वि.सं २०७८ असोज ११ सोमबार फोरेक्स युनिकोडमौसम

आउँदो चुनावमा 'काङ्ग्रेस हाफ, एमालेलाई पत्तासाफ' पार्छौं

आउँदो चुनावमा 'काङ्ग्रेस हाफ, एमालेलाई पत्तासाफ' पार्छौं

तनहु । अनेरास्ववियू क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुनले नेपालको सबै परिवर्तन माओवादीको एजेण्डा देश चलेकोले नेतृत्व पनि माओवादीकै हुनुपर्ने बताएका छन् ।

हिजोको माओवादीको परिवर्तनकारी एजेण्डा विरोधी काङ्ग्रेस र एमालेकाहरुले देश चलाईरहेकोले जनताको आधारभूत जीवनमा परिवर्तन आउन नसकेको नेता पुनको तर्क छ ।

आउँदो चुनाबामा काङ्ग्रेसलाई हाप र एमालेलाई पत्तासाफ पार्नेगरी अखिल क्रान्तिकारी अगाडी बढ्ने उद्वघोष उनले गरे ।

अखिल क्रान्तिकारी तनहुँको २२औं जिल्ला सम्मेलनका प्रमुख अतिथिका रुपमा बोल्दै पुनले नेपालको संविधानमा मौलिकहकको रुपमा लेखिएको शिक्षा,स्वास्थ्य र रोजगारीको ग्यारेन्टी लागि शसक्त संघर्षको आवश्यकता औंल्याए ।

नेपालमा असमान पढाई र समान प्रतिस्पर्धा हुने विभेदपुर्ण शिक्षाको अन्त्य गर्दै नेपालमा एउटै शिक्षा प्रणाली लागु गर्न नयाँ योजना र कार्यक्रमको लिएर संगठन अघि बढ्ने दावी पुनको छ ।

उनले नेपालमा सामन्ती राजतन्त्रको अन्त्यगरी संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था आए पनि देश र जनताको आधारभूत जीवनमा परिवर्तन आउन वाँकी नै भएकोले अब देश र जनताको अवस्था बदल्न माओवादी नेतृत्वमा आउने पर्ने तर्क गरे ।

माओवादीलाई आगामी चुनावबाट नेतृत्वमा ल्याउनका लागि आम युवा विद्दार्थीहरुको काँधमा जिम्मेवारी आएको उनले बताए ।

पुनले संगठनमा निति,विधि र पद्वतिमा चल्ने जानकारी गर्दै वरिष्ठता,योग्यता , क्षमता ,सक्रियता र निरन्तरतामा भएका संगठनको श्रेष्ठता दक्ष ब्यक्तहरुलाई संगठनले जिम्मेवारी दिने बताए ।

अखिल क्रान्तिकारीले जिल्लाभरीका प्रतिनिधि पर्यवेक्षकबाट सर्वसहमत रुपमा मिलन महतको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कमिटी निर्माण गरेको छ।

जिल्ला सम्मेलन आयोजक समिति संयोजक डम्बर विकको सभापतित्वमा अखिल क्रान्तिकारी तनहुँ जिल्लाको २२औं सम्मेलनमा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा विशेष अतिथि आशा कोईराला ,पूर्व नेताहरु ओम कुमारी पौडल,मदन आले,क्रान्तिकारीका सचिव प्रविना अधिकारी ,क्रान्तिकारी सचिव तथा गण्डकी प्रदेश संयोजक क्षितिज सापकोटा क्रान्तिकारीका केन्द्रिय नेताहरु तथा गण्डकी सहसंयोजकहरु सुदिन पौडेल ,विजय सापकोटा,हरि सिक्डेल,नारायण बडाल,राजन आले गोम राणाले बोलेका थिए ।

अखिल क्रान्तिकारीले आउँदो असोज ८, ९ , १० गते काठमाडौंमा २२औं राष्ट्रिय सम्मेलन गर्न देशभर संगठनात्मक अभियान चलाएको छ ।

‘हाइकिङ’मा विदेशी राजदूत एवं कूटनीतिज्ञ सहभागी हुँदै

सेवाग्राहीका गुनासो : ‘घरी कोठा नम्बर ३, घरी ४’ काम हुने कहिले ?

कांग्रेस महाधिवेशन : झापाका १५ पालिकामा नेतृत्व चयन

NC 14th general convention: Myagdi and Mustang get new leadership

बुद्धभूमिको आइपीओ निष्काशन, ५० हजार कित्तासम्म आवेदन दिन पाइने

बाह्र वर्षमा राहुघाटको काम तीस प्रतिशत मात्र सम्पन्न