वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

अखिल क्रान्तिकारी दाङको अध्यक्षमा कल्याण अधिकारी

अखिल क्रान्तिकारी दाङको अध्यक्षमा कल्याण अधिकारी

दाङ । अखिल क्रान्तिकारी दाङको आज सम्पन्न २२औं जिल्ला अधिवेसनबाट कल्याण अधिकारी नेतृत्वमा सर्वसम्मत नयाँ कार्य समिति चयन भएको छ ।

केन्द्रीय उपाध्यक्ष दिपेश पुनको प्रमुख आतिथ्यतामा भएको सम्मेलनले अधिकारीको नेतृत्वमा ७५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा गिर बहादुर महरा, निश्चल केसी, खगेन्द्र घर्ती मगर, डिभाईद शर्मा, सचिवमा गोविन्द मल्ल सहसचिव रामचन्द्र बुढा ,एम कुमारी विक चयन भएका छन् ।

अधिवेशनलाई सम्बोधन गर्दै उपाध्यक्ष पुनले नेपालमा सामन्ती राजतन्त्रको अन्त्यगरी संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था आए पनि देश र जनताको आधारभूत जीवनमा परिवर्तन आउन बाँकी नै भएकोले अब देश र जनताको अवस्था बदल्न माओवादी नेतृत्वमा आउनु पर्ने तर्क गरेका छन् ।

माओवादीलाई आगामी चुनावबाट नेतृत्वमा ल्याउनका लागि आम युवा विद्यार्थीहरुको काँधमा जिम्मेवारी आएको उनले बताए । पुनले संगठन निति,विधि र पद्वतिमा चल्ने जानकारी गर्दै वरिष्ठता,योग्यता , क्षमता ,सक्रियता र निरन्तरतामा भएका संगठनको श्रेष्ठता दक्ष ब्यक्तहरुलाई संगठनले जिम्मेवारी पाउने बताए ।

अखिल क्रान्तिकारीले जिल्लाभरीका प्रतिनिधि पर्यवेक्षकबाट सर्वसहमत रुपमा मिलन अधिकारीको अध्यक्षतामा नयाँ कमिटी चयन गरेको हो।

अखिल क्रान्तिकारीले आउँदो असोज ८, ९ , १० गते काठमाडौंमा २२औं राष्ट्रिय सम्मेलन गर्न देशभर संगठनात्मक अभियान चलाएको छ ।

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्य आजदेखि अल्पमतमा, बिश्वासको मत नपाउने

प्रधानमन्त्री देउवा बाढीपहिरो निरीक्षण गर्न दुई दिनका लागि सुदुरपश्चिममा

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय