वि.सं २०७८ असोज ३ आइतबार फोरेक्स युनिकोडमौसम

बिहीबार थप १ हजार २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि

बिहीबार थप १ हजार २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा बिहीबार थप १ हजार २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको ८ हजार ८ सय ९८ पिसिआर परिक्षणका क्रममा १ हजार ५८ र ३ हजार ४६ एन्टीजेन परिक्षणका क्रममा २ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ६० हजार ८०६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ९ सय ३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप १ हजार ८ सय ४५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ३५ हजार ६ संक्रमित कोरोनामुक्त भएका छन् । हाल २८ हजार ६ सय ७८ सक्रिय संक्रमित आइशोलेशन र २ सय ६१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

पहिलेको भन्दा अहिलेको संविधान प्रगतिशिल छ : मुख्यमन्त्री शाही

‘संविधान पुनरावलोकन गर्ने समय आयो’-विज्ञहरु

कांग्रेस महाधिवेशनः यसरी हुँदैछ तीन युवा नेताहरुको महामन्त्रीमा भिडन्त

'गर्भमा नै हराउँछन् छोरीहरू'

एक हप्ताभित्र सरकारमा सहभागी हुन्छौंः माधव नेपाल

गठवन्धन सरकारका कारण संविधान संकटमा पर्‍यो- अध्यक्ष बराल