वि.सं २०७८ असोज ३ आइतबार फोरेक्स युनिकोडमौसम

ओलीको आश्वासन: कार्यवाहक अध्यक्ष, दोश्रो वरीयता-व्यवहार: खोसियो इन्चार्ज, पुरानै उपाध्यक्ष,नवौं वरीयता

ओलीको आश्वासन: कार्यवाहक अध्यक्ष, दोश्रो वरीयता-व्यवहार: खोसियो इन्चार्ज, पुरानै उपाध्यक्ष,नवौं वरीयता

काठमाडौंं । नेकपा विभाजन गर्ने सर्वोच्च अदालतको २०७७ साल २३ फागुनको फैसलापछि तत्कालीन नेकपा अहिले तीन दलमा विभाजन भएको छ ।

२३ गतेको फैसलापछि नेकपा माओवादी केन्द्र र एमाले ब्युँताएको थियो । पाँच महिनापछि एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) बनेको छ ।

नेकपा विभाजन गरेर जब सर्वोच्च अदालतले माओवादी र एमाले ब्युँतायो । एमालेमा विवाद भने नेकपादेखिको निरन्तर जारी रह्यो । विवाद मिलाएर एमाले मिलाउनु भन्दा पनि विवादलाई चर्काएर आफ्नो पक्ष मजबुत बनाउनमा अध्यक्ष केपी शर्मा ओली लागि परे ।

सर्वोच्चले एमाले माओवादी ब्युँताएपछि २८ गते ओलीले एकलौटी रुपमा एमालेको बैठक बोलाएर २३ जना एमालेमा रहेका पूर्वमाओवादीहरुलई जिम्मेवारी दियो ।

तर एमालेले जिम्मेवारी दिएका पूर्वमाओवादीमध्ये रामबहादुर थापा ‘बादल’लाई ओलीले सहअध्यक्ष दिने सहमति भएको पूर्वमाओवादी नेताले त्यो समयमा जानकारी दिएका थिए ।

थापा पनि ठूलो पार्टीको सहअध्यक्ष हुन पाइने भयो भनेर सबै माओवादी फर्कदा पनि उनी एमालेमा नै बसे । केहि दिन ओलीले पनि उनलाई आफ्नै आडमा बसालेर कार्यक्रम गरे । समय बित्दै गयो एमालेमा विवाद पनि उग्र रुप लिन थाल्यो । तर ओलीले एमाले मिलाउनु भन्दा पनि आफ्नो निकटलाई जिम्मेवारी दिए भने माधवकुमार नेपाल पक्षका सबै नेताहरुको जिम्मेवारी खोस्दै गए । जिम्मेवारी खोसेरमात्र पुगेन ओलीले किस्ता किस्तामा नेपालदेखि सुरेन्द्र पाण्डेसम्म कारवाही गरे ।

फागुनदेखि भदौसम्म ओलीले एमाले धेरै तिकडम गरे । तर सहअध्यक्ष दिने भनेर आश्वसन पाएका थापा भने नवौंं नम्बरमा पुगेका छन् । अहिले सहअध्यक्षको आश्वसन पाएर एमालेमा बसेका थापा नवौं नम्बरमा छन् । जब कि उनी एमालेमा बसेका सहअध्यक्ष पाउने आसमा थिए ।

माओवादीमा महासचिव भइसकेका थापा ओलीले २०७७ साल ५ पुसमा पहिलो पटक संसद विघटन गरेदेखि साथ दिदै आएका थिए । ओलीले दोस्रो पटक संसद विघटन गर्दा एमाले माओवादी ब्युँतिएको पनि अढाई महिना भइसकेको थियो । थापाले पनि ओलीलाई दरो काँध थापे । ओलीले पनि थापालाई राष्ट्रियसभाको हार्ने चुनावको उम्मेदवार बनाए । थापाले चुनाव हारेकै दिन मन्त्री पद पनि गयो ।

तर अहिलेसम्म सहअध्यक्ष पाएका छैनन् । उनको अहिले एमाले भित्र बिचल्ली नै भएको छ । कहाँको माओवादीमा महासचिव, कहाँको सह–अध्यक्षको आश्वासन पाएर पनि नवौं नम्बरमा बस्नु परेको अबस्था छ । अझ कहिलेकाँही बस्ने ठाउँ नपाएर अरुले सोफामा बस्दा थापा फलामको कुर्सीमा खुम्चिएर बस्नु परेको देखिन्छ ।

उनको अहिले नत कार्यकारी भूमिकामा छन् । नत उनको सांसद पद नै बाँकी रह्यो । सहअध्यक्षको आसमा एमालेमै बसेका थापा अहिले बागमती प्रदेशको इन्चार्जमै चित्त बुझाएर बसेका छन् । त्यो पनि एमालेको १० बुँदे र २ जेठमा फर्केमा हातबाट जाने देखिन्छ । बागमती प्रदेशको संयोजक रहेकी अष्टलक्ष्मी शाक्य करिब एक महिनाबाट मुख्यमन्त्री भएकी छिन् । उनको त्यो पद पनि छिट्टै जांदैछ । यस्तो अवस्थामा उनले आफ्नो पुरानो भूमिकाको खोजी गर्ने छिन् त्यो समयमा पनि इन्चार्जको पद बच्छ कि जान्छ केहि दिनमा छिनोफानो हुनेछ ।

रावलको जिम्मेवारी खोसियो

कार्यकारी अध्यक्षको लोभमा ओलीका गत एक बर्ष देखिका सबै हर्कत सहेर एमालेमा मिल्न पुगेका अर्का पात्र हुन भीम रावल ।

नेकपा बन्दा उपाध्यक्ष भएपनि रावल सचिवालयमा परेनन् । तर उपमहासचिव विष्णु पौडेल नेकपाको सचिवालय सदस्यमात्र भएनन् महासचिव नै बने । तर रावल स्थायी कमिटीमा नै चित्त बुझाएर तीन बर्ष बिताएका थिए । नेकपा बनेदेखि नै ओलीका कट्टर आलोचक थिए रावल ।

एमाले ब्यँुतिएपछि पनि ओलीका हरेक निर्णयको कडा आलोचक रावल असारको सुरुवात संगै बिस्तारै बदलिन थालेका थिए । जब कि यो बीचमा ओलीले उनलाई दुई पार्टीको साधारण सदस्य पनि नरहने गरी कारबाही गरे । एमाले एकता गर्ने भनेर विवाद समाधान गर्न १० सदस्यीय कार्यदल बनाएको थियो ।

नेपाल पक्षबाट कार्यदलको नेतृत्व रावलले गरेका थिए । तर ६ जेठमा राष्ट्रिय सभाको निर्वाचनमा नेपाल पक्षले गठबन्धन गरेर खिमलाल देवकोटालाई उम्मेदवार बनाएर जितेपछि ओलीले ८ गते जेठमा कार्यदल नै विघटन गरेका थिए ।

तर ओलीले दोस्रो पटक संसद विघटन गरे । उक्त विघटन विरुद्ध सर्वोच्चमा मुद्दा प¥यो । जसमा पाँच दलको गठबन्धन बन्यो । नेपाल पक्ष पनि गठबन्धनमा सामेल भएको थियो । सर्वोच्चमा मुद्दाको फैसला हुने समयमा ओलीले एकलौटी रुपमा पुन आफैले विघटन गरेको कार्यदल ब्युताए ।

ओलीको उद्देश्य थियो सकिन्छ भने अदालतको फैसलाई प्रभावित पार्ने । त्यहि भएर २८ असारमा सर्वोच्चमा पेशी थियो, तर एमालेको कार्यदलले २७ असारमा राती १० बजे १० बुँदे सम्झौता गरे । तर नेपालले त्यो सम्झौताप्रति असन्तुष्टि जारी गरे । तर उनको पक्षबाट कार्यदलमा बसेका सबैले समर्थन गरे ।
त्यसपछि सुरु भयो एमालेमा २ जेठमा फर्कने भन्दा पनि १० बुँदेको कार्यन्वयन । त्यहि भएर अन्तिममा नेपाल पक्षका १० जना स्थायी कमिटी सदस्य एमालेमा फर्के । तर नेपाल लगायत नेताहरुले ९ भदौमा नेकपा (एकीकृत समाजवादी)  बनाएका छन् ।

रावलले भने ओलीबाट कार्यकारी अध्यक्षको आश्वसन पाएपछि एमालेमा फर्कने मन बनाएका बताइन्छ । अन्त रावल कार्यकारी अध्यक्षको आसमा एमालेमा नै फर्केको आरोप लाग्ने गरेको छ ।

लामो समयदेखि ओलीको खरो आलोचक रावल एकाएक परिवर्तन भएका थिए । संसद विघटनदेखि उनले एमालेमा एकलौटी गरेका निर्णयको विरुद्धमा बोल्थे रावल । तर ओलीले कुनै पश्चात नगरी अथवा आफुले गरेका नराम्रा कामबारे सार्वजनिक अथवा पार्टीमा नै कुनै आत्मालोचना नगरी रावल लुसुक्क एमालेमा फर्के ।

तर रावल फर्कनुमा कार्यकारी अध्यक्ष दिन आश्वासन ओलीले दिएको बताइन्छ । तर अन्तिममा आएर ओलीले उनलाई कार्यकारी अध्यक्ष त परै जाओस सुदुरपश्चिम प्रदेश कमिटीको इन्चार्ज पनि दिएनन् । जब कि २ जेठसम्म रावल संयोजक थिए सुदुरपश्चिम प्रदेश कमिटीका । तर अहिले ओलीले उनलाई केन्द्रको उपाध्यक्षमा नै बस्न बाध्य पारेका छन् ।

अहिले थापा र रावललाई ‘चोक्टा खान गएकी बुढी झोलमा ढुबेर मरी’ भन्ने नेपाली उखान जस्तो भएको छ ।
थापासंग एमालेमा नै बसेका प्रभु साह अहिले एमाले छोड्ने तयारीमा रहेका छन् । उनी मन्त्रीको लागि एमालेमा बसेपनि जबजप्रति असहमति राख्दै आएका थिए । अन्ततः उनी एमाले छोड्ने भएका छन् ।

रावलको भने एमाले छोडौं भने सांसद पद धरापमा पर्नेछ नछोडौं भने धेरै महत्वकांक्षा बोकेर एमालेमा फर्केका थिए । तर अहिले उनि ‘घर न घाटको’ हुने अबस्थामा पुगेका छन् ।

पहिलेको भन्दा अहिलेको संविधान प्रगतिशिल छ : मुख्यमन्त्री शाही

‘संविधान पुनरावलोकन गर्ने समय आयो’-विज्ञहरु

कांग्रेस महाधिवेशनः यसरी हुँदैछ तीन युवा नेताहरुको महामन्त्रीमा भिडन्त

'गर्भमा नै हराउँछन् छोरीहरू'

एक हप्ताभित्र सरकारमा सहभागी हुन्छौंः माधव नेपाल

गठवन्धन सरकारका कारण संविधान संकटमा पर्‍यो- अध्यक्ष बराल