वि.सं २०७८ असोज ११ सोमबार फोरेक्स युनिकोडमौसम

संवाद मार्फत एमालेलाई सहमतिमा ल्याउन सभामुखलाई सुझाव (भिडियाे)

काठमाडौं । बिभिन्न दलका नेताहरुले प्रमुख प्रतिपक्षी एमालेलाई संवादमार्फत नै सहमतिमा ल्याई संसद सञ्चालन गर्न सभामुख अग्निप्रसाद सापकोटालाई सुझाव दिएका छन् ।

आज संसद भवन नयाँ बानेश्वरमा सोमबार बसेको सर्वदलीय बैठकमा दलका नेताहरुले एमाले सहितको अर्को बैठक राखेर मतभेद अन्त्य गर्दै संसद सञ्चालन गर्न सभामुख सापकोटालाई सुझाव दिएका छन् । संसदमा देखिएको गतिरोध अन्यका लागि सभामुखले सर्वदलीय बैठक आह्वान गरेका थिए । भने एमालेले बैठक बहिष्कार गरेको थियो ।

एमालेले नै संसद अवरुद्ध गरेको र सर्वदलीय बैठकमा पनि सहभागी नभएकाले कुनै ठोस निष्कर्ष निस्कन नसकेको राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले बताइन् । उनले एमालेसहित पुन बैठक राखेर सहमति खोज्न सुझाव दिइन् । बैठकमा संसद्मा जारी अवरोध खुलाउनका लागि अधिकतम पहल गर्ने सभामुखले बताएको जानकारी दिइन् ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले बैठकमा एमाले सहभागी नभएका कारण बिना निष्कर्ष टुंगिएको जानकारी दिए । एमालेसँग फेरी पनि संवादको प्रयास गर्नुपर्ने सुझाव रहेको उनले बताए ।

सभामुखको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्दै प्रमुख प्रतिपक्षि एमालेले संघीय संसदको अधिवेशन चालू भएदेखि दुवै सदनमा अवरोध गरिरहेको छ ।

‘हाइकिङ’मा विदेशी राजदूत एवं कूटनीतिज्ञ सहभागी हुँदै

सेवाग्राहीका गुनासो : ‘घरी कोठा नम्बर ३, घरी ४’ काम हुने कहिले ?

कांग्रेस महाधिवेशन : झापाका १५ पालिकामा नेतृत्व चयन

NC 14th general convention: Myagdi and Mustang get new leadership

बुद्धभूमिको आइपीओ निष्काशन, ५० हजार कित्तासम्म आवेदन दिन पाइने

बाह्र वर्षमा राहुघाटको काम तीस प्रतिशत मात्र सम्पन्न