं फेरी छोरी नै जन्मायो भनेर अर्को एकजना आन्टीलाई भगाएर बुवा भारत जानु भएछ ।

आमा, हजुरआमाले अनेक गरेर त्यो आन्टीसंगको सम्बन्ध टुटाउनु भयो । बुवा घरमा आए लगतै फेरी आमाको गर्भ रहेछ । म पछि भने भाई जन्मीयो । भाई जन्मीएपछि ममीलाई स्याहार सुसार गर्न आन्टी आउनु भयो । बुबाको र आन्टीको सम्बन्धबाट फेरी त्यता पनि भाई जन्मीयो । मेरो परिवारमा अहिले ६ दिदी बहिनी र दुई भाई छन् ।
जेनतेन स्कुल पढ्दै थिए । त्यही बिचमा स्कुल विदा भयो ।

स्कुल विदा भएपछी म दिदीको घरमा गए । केही समय बस्दै काम गर्दै थिए । दिदीको घर नजिकको एक जना दिदी आउनु भयो । त्यो दिदीले दिउँसो तिर मेरो घरमा आउन भन्नुभयो । म त्यो दिदीको घरमा जादा दिदीको घरमा पाहुना आउनु भएको रहेछ । त्यो पाहुनाको नाम गिता थियो । मैले काम गरेको देखेर गिता दिदीले कस्तो राम्रो काम गरेको तिमी मेरो घरमा आउनु भन्नुभयो । म भोलिपल्ट दिदीको घरमा गए । घरमा गएपछी गिता दिदीले फिल्म हेर्न जाउँ भन्नुभयो । घरमा गएर जंगल जान्छु भनेर सोधेर आउ भन्नुभयो । मैले दिदीलाई सोधेर हिडे । गिता दिदीसंग फिल्म हेर्न जाने भनेर गयौं । तर फिल्म हेर्न नलगिकन आफ्नो मामाघरमा लैजानु भयो । मामा घरमा खाना खाईसकेपछी उहाँकै लुगाहरु लगाउन दिनुभयो । काँकडभित्तामा एक जना दिदीको घरमा लैजानु भयो, गिता दिदी र त्यो दिदी भारतमा संगै काम गर्नुभएको रहेछ । काकडभित्ताको दिदीले गिता दिदीलाई भारत नलैजाउ उ धेरै सानो रहेछ उस्ले काम गर्न सक्दैन भनेर भन्नुभयो ।

उहाँहरु बिचमा कुराकानी भैरहेको थियो । कति धेरै बुजकी छ यो बैनी काम गर्न सकिहाल्छ नी भनेर उहाँले मलाई त्यहाँबाट लैजानु भयो । केहीपर एक होटलमा चाउमिन खादै गर म पैसा तिरेर जान्छु । म एक जना दिदीलाई भेटेर आउछु भनेर हिड्नु भयो । धेरै बेरसम्म गिता दिदी आउनु भएन । म फेरी त्यही दिदीको घरमा गए । दिदीले तिमी नजाउ घरसम्म जाने पैसा म दिन्छु भन्नुभयो । ठुला ठुला भाडा माँझन पर्छ भनेर भन्दै हुनुहुुथ्यो । मैले पनि नजाने मनस्थित बनाए । तर केहीबेरमा नै गिता दिदी खोज्दै खोज्दै त्यही आईपुग्नु भयो । म गिता दिदी आएपछी लुक्न गए । मेरो चप्पल देखेर खोज्दै माथी नै आउनु भयो । मलाई विराटनगर लैजानु भयो । विभिन्न प्रकारको खाने कुरा खान दिनुभयो । लुगाहरु किन्दीनु भयो । बुबा आमा दिदी भाई सबैलाई मैले विर्सेको थिए ।

बोर्डर क्रस
विराटनगरमा जुन घरमा बसेको थिए । त्यही घरको दाई गिता दिदी र म भएर भारत तर्फ लाग्यौं । ट्रेनमा बस्दा मलाई घरको साह्ै याद आयो । मेरो छेउमा बसेको दाईसंग फोन मागेँ । घरमा फोन लागेन । मलाई राम्रोसंग फोन हान्न आएन । गिता दिदीले कसरी थाहा पाउनु भएछ । त्यही साह्ै नराम्रोसंग गाली गनुृभयो । कसैलाई फोन गरेको थाहा पाए जहाँ हो त्यहीको झयालबाट फाल्दीन्छु भनेर कराउनु भयो । म निरास भएं । मलाई किन कराउनु भएको होला भन्ने लाग्यो । हामी दिल्ली पुग्यौ । विस्तारै हिड्नु पर्छ भनेर सिकाउनु भयो । कुन ठाँउमा आएछु भनेर नरमाईलो लाग्यो ।

कोठीको यात्रा
दिल्ली कोठामा पुगेपछी मलाई कोठा भित्रै राख्नु भयो । कोठामा बस्दा गोरी हुन्छ भनेर राख्नु भएको थियो । त्यहाँ बसेको एक हप्तापछी मलाई पार्लरमा लैजानु भयो । मेरो कपाल काटीदिनु भयो । आई व्रो मिलाई दिनुभयो । मलाई धेरै राम्री भएको महसुस भयो । गिता दिदी प्रति मलाई धेरै माया पलायो । किन की मलाई यति राम्रो बनाई दिनुभएको थियो । म कहिले पनि नगएको ठाँउमा ल्याउनु भएको थियो । त्यहाँको ठुला ठुलाघरहरु नयाँ नयाँ ठाँउहरु घुम्न लैजानु भएको थियो । गिता दिदीले यदि कसैले तिमीलाई सोधेमा मेरो आमा हो भनेर भन भनेर सिकाउनु भएको थियो । मलाई पार्लरबाट घरमा ल्याउनु भयो । गिता दिदी र मलाई लैजाने राजकुमार दाई भएर दिल्लीको मदनगिरी भन्ने मार्केटमा रहेको एक घरमा लैजानु भयो । घरमा राजकुमार दाईको आमा र म भएर टिभी हेरीरहेका थियौ । त्यो घरको आमाले मलाई तिमी काम गर्न सक्छौ भनेर सोध्नु भयो । मैले अ सक्छु गिता दिदीले मलाई भाँडा माँझने काम भनेर ल्याउनु भएको हो । घरबाट नै गरेको काम हो भने । आमाले मलाई यहाँ यौनशोषणको काम हुन्छ भनेर भन्नुभयो । मलाई त्यो भनेको के होला जस्तो लाग्यो । बेलुका गिता दिदी आउनु भयो र राजकुमार दाईको दिदीको घरमा सुत्न लैजानु भयो ।

मलाई दिल्लीबाट फेरी बनारस भन्ने ठाँउमा गिता दिदीले लैजानु भयो । एउटा डाक्टरको घर थियो । उहाँहरु हिन्दी वोल्दै गर्दा म केही बुझिन । मलाई गिता दिदीले तिमीले ग्राहकलाई खुसी बनाउनु पर्छ रे भन्नुभयो । म त्यहाँबाट भाग्ने अवस्थामा पनि थिईन । बन्दी कोठामा थिए । उहाँहरुले जे भन्नुहुन्छ त्यही मान्न पर्ने अवस्थामा म थिएं । ग्राहक आउनु भयो । त्यो ठाँउको सबैभन्दा ठुलो मान्छे आउनु भयो । उहाँले अहिलेसम्म तिमीले कसैसंग सम्बन्ध राखेको छैनौ भने हामि तिमीलाई नदुख्ने औषधी दिन्छौ । भन्नुभयो । रक्सीमा औषधी हुन्छ रक्सी खाउँ भन्नुभयो । मैले रक्सी खाए । म त्यो समय कहिले पनि विर्सन सक्दीन । मेरो जीवनमा सबैभन्दा नराम्रो घटना घटेको क्षण हो त्यो । म एकदमै धेरै चिच्चाएं । म धेरै चिच्चाए पछी त्यहाँबाट मलाई रातारात भगाईयो । त्यहाँ अरुले थाहा पाउछन् भनेर । फेरी दिल्ली तर्फ गिता दिदीले नै ल्याउनु भयो ।

दिल्ली पुगेपछी त्यहाँको दाई दिदीले धेरै गाली गर्नुभयो । काम गर्न सक्छु भनेर आईसकेपछी किन नाटक गरेको भनेर भन्नुभयो । त्यो दिन सम्झँदा अहिले पनि नरामाईलो लाग्छ । दिनमा १८ देखि २२ जनासम्मले यौन शोषण गर्थे । म नसक्दा पनि जुसमा नसालु पदार्थ खुवाउने गर्थे ।

यसरी म भागे
एकदिन मलाई ग्राहक दाईले बाहिर बोलाउनु भयो । म बाहिर गएको थाहा पाएपछि फोन गरेर कराउनु भयो । बोलाउनु भयो । म गईन । त्यो ठाँउमा गएमा मेरो असुरक्षा हुन्छ जस्तो लाग्यो । म नेपालीको सहयोगमा नेपालसम्म आई पुगे ।

नेपाल आएपछी
नेपाल आएपछी घरमा गए । घरमा आमा बुवालाई भेट्दा धेरै खुसी लाग्यो । मलाई आफ्नो आमा बुबासंग पनि भेट्न पाईदो रहेछ जस्तो लाग्यो । घरमा आएपछी आमा बुवाले तिमी यतिका समय घरबाट हरायौ तिमीले पैसा कमायो होला भनेर सोध्नु हुन्थ्यो । तर म संग पैसा थिएन । त्यो समाजमा मैले मेरो सबै अवस्था र मलाई यो दिदीले यसरी लैजानु भयो भनेर भन्न सक्ने अवस्था थिएन । यो कुरा कसैलाई भन्न पर्छ जस्तो लाग्थ्यो । तर ईन्डियामा कामगर्दा एउटा चिट्ठी लेख्न लगाउनु भएको थियो । त्यो चिट्ठीमा मैले राजिखुसीले यो काम गरेको हो भनेर जर्वजस्ती लेख्न लगाईएको थियो । उहाँहरुले नेपालमा गएर कसैलाई तिमीले भन्यौ भनेपनि कसैले पत्याउनु हुन्न । प्रहरीले हामीलाई केही गर्दैन भन्नुहुन्थ्यो । नेपाल आईसके पछी यो कसैलाई भन्न सकिन । दिनहरु वित्दै गयो । घरको आर्थिक अवस्था एकदमै कमजोर थियो । लाउन खान सक्ने अवस्था थिएन ।

फेरी भारत जान हिड्दा
फेरी म भारत जाने सोच बनाउन थाले । बाटोमा जादै गर्दा बोडरमा पुगे । आफन्त नेपाल संस्थाले सोधपुछ गर्नुभयो । परामर्श दिनुभयो । परामर्श दिदै गर्दा तिमीलाई म तिम्रो भविष्य बनाउछु । सिपमुलक तालिम सिकाउछु भन्दै गर्दा दुई वर्ष अगाडी गिता दिदीले फिल्म हेर्न लैजान्छु भनेको सम्झें । मलाई फेरी अर्कै तरीकाले जोखिममा पुराउछु भन्ने लागेको थियो । तर होईन रहेछ । तर उहाँहरुले मलाई आफन्त नेपालको सेफ होम चितवनमा ल्याउनु भयो । अहिले म यहाँ आफ्ना भोगाई राख्न सक्ने भएको छु । आउदाँ दिनमा कोही दिदी बहिनीले यस्तो दुख भोग्न नपरोस भनेर कामना गर्छु ।

 

‘हाइकिङ’मा विदेशी राजदूत एवं कूटनीतिज्ञ सहभागी हुँदै

सेवाग्राहीका गुनासो : ‘घरी कोठा नम्बर ३, घरी ४’ काम हुने कहिले ?

कांग्रेस महाधिवेशन : झापाका १५ पालिकामा नेतृत्व चयन

NC 14th general convention: Myagdi and Mustang get new leadership

बुद्धभूमिको आइपीओ निष्काशन, ५० हजार कित्तासम्म आवेदन दिन पाइने

बाह्र वर्षमा राहुघाटको काम तीस प्रतिशत मात्र सम्पन्न