वि.सं २०७८ असोज ३ आइतबार फोरेक्स युनिकोडमौसम

घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा फर्कने !

उपाध्यक्ष वा महासचिव हुने चर्चा

घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा फर्कने !

काठमाडौं । नेकपा एमाले विभाजनपछि बनेको (एकीकृत समाजवादी)मा घनश्याम भुसाल फर्कने संभावना देखिएको छ ।

०७५ जेठ २ गतेको सांगठनिक संरचनामा फर्काउने भनेको निर्णयलाई एमाले नेतृत्वले लत्याएपछि भुसाल चिढिंदै आएका थिए । उनले एमालेमा बस्न सक्ने बातावरण सकिएको भन्दै माधब नेपालकै पार्टी (एकीकृत समाजवादी)मा जाने तयारी गरेका निकट स्रोतले जानकारी दियो । उनि सहित अन्य मध्यधार नेताहरु एमालेमा बस्न नसक्ने वताइरहेका छन् । धेरै नेताहरु अहिले पनि अलमलमा नै छन् ।

एमाले फागुन २८ बाट एक कदमपछि नफर्केपछि यी नेताहरुमा वेचैन शुरु भएको हो । तर नेपाल पक्षमा लागेर पनि अन्तिममा एमालेमा फर्केका भुसाल भने नेकपा (एकीकृत समाजवादी)मा फर्कने भएका छन् ।

ओलीको बोली व्यवहार राम्रोसंग थाहा पाएका भुसाल एमाले नाम र सूर्य चिन्हका कारण एमालेतिर लागेका थिए । तर ओलीले एक दिन कार्यक्रम संचालन गर्न दिएको योगेश भट्टराईलाई त्यसपछि प्रवक्ताको जिम्मेवारी दिएनन् । ओलीले सुदुरपश्चिम प्रदेशमा भीम रावलाई नभएर लेखराज भट्टलाई नै इन्चार्जको जिम्मेवारी दिए । बागमती प्रदेशमा रामबहादुर थापालाई नै इन्चार्जको जिम्मेवारीमा निरन्तरता दिए । जब कि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य इन्चार्ज हुनुपथ्र्यो ।

आँफूहरुले २ जेठमा फर्काउने र १० बुँदे इमानदारी साथ पालन गराउन सक्ने भन्दै एमालेमा फर्केका नेपाल पक्षका नेताहरु अहिले भने पछुताएको सम्बन्ध स्रोतले बतायो ।

भुसाल भने सांसद पदको माया मारेर नै नेकपा एसमा फर्केने भएका नेकपा एसका एक केन्द्रीय सदस्यले बताए । ती सदस्यले भने ‘उहाँलाई पहिला नै एमालेमा जानुहुन्छ भन्ने लागेको थिएन । तर जानु भयो । ओलीले के के न गर्ला भन्ने थियो तर ओली हिजो जे थिए अहिलेपनि त्यहि छन् । त्यहि भएर उहाँ छिटै हाम्रो पार्टीमा आएर महत्वपूर्ण जिम्मेवारी सम्हाल्नु हुन्छ ।’

भुसाल नेकपा एसमा फर्केपछि उनीसंग भएका धेरै नेताहरु एसमा फर्कने स्रोतको दाबी छ । केहि सासद चुनावसम्म एमालेमा बसेपनि सांसद नभएका स्थानीय तह, प्रदेश कमिटी र केन्द्रीय कमिटीका नेताहरु फर्कने छन् ।

भुसाल नेकपा एसमा फर्कने भएपछि उनी निकट नेताहरु पनि फर्कने तयारीमा रहेको निकट एक केन्द्रीय सदस्यले बताए । एमाले विधिवत रुपमा भदौ ९ गते विभाजन भएको थियो । विभाजित एमालेबाट प्रदेश सभा सांसद र स्थानीय जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोज्ने समय २२ भदौसम्म थियो । जुन समय मंगलबार साँझ ५ बजे सकिएको छ ।

४ जना प्रतिनिधि सभाका सांसदहरुको बारेमा केहि दिनमा निर्वाचन आयोगले निर्णय गर्ने बताईएको छ । एमालेबाट दल विभाजन गर्न दिएको निवेदनमा हस्ताक्षर नभएका एमालेका चार जना सांसदले ९ गते नेकपा एसका पक्षमा सनाखत गरेका थिए तर आयोगले अहिलेसम्म निर्णय लिएको छैन ।

एमालेमा विवाद २०७७ साल २८ फागुनमा अध्यक्ष खड्गप्रसाद ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएर एकलौटी रुपमा कार्यविभाजन गरेका थिए । २३ फागुनमा सर्वोच्चले नेकपालाई विभाजन गराएर माओवादी केन्द्र र एमाले ब्यूताएको थियो । त्यसको पाँच दिनपछि ओलीले नेकपा हुंदा नै माधवकुमार नेपाल पक्षमा लागेका नेताहरुको जिम्मेवारी खोसेर एकलौटी रुपमा आफ्ना पक्षका नेताहरुलाई जिम्मेवारी दिए । त्यहि दिन नै २३ जना माओवादीबाट एमालेमा बसेका नेताहरुलाई केन्द्रीय कमिटीमा थपे ।

नेपाल पक्ष र ओली पक्षबीच नेकपामा भएको विवाद झन थपिदै गयो । नेपाल पक्षले ४–५ गते चैतमा ललितपुमार राष्ट्रिय भेला गरेर देशभरी समानान्तर कमिटी निर्माण गरे । एमालेको विवाद कम हुनुको सट्टा बढ्दै गयो ।

समानान्तर गतिविधि एमालेमा निरन्तर जारी रहे । जेठ ७ गते मध्यराती फेरी ओलीले संसद विघटन गरे । विघटनका विरुद्ध प्रतिपक्ष दलहरुका साथै नेपाल पक्ष सर्वोच्च अदालत गए । अन्त अदालतले पनि ओलीको दोस्रो पटकको संसद विघटन पनि उल्ट्याइ दियो ।

तर एमालेमा मात्र होइन नेपाली राजनीतिमा जालझेलमा अब्बल ओलीले एमाले मिलाउनु भन्दा पनि आफूमात्र जित्न चाहे । जसको पहिलो उदाहरण हो ६ गते जेठमा राष्ट्रिय सभाको निर्वाचन थियो । एमालेको तर्फबाट उम्मेदवार थिए रामबहादुर थापा । गठबन्धनको तर्फबाट थिए खिमलाल देवकोटा । एमालेको हार निश्चित थियो । तर पनि ओलीले त्यो चुनावमा सकेसम्म आफ्नो पक्षमा पार्न २ जेठमा एमालेमा विवाद समाधान गर्न भन्दै १० सदस्यीय कार्यदल गठन गरे । तर थापाले हारे देवकोटाले जिते । ८ गते बालुवाटारमा बसेको स्थायी कमिटी बैठकबाट कार्यदल एक पक्षीयरुपमा विघटन गरे ।

ओलीले हरेक कुराहरु जालजेलका लागि प्रयोग गर्थे । कार्यदलपनि देवकोटा हराउनको लागि प्रयोग गर्न खोजेका थिए भएन । तर एमालेका दोस्रो तहका भनिएका नेताहरु कार्यदल विघटन भएपनि भेटघाटमा जुटि रहे तर केहि उपलब्धि भएन ।

दोस्रो संसद विघटन विरुद्ध परेको मुद्दा सर्वोच्चमा थियो । उक्त मुद्दाको फैसला असार २८ गते हुदै थियो । तर ओलीले फेरी आफैले विघटन गरेको कार्यदल ब्युताए । मुद्दालाई प्रभावित गर्न सकिन्छ भनेर २७ गते राती १० बुँदे प्रस्ताव पास गरे । तर २८ गते सर्वोच्चले ओलीको विघटन उल्टाइ दियो ।

त्यसपछि १० बुँदे एमालेमा एतान उताको भएको थियो । अन्तत एमाले विभाजन हुने भएपछि फेरी १० बुँदेको फण्डा झिके । १० बुँदे कार्यन्वयन गर्ने भन्दै नेपाल पक्षका दोस्रो धारका नेताहरुलाई जिम्मेवारी दिने भन्दै बैठक बोलाए ।

नेपाल पक्षका दोस्रो धारका १० जना नेताहरु पनि ओलीको पक्षमा लागे । तर अन्तःएमालेमा ओलीले २ जेठमा पनि फर्काएनन् । नत १० बुँदे इमान्दारी साथ लागु गरेका छन् ।
फेरी एमालेमा फर्केका १० जना दोस्रो पुस्ताका नेताहरु असन्तुष्टि प्रकट गर्न थालेका छन् । यो असन्तुष्टि केहि दिनमा पोखिने भएको छ । यसको शुरुवात भुसाल नेकपा एकीकृत समाजवादीमा फर्केर हुने भएको छ ।

 

पहिलेको भन्दा अहिलेको संविधान प्रगतिशिल छ : मुख्यमन्त्री शाही

‘संविधान पुनरावलोकन गर्ने समय आयो’-विज्ञहरु

कांग्रेस महाधिवेशनः यसरी हुँदैछ तीन युवा नेताहरुको महामन्त्रीमा भिडन्त

'गर्भमा नै हराउँछन् छोरीहरू'

एक हप्ताभित्र सरकारमा सहभागी हुन्छौंः माधव नेपाल

गठवन्धन सरकारका कारण संविधान संकटमा पर्‍यो- अध्यक्ष बराल