वि.सं २०७८ असोज ११ सोमबार फोरेक्स युनिकोडमौसम

राजनीतिक दलहरुले युवा परिचालन कसरी गर्ने ?

राजनीतिक दलहरुले युवा परिचालन कसरी गर्ने ?

भनिन्छ युवाहरू परिवर्तनको सम्वाहक हुन् र युवाहरूलाई सहि ढंगले प्रयोग गर्न सक्ने हो भने मुलुकको कायापलट गर्न सकिन्छ । जुन मुलुकको राजनीतिमा युवाहरूको बर्चस्व हुन्छ त्यो मुलुकमा राजनीतिक परिवर्तन छिटो छिटो भैरहेको हुन्छ । राजनीतिक नेतृत्वमा युवाहरू हावी हुने मुलुकले तिव्रत्तर रूपमा विकास र समृद्धिको दिशातर्फ अघि बढिरहेको हामीले देख्न सक्छौं ।

पछिल्लो समय नेपालका राजनीतिक दलहरुमा पनि युवाहरूको संलग्नता बढ्दो छ भलै नेतृत्व तहमा भने कमै मात्र युवाहरू हामीले देख्न सक्छौं । हरेक राजनीतिक दलले आफ्नो आन्तरिक शक्तिको रूपमा युवाहरूलाई राखेको हुन्छ । राजनीतिक दललाई बलियो बनाउने कुरामा विचार र नेतृत्वले मात्रै भन्दा पनि युवा परिचालनले विशेष अर्थ राख्छ, भूमिका खेल्दछ ।

नेपालका राजनीतिक दलहरुले आफ्ना विभिन्न संघसंगठन एवं मोर्चामा युवाहरूलाई नयाँ नयाँ आकर्षणका योजना ल्याएर आबद्ध गराए तापनि उनीहरुको परिचालन गर्ने कुरामा भने चुकेका छन् । युवाहरूलाई सचेत, जिम्मेवार र रचनात्मक बनाउँदै सु(संस्कृत राजनीतिको बाटोमा हिंडाउन सकेका छैनन् ।

दलहरुले परम्परागत शैलीमा मात्रै युवाहरूलाई परिचालित गरिरहेका छन् जुन शैली परिवर्तन गरिनु आवश्यक छ ।

अब युवाहरूलाई सडकमा टायर बाल्न लगाउने , ढुङ्गामुढा गर्दै तोडफोड गर्न लगाउने , सार्वजनिक तथा निजि सम्पत्तिमा क्षति पुर्याउन लगाउने, बाइकमा होहल्ला गर्दै हिंडाउने होईन बरु केहि सामाजिक, उत्पादनमुलक, रचनात्मक एवं सकारात्मक परिवर्तन ल्याउने काममा लगाउनु पर्दछ । स्वयंसेवालाई प्रोत्साहन गर्दै जनपक्षीय कार्यक्रममा युवाहरू परिचालित हुनुपर्दछ ।

आउँदा दिनमा दलहरुले निम्नानुसारका गतिविधिमा युवाहरूलाई परिचालन गर्न सक्छन्:

-युवाहरूलाई आफ्नो गाउँटोल सरसफाइ गर्ने र वृक्षरोपण गर्ने कार्यमा लगाउन सकिन्छ ।

– सर्वसाधारणलाई सहज रूपमा सरकारी सेवा लिन प्रक्रियागत कुरामा सहयोग गर्न लगाउन सकिन्छ ।

– किसान मजदुरलाई आफुले पाउनुपर्ने सेवासुविधाको बारेमा सचेत पार्दै आवश्यक सहयोग गर्न लगाउन सकिन्छ ।

– उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई छोटो अवधिको लागि गाउँ गाउँमा स्वयंसेवक शिक्षकको रूपमा खटाउन सकिन्छ ।

– मेडिकल विद्यार्थीलाई छोटो अवधिको लागि गाउँ गाउँमा स्वयंसेवक स्वास्थ्यकर्मीको रूपमा खटाउन सकिन्छ ।

– विभिन्न सामाजिक संघसंस्था तथा सरकारी निकायसंग मिलेर रक्तदान, स्वास्थ्य शिविर लगायतका कार्यक्रम आयोजना गर्न सकिन्छ ।

– श्रम दानलाई प्रोत्साहन गरी ‘एक टोल एक चौतारी’ ‘एक गाउँ एक पोखरी’ ‘सफा र हरियाली सडकु’  ‘सफा र सुन्दर खोलानाला’ जस्ता कार्यक्रमलाई अघि बढाउन सकिन्छ ।

– भुक्कम्प, बाढी, पहिरो, आगलागी जस्ता विपदमा उद्घार एवं राहत(सहयोगका कार्यका लागि आवश्यक तालिम सहितयुवा दस्ताु तयार पार्न सकिन्छ ।

– कानुनका विद्यार्थीलाई अन्यायमा परेका गरिब निमुखा जनतालाई न्यायको पहुँच दिलाउन सहयोग गर्नेगरी परिचालन गर्न सकिन्छ ।

– सार्वजनिक निकायमा हुने अनियमितता र भ्रष्टाचारका विरुद्धका कार्यक्रममा रचनात्मक तवरले युवाहरूलाई परिचालन गर्न सकिन्छ जस्तो शान्तिपूर्ण र्याली, सांकेतिक विरोध प्रदर्शन, सम्बन्धित निकायमा उजुरी दिने आदि गर्न सकिन्छ ।

– गाउँटोलमा जांडरक्सी खाई होहल्ला गर्ने, झैझगडा गर्ने, चोरी डकैती गर्ने, जुवातास खेल्ने, छुवाछूत र भेदभाव गर्ने, महिलालाई दुर्व्यवहार गर्ने, श्रम शोषण गर्ने जस्ता सामाजिक विकृति नियन्त्रण गर्न युवाहरूलाई परिचालन गर्न सकिन्छ ।

– समुदाय स्तरमा स्वास्थ्य, वातावरण, जनसंख्या जस्ता विषयमा विभिन्न जनचेतनामूलक कार्यक्रम गर्न युवाहरूलाई परिचालन गर्न सकिन्छ ।

– आफ्नो धर्म(संस्कृती र सम्पदा जोगाउँदै विभिन्न चाडपर्वमा मठमन्दिरमा स्वयंसेवकको रूपमा खटाउने, विद्यालयहरुमा सांस्कृतीक कार्यक्रम सञ्चालन गर्न लगाउने आदि गर्न सकिन्छ ।

– विभिन्न निकायसंगको सम्पर्क एवं समन्वयमा विभिन्न सिपमुलक एवं व्यवसायीक तालीम सञ्चालन गर्न सकिन्छ ।
– निशुल्क रूपमा विभिन्न प्रतिस्पर्धात्मक परिक्षाहरुको तयारी जस्तै लोकसेवा तयारी, विश्वविद्यालयका प्रवेश परिक्षा तयारी आदिका कक्षा सञ्चालन गर्न सकिन्छ ।

– युवाहरूको ज्ञान, सीप र क्षमता अभिवृद्धि हुने खालका कार्यक्रम, प्रतियोगितात्मक कार्यक्रमहरु, नव(प्रवर्तन व्यवसायसंग सम्बन्धित कार्यक्रमहरु आयोजना गर्न सकिन्छ ।

दलहरुले अब मासु-चिउरा र पेट्रोलको प्रलोभनमा युवाहरूलाई असभ्य रूपमा परिचालन गर्न छाड्नुपर्दछ । चिल्ला भाषण र खोक्रा आश्वासनले चुनाव जित्ने दाउ रच्नु भन्दा पनि युवा परिचालन मार्फत जनताको निकट रही जनताको सेवा गर्दै उनीहरूको मन जित्न सक्नुपर्दछ ।

‘हाइकिङ’मा विदेशी राजदूत एवं कूटनीतिज्ञ सहभागी हुँदै

सेवाग्राहीका गुनासो : ‘घरी कोठा नम्बर ३, घरी ४’ काम हुने कहिले ?

कांग्रेस महाधिवेशन : झापाका १५ पालिकामा नेतृत्व चयन

NC 14th general convention: Myagdi and Mustang get new leadership

बुद्धभूमिको आइपीओ निष्काशन, ५० हजार कित्तासम्म आवेदन दिन पाइने

बाह्र वर्षमा राहुघाटको काम तीस प्रतिशत मात्र सम्पन्न