वि.सं २०७८ असोज ३ आइतबार फोरेक्स युनिकोडमौसम

एमालेको तमासा

एमालेको तमासा

अहिले यतिबेला मुलुक एमसीसीका बिषयमा तिर्मिर्याएको छ । तर, संसदको राजनीति भने एमालेको तमासामा बिलखवन्दमा परेको छ । हाम्रा सांसदहरु कांधमा चढिरहेका छन् । माइक खोसिरहेका छन् । संसद भवन भित्र जिन्दावाद र मुर्दावादका नारा लगाइरहेका सांसद देखेर जनता भने तीनछक परेका छन् ।

यहि भदौ २५ गते एमाले सांसद रेखाकुमारी झाले सभामुखलाई माइकले हान्ने संसद परिसरवाटै निर्धक्क बताइन् । उनले यो बताइरहँदा सबैलाई चकित मात्र पारेन, अपराधजन्य अभिव्यक्तिमा मुलुकको कानुन मुकदर्शक भयो । जनताले एमालेको तमासा हेरिरहे । धेरैलाई लाग्ला, सांसद भएर पनि के गरेका होलान् ? सांसदले मर्यादापालकको हातै टोके रे ! सुन्दा पनि आंङै जिरिङ हुने यस्ता घटना संसद हल भित्र घटे ।

जनतासंग भोट माग्न एमाले अनेक नाटक गरेर आश्सासन बाँड्छ । जब चुनाव जित्छ, अनि अनेक हर्कत गरेर जनताको भोटको अबमुल्यन गर्छ । एमालेको नाटकीय नियत जनताले कहिल्यै बुझ्न नसक्दा आज एमाले भुलुक्क भुलुक्क उम्लिरहेको छ । यो उम्ल्याइले जनताको मुटुमै पोलेको छ ।

तर, यसलाई एमालेकै कोणबाट हेर्न सक्नुपर्छ । त्यो भनेको के हो भने एमालेको राजनीति प्रशिक्षणको प्रतिबिम्व थियो त्यो । एमाले र यसको राजनीति नजिरहरु हेर्न ढिलाई गरियो भने संसदमा गरेका कृयाकलापहरु अनौठा लाग्न सक्छन् । तर, एकछिन अतितमा फर्कों ।

अहिलेसम्मको एमाले

‘हरेक सच्चा दर्शन समयको सारतत्व हो’ । सन १८१८–जर्मनीमा जन्मेका कार्लमाक्सले युबाकालमा प्रतिपादन गरेको यहि सिद्धान्तका आधारमा माक्र्सबादको नामबाट जरा गाडिदिएको छ । यसैलाई पछ्याएर बिश्वका कयौं मुलुकका कम्युनिष्टहरुले आफ्नो अर्थ राजनीतिलाई अघि बढाए । नेपालमा पनि यसको शुरुवात राणाकालदेखि नै कम्युनिष्टहरुले शुरुवात गरे । यद्यपी २००६ सालमा कम्युनिष्ट पार्टीको उदयपछि माक्र्सका सिद्धान्तलाई बहुप्रचारित गरियो ।

मुख्य रुपमा माक्र्सबाद पछ्याउनेमा नेकपा एमालेको धेरै दावी छ । यो पार्टीको पृष्ठभुमिमा भन्दा वर्तमानमा एमालेको संसदीय राजनीतिमा प्रबेश गरौं । गत फागुनमा अदालतले तत्कालिन एमाले र माओबादी केन्द्र व्युँतादिएपछि राजनीतिले एकाएक फरक मोड लियो । एउटै पार्टीमा अटेका एमाले र माओबादी शत्रुतामा बदलिए । आरोप प्रत्यारोपमा उत्रिए । बहुमत प्राप्त सरकारका जराहरु हल्लिए । अन्ततः कम्युनिष्ट नेतृत्वको बलियो सरकार ढलेर नेपाली कांग्रेसले सत्ता सम्हाल्यो । पछिल्लो तीन बर्षमा भएको परिदृष्यमा महत्वपुर्ण परिवर्तन यहि हो ।

सभामुख बिरुद्ध अनेक नाराबाजी गर्छ । एमालेको यो चर्तिकलाले संसदीय राजनीति लथालिंङ बनेको छ । संसद र अधिवेशनका कामहरु असरल्ल परेका छन् ।आज एमाले एकातिर राजनीति दाउपेचलाई प्रयोग गर्न चाहन्छ भने अर्कोतिर, संबिधानलाई मिचेर सबै प्रणाली भत्काउन खोजिरहेको छ ।

प्रतिपक्षमा पुगेको एमालेले पछिल्ला दिनहरुमा के गर्देछ ? के गरेको होला ? धेरैलाई चकित पनि पारेको छ । यो भन्दा अघि विगतको एमाले कोट्याउँ । ०४८ सालको निर्वाचनमा प्रमुख प्रतिपक्ष बनेको एमाले ०५१ को मध्याबधी चुनावमा ठुलो दल बन्यो । नेपालको संसदीय अभ्यास अन्र्तगत २०१५ सालको चुनावको जनादेश तत्कालीन राजा महेन्द्रले आत्मसात गरेका थिएनन् । फलस्वरुप संसद नै विघटन गरेर महेन्द्रले सत्ता हातमा लिएका थिए । त्यसैगरि, एमालेले हालै गरेको दुई पटकको संसद विघटन पनि त्यस्तै नियतमा जकडिएको थियो । यसमा पार्टी भन्दा एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख पात्र बने । एमालेले आफ्नो स्वार्थ वेगरका निर्णयमा गैरसंसदीय चरित्र देखाइरह्यो ।

महेन्द्रले ०१५ सालमा दुई तिहाईको बहुमत प्राप्त सरकारलाई अपदस्त गरे, ससदीय प्रजातान्त्रिक व्यवस्थाको अन्त्य गर्दै पंचायती शासन लागू गरे, जुन ३० वर्षसम्म अनेक प्रयोग गर्दै अस्तित्वमा रह्यो । २०४६ सालको जनआन्दोलन पछिको पहिलो संसद्ीय चुनाव २०४८ बाट आएको प्रतिनिधिसभा पूरा समय काम गर्न पाएन । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मुलुकलाई मध्यावघि निर्वाचनमा होमेका थिए । मध्यावधि निर्वाचनपछि कुनै दलको बहुमत आएन । एमाले सबैभन्दा ठूलो दल, कांग्रेस दोस्रो र राप्रपा तेस्रो दलको हैसियत पाए । एमाले अल्पमत सरकार, कांग्रेसको नेतृत्वको संयुक्त सरकार, कांग्रेसले नै कांग्रेस नेतृत्वको सरकार अपदस्त गर्ने राजनीति, कांग्रेसको समर्थनमा राप्रपाका सूर्यबहादुर थापा नेतृत्वको सरकार र एमालेको समर्थनमा राप्रपाका लोकेन्द्रबहादुर चन्द नेतृत्वमा सरकार गठन गर्नेजस्ता सत्ता राजनीतिमै मध्यावधि पछिको ५ वर्षको संसदीय कार्यकाल बित्यो ।

जनताको सर्बोच्च संस्था जहाँ, जनतालाई नै अनुशासनको पाठ सिकाउनुपर्ने थलो हुनुपर्ने संसद आज लडाईं झगडाको अखडा सृजना गरिदिएको छ एमालेले । कति हदसम्म एमालेका सांसदले आफ्नो हर्कत देखाए भने सभामुख र अर्थमन्त्रीको टाउकोमा हान्ने सार्बजनिक अभिव्यक्ति दिए । संसारमा कहिं नभएको यो अराजकता आज एमालेले नेपालको संसदमा देखाइरहेको छ ।

०५४ सालमा एमालेका वामदेव गौतमले बेग्लै नेकपा माले पार्टी खोले । उता कांग्रेस औपचारिक विभाजन नभए पनि सग्लो अवस्थामा रहन सकेन । यसले के देखाएको छ भने ०१५ को संसद राजाले मासे । २०४८, २०५१ सालको संसद्को दुरुपयोग संसदवादी दलहरूले नै गरे । यही पुष्ठभूमिमा २०५६ सालमा संसदीय चुनाव भयो ।
०५६ मा कांग्रेस सबैभन्दा ठूलो दल बन्यो । २०५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको कांग्रेस १११ स्थानमा विजयी भयो । कांग्रेसले ३२ लाख १४ हजार ७ सय ८६ अर्थात् करिव ३६ प्रतशित मत पाप्त गरेको थियो । दोस्रो स्थानमा १९५ स्थानमा उम्मेदवारी दिएर ७१ स्थानमा विजयी हुनेमा एमाले भयो । एमालेले २७ लाख ३४ हजार ५६८ अर्थात करिब ३१ प्रतिशत मत पाएको थियो ।

कांग्रेसका कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री चुनिए । कृष्णप्रसाद भट्टराईको प्रधानमन्त्रीत्व लामो समयसम्म चलेन । कोइरालाले उनलाई विस्थापित गरे । कोइरालाले पनि तुरुन्तै संसदबाट राजीनामा दिए । कोइरालापछि कांग्रेसका शेरबहादुर देउवा प्रधानमन्त्री बने यहि बेला एमालेले ५७ दिन संसद अबरुद्ध गर्यो रेकर्ड छ । एमालेले संसद अबरुद्ध गर्ने मात्र होइन, त्यसको रिस सडकमा पोख्यो । रेलिङ भांच्यो । के के गर्यो गर्यो । तर, उत्पात गर्यो ।

अहिले एमाले त्यहि उग्रताको घडीमा गुज्रिएको छ । आधा एमाले बाहिर छ अहिले, एकीकृत समाजबादीको नाममा । एमालेको त्यो उग्रता भित्र नअटाएहरु नयाँ पार्टीमा छन् । जस्ललाई ओली नेतृत्वको एमालेले पार्टी मान्दैन । त्यो पार्टीका सांसदलाई एमालेले चिन्दैन । कारवाही गर् कि गर् भनेर सभामुखलाई थर्काउँछ । सभामुख बिरुद्ध अनेक नाराबाजी गर्छ । एमालेको यो चर्तिकलाले संसदीय राजनीति लथालिंङ बनेको छ । संसद र अधिवेशनका कामहरु असरल्ल परेका छन् ।

सत्ता बाहिरको एमाले

आफ्नै अभिमानले यहि असार २९ गते ओली सरकार ढलेपछि कोलाहलको बातावरण सृजना भयो । केहि बर्ष शान्त भएको मुलुक फेरि आन्दोलन, बहिष्कार र बिरोधका कार्यक्रमहरुमा अशान्त बन्यो ।

जब एमाले सत्ता बाहिर पुग्छ, अनि मुलुक अस्थिरताको चित्कारमा रुपान्तरण हुन्छ । अहिले अबस्था त्यस्तै छ । केन्द्रको राजनीतिको अनुशरण गरेका एमाले सांसदहरु प्रदेशमा पनि उस्तै चर्तिकला देखाउँदै गए । चुनावपछि केन्द्रदेखि प्रदेश सरकारहरुमा आधिपत्य जमाएको एमाले क्रमशः जिम्मेवारीबाट गलहत्तिंदै गयो, तब मुलुकको राजनीति कोलाहलमय बन्दै गयो । अहिले कतै ठुलो स्वरको आवाज सुनिन्छ भने एमालेकै नेता कार्यकर्ता चिच्याएको मात्र सुनिन्छ । उनिहरु, जनतालाई सुविस्ताले बस्न दिंदैनन् । शान्त समाजलाई भंग गरिदिन्छन् ।

अहिले एमालेले सभामुखलाई एकीकृत समाजवादीका सांसदलाई कारवाही नगरेको आरोप लगाइरहेछ । सभामुखले बोलाएको वैठक पनि एमालेले बहिष्कार गरेको छ । एमालेको यो आवेगपुर्ण राजनीतिले आँफैतिर हान्छ भन्ने हेक्का गरेको देखिंदैन । सभामुख माओबादी केन्द्रबाट बनेका हुन् भन्ने पुर्वाग्रह एमालेले पालेको छ । तर, जब सभामुख पदमा निर्वाचित भएपछि उ स्वतन्त्र हुन्छ र सम्मानित हुन्छ भन्ने एमालेले बिर्सिएको छ । राष्ट्रपति बिद्यादेवी भण्डारी एमालेवाट चुनिएकी हुन् । जब उनि राष्ट्रपति बनिन्, तब सारा जनताको अभिभावक बनिन् । अब पार्टीगत दृष्टिकोण लदाएर एमालेले सभामुखलाई अन्य दलले राष्ट्रपतिलाई अभद्र व्यबहार देखाउने हो भने यो व्यबस्थाप्रति कति बिस्वसनीय हुँदै जाला ? आरोप–प्रत्यारोपवाट एमालेलाई नोक्सान पुर्याउला कि नाफा ? आज एमाले एकातिर राजनीति दाउपेचलाई प्रयोग गर्न चाहन्छ भने अर्कोतिर, संबिधानलाई मिचेर सबै प्रणाली भत्काउन खोजिरहेको छ ।

सत्तावाट बाहिरएपछि एमाले यसरी छट्पटायो कि, सडकमा उसले बाँदरे जुलुश निकालेर चित्त बुझाउने प्रयास गर्यो । एमालेले कहिल्यै सृजनात्मक काम गरेन । सत्तामा रहँदा बिचौलिया भर्ति गरेर राज्य दोहनमा लाग्यो । सत्ता बाहिर हुँदा चैनसंग कसैलाई काम गर्न दिएन । यतिबेला, एमालेले सरकारलाई मात्र होइन, सदन र जनतालाई पनि काम गर्न रोकिरहेको छ । सदन चल्न नदिने नाममा सडक प्रर्दशनमा उत्रिएको छ ।

आधा एमाले बाहिर छ अहिले, एकीकृत समाजबादीको नाममा । एमालेको त्यो उग्रता भित्र नअटाएहरु नयाँ पार्टीमा छन् । जस्ललाई ओली नेतृत्वको एमालेले पार्टी मान्दैन । त्यो पार्टीका सांसदलाई एमालेले चिन्दैन । कारवाही गर् कि गर् भनेर सभामुखलाई थर्काउँछ । सभामुख बिरुद्ध अनेक नाराबाजी गर्छ ।

जनताले भोट दिएर पठाएका जनप्रतिनिधी मर्यादापालकको हात टोक्न थालेका छन् । बुई चढेर सभामुखलाई तथानाम गाली गर्न व्यस्त छन् । केहि शान्त मुद्रामा बसेका आफ्ना संसदलाई पार्टी अध्यक्ष ओली भन्दैछन्,संसदमा किन नाराजुलुश नगरेको ? ओलीले त बालकोट बोलाएर भीम रावललाई संसदमा नाराबाजी नगरेको भन्दै सुदुरपश्चिमको इन्चार्ज दिन मानेनन् रे । यस्ता अराजक काम भित्र्याउन एमाले नेतृत्व कसरी लागेको छ भन्ने यसले पनि प्रमाणित गर्छ । के अझै ओली नेतृत्वको एमालेले जनताकै लागि काम गरेको भन्न सकिन्छ ? के एमाले सांसदले वुई चढेर नाराबाजी गर्नु सही हो ? यस्ता अभ्रदता सिकाउने एमाले नेतृत्व कस्तो होला ? जनताले बेलैमा मुल्यांकन गर्न जरुरी छ ।

जनताको सर्बोच्च संस्था जहाँ, जनतालाई नै अनुशासनको पाठ सिकाउनुपर्ने थलो हुनुपर्ने संसद आज लडाईं झगडाको अखडा सृजना गरिदिएको छ एमालेले । कति हदसम्म एमालेका सांसदले आफ्नो हर्कत देखाए भने सभामुख र अर्थमन्त्रीको टाउकोमा हान्ने सार्बजनिक अभिव्यक्ति दिए । संसारमा कहिं नभएको यो अराजकता आज एमालेले नेपालको संसदमा देखाइरहेको छ ।

अहिले एमालेले सभामुखलाई एकीकृत समाजवादीका सांसदलाई कारवाही नगरेको आरोप लगाइरहेछ । सभामुखले बोलाएको वैठक पनि एमालेले बहिष्कार गरेको छ । एमालेको यो आवेगपुर्ण राजनीतिले आँफैतिर हान्छ भन्ने हेक्का गरेको देखिंदैन ।

संबिधानले स्पष्ट भनेको छ, अदालतमा बिचाराधीन मुद्धाहरु संसदमा उठाएर प्रभावित नपार्नु । तर, एमाले तिनै मुद्धा उठाएर आज संसद चल्न दिंदैन । उसलाई संसद, संबिधान र सांसद पदको गरिमा र जिम्मेवार मतलब छैन । आफ्नो राजनीति स्वार्थलाई पुरा गर्न एमालेले जनताले बनाएको घर भत्काउन उद्धत छ । जनताले कर तिरेर बनाएको घर भित्र आज एमाले मारमुंग्री खेलिरहेको छ । एउटा व्यक्तिको स्वार्थका लागि एमालेले जनताको मतको घोर अपमान गरिरहेको छ ।

जनतासंग भोट माग्न एमाले अनेक नाटक गरेर आश्सासन बाँड्छ । जब चुनाव जित्छ, अनि अनेक हर्कत गरेर जनताको भोटको अबमुल्यन गर्छ । एमालेको नाटकीय नियत जनताले कहिल्यै बुझ्न नसक्दा आज एमाले भुलुक्क भुलुक्क उम्लिरहेको छ । यो उम्ल्याइले जनताको मुटुमै पोलेको छ । एमालेले संसदमा देखाउने हर्कतले जनता आहत छन् । तर, पनि एमालेले तमासा देखाउन छोडेको छैन । किनकी, एमाले सधैं तमासा देखाएर राजनीति गर्न चाहन्छ ।

 

पहिलेको भन्दा अहिलेको संविधान प्रगतिशिल छ : मुख्यमन्त्री शाही

‘संविधान पुनरावलोकन गर्ने समय आयो’-विज्ञहरु

कांग्रेस महाधिवेशनः यसरी हुँदैछ तीन युवा नेताहरुको महामन्त्रीमा भिडन्त

'गर्भमा नै हराउँछन् छोरीहरू'

एक हप्ताभित्र सरकारमा सहभागी हुन्छौंः माधव नेपाल

गठवन्धन सरकारका कारण संविधान संकटमा पर्‍यो- अध्यक्ष बराल