वि.सं २०७८ असोज ११ सोमबार फोरेक्स युनिकोडमौसम

अमेरिकाविरुद्धको एकदिवसीय त्रिकोणात्मक खेलमा नेपालको जित

अमेरिकाविरुद्धको एकदिवसीय त्रिकोणात्मक खेलमा नेपालको जित

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र अमेरिकाबीच खेलिएको पहिलो अन्तर्राष्ट्रिय त्रिकोणात्मक एकदिवसीय खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले पराजित गरेको छ ।

ओमानको राजधानी मस्कटस्थित अल अमेरट क्रिकेट मैदानमा गएराती सम्पन्न डे–नाइट खेलमा नेपालले अमेरिकामाथि जीत निकाल्दै सुखद सुरुवात गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २३० रनको बलियो योगफल बनाएको थियो । अमेरिकाका लागि टप अर्डरका ब्याट्सम्यान मनांक पटेलले सर्वाधिक १ सय रनको पारी खेलेका थिए ।

नेपालका लागि भने स्पिनरद्वय सन्दीप लामिछाने र सुशन भारीले किफायती बलिङ गर्दै २–२ विकेट लिन सफल भएका थिए । २३१ रनको जीत लक्ष्य लिएर ब्याटिङमा उत्रिएको नेपालले ४९ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले सर्वाधिक ८५ रनको पारी खेल्दा रोहित पौडेलले अविजित ६२ रन बनाएका थिए । पाँच विकेटका लागि रोहित र विनोद भण्डारीले ८३ रनको कीर्तिमानी साझेदारी गर्दै नेपालको जीत पक्का बनाएका हुन् । नेपालले अब दोस्रो खेल घरेलु टोली ओमानसँग आज खेल्दैछ । खेल नेपाली समय ४.१५ बजेबाट सुरु हुँदैछ ।

सेवाग्राहीका गुनासो : ‘घरी कोठा नम्बर ३, घरी ४’ काम हुने कहिले ?

कांग्रेस महाधिवेशन : झापाका १५ पालिकामा नेतृत्व चयन

NC 14th general convention: Myagdi and Mustang get new leadership

बुद्धभूमिको आइपीओ निष्काशन, ५० हजार कित्तासम्म आवेदन दिन पाइने

बाह्र वर्षमा राहुघाटको काम तीस प्रतिशत मात्र सम्पन्न

कांग्रेस १४ औँ महाधिवेशन : म्याग्दी र मुस्ताङमा नेतृत्व चयन