वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

प्रचण्ड कार्यकारी रास्ट्रपति नभई देशको विकास हुँदैन– पञ्चा सिंह

प्रचण्ड कार्यकारी रास्ट्रपति नभई देशको विकास हुँदैन– पञ्चा सिंह

कैलाली । अखिल क्रान्तिकारी उपध्यक्ष पञ्चा सिंहले प्रचण्ड मुलुकको पहिलो कार्यकारी रास्ट्रपति नभई मुलुक उभों नलाग्ने जीकीर गरेकी छन् ।

कैलाली अखिल क्रान्तिकारीको २० ओैं जिल्ला सम्मेलनलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै उपाध्यक्ष सिंहले भनिन्, ‘मुलुकको राजनितीमा विभिन्न दल र तिनका कयौं पात्रहरुलाई ठूला ठूला कुर्सीमा राख्ने प्रयोग भइसकेको र त्यसैको पछिल्लो कडीको रुपमा केपी वलीलाई कुर्सीमा पुर्याइएको तर त्यसले जनतामा केबल निराशा मात्र पैदा गरेको उनको भनाई थियो ।’

केपी ओली वालुवाटार छिरेपछि हाम्रा समृद्दिका एजेण्डहरु मजाकको बिषय मात्र बने । ‘जसले यो मुलुकको राजनीतिक परिवर्तनको नेतृत्व गर्यो उसैलाई रोक्न खोज्दा राजनीतीले पछाडीको बाटो समात्न खोजेको छ । अबको निर्वाचनपछि मुलुकलाई दक्षिणपन्थतिर धकेल्ने सारा प्रयासहरु असफल हुने र प्रचण्डले पहिलो कार्यकारी रास्ट्रपतिको रुपमा गणतन्त्र नेपालको नेतृत्व गर्नेछन ।’

माओवादी क्रेन्द्रका नेता तथा सुदुरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्ट, माओवादी कैलालीका अध्यक्ष लाल बहादुर सोडारी, पुर्व साँसद हरि ज्ञवाली सहित क्रान्तिकारीका प्रवक्ता एबं उपमहसचिव जीपी मैनाली , केन्द्रिय सचिव मदन भुल र भिम भट्ट ,केन्द्रिय नेताहरु ,डम्बर भट्टराइ सहित पुर्व बिध्यार्थी नेता रमेश धामी र रमेश भट्टराइले शुभकामना मन्तब्य राखेको बिध्यार्थी नेता समिर जोशीले जानकारी दिए ।

प्रधानमन्त्री देउवा बाढीपहिरोको निरिक्षण गर्न दुई दिनका लागि सुदुरपश्चिममा

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय

६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि