वि.सं २०७८ असोज ३ आइतबार फोरेक्स युनिकोडमौसम

ताहिरा हुन् आयुष्मनको जीवनको पहिलो अनि अन्तिम महिला, बिहेको समय जोसँग थियो मात्र १० रुपैयाँ !

ताहिरा हुन् आयुष्मनको जीवनको पहिलो अनि अन्तिम महिला, बिहेको समय जोसँग थियो मात्र १० रुपैयाँ !

काठमाडौं । बलिउड अभिनेता आयुष्मान खुराना ३६ वर्षमा प्रवेश गरेका छन् । आज उनी आफ्नो ३६ औँ जन्मदिन मनाउने तयारीमा छन् ।

१९८४ सेप्टेम्बर १४ मा पंजाबको चंडीगढमा जन्मिएका आयुष्मानले अंग्रेजी साहित्यमा ग्रैजुएशन गरेका छन् भने आमसञ्चार विषयमा मास्टर गरेका छन् ।

ग्ल्यमरस दुनियाँमा आउनु भन्दा अगाडी उनले थिएटरमा ५ वर्ष काम गरेका थिए । उनले फिल्म ‘विक्की डोनर’ बाट बलिउडमा डेब्यु गरेका हुन् ।

यही क्रममा आयुष्मानले आफ्नो श्रीमति ताहिरालाई भेटेका थिए । उनले हरेक अन्तर्वार्तामा ताहिरा आफ्नाे जीवनको पहिलो अनि अन्तिम महिला भएको बताउने गरेका छन् ।

उनले एक अन्तर्वार्तामा भनेका छन्–‘माहिरा मेरो जीवनको पहिलो अन्तिम त्यस्तो महिला हो जसलाई म कहिल्यै बिर्सन सक्दिन । जतिबेला ताहिरासँग मेरो बिहे भएको थियो त्यो समय मेरो बैंक खातामा मात्र १० रुपैयाँ थियो । ’

आयुष्मान र ताहिरको परिवार पहिलेदेखि नै एक अर्कालाई चिन्थे । १२ वर्ष लामो सम्बन्धपछि आयुष्मानले ताहिरसँग २०११मा विवाह गरेका हुन् । ताहिरा जोडिएसँगै आयुष्मानको भाग्य चम्कियो । उनले बलिउडमा सफलता हासिल गर्दै गए । अहिले उनीहरुको एक छोरा र एक छोरी छन् ।

आयुष्मानले आफ्नो करियरको सुरवात एक रेडियो एंकरको रुपमा गरेका थिए । उनले आफ्नो परिचय एमटीभीको कार्यक्रम रोडीजको तोस्रो सिजन जितेपछि स्थापित गरेका हुन् । उनले रेडियो टिभी हुँदै धेरै कार्यक्रममा एंकरको भूमिका पनि निभाएका छन् ।

आयुष्मानले विक्ककी डोनरपछि फिल्म ‘नौटंकी साला’,‘हवाईजादा लगायतमा काम गरे तर उक्त फिल्म बक्स अ फिसमा असफल सावित भयो ।

फिल्म ‘दम लगा के हईशा’,‘बरेकी की बर्फी’, ‘बधाई हो’, ‘ड्रीम गर्ल’, ‘बाला’ र ‘शुभ मंगल ज्यादा’ मा गरेको अभिनयसँग दर्शकको मनमा बसेका हुन् ।

पहिलेको भन्दा अहिलेको संविधान प्रगतिशिल छ : मुख्यमन्त्री शाही

‘संविधान पुनरावलोकन गर्ने समय आयो’-विज्ञहरु

कांग्रेस महाधिवेशनः यसरी हुँदैछ तीन युवा नेताहरुको महामन्त्रीमा भिडन्त

'गर्भमा नै हराउँछन् छोरीहरू'

एक हप्ताभित्र सरकारमा सहभागी हुन्छौंः माधव नेपाल

गठवन्धन सरकारका कारण संविधान संकटमा पर्‍यो- अध्यक्ष बराल