वि.सं २०७८ असोज ११ सोमबार फोरेक्स युनिकोडमौसम

केहिदिन सरकारी खर्च रोकिन सक्ने

केहिदिन सरकारी खर्च रोकिन सक्ने

काठमाडाै । अर्थमन्त्री जनार्दन शर्माले बजेटको प्रतिस्थापन विधेयक पारित नभएका कारण केहिदिन सरकारी खर्च रोकिन सक्ने बताएका छन ।

मंगलबार संसद बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै शर्माले सरकारले सरकारी खर्च ५–७ दिन रोकिँदा फरक नपर्ने तर पेश्की खर्च नगर्ने स्पष्ट पारे ।

बिधेयक पारित गर्न छलफल गर्न सहमति खोज्ने प्रयास भएको र सहमति नभए प्रक्रियाबाटै पारित गर्ने मन्त्री शर्माल बताए । यसअघि ल्याएको बजेट अध्यादेश संसद चलेको अवस्थामा ६० दिनभित्र प्रतिस्थापन विधेयकमार्फत पारित गर्नूपर्ने प्रावधान छ । जुन बुधबार सकिदैछ । संसदको अर्को बैठक असोज ४ गतेमात्र बोलाएको अवस्थामा त्यसअघि प्रतिस्थापन विधेयक पारित हुन नसक्ने स्पष्ट छ । अर्थमन्त्री शर्माले कर उठाउने विशेष व्यवस्था रहेको र त्यसैअनुसार कर उठ्ने जिकिर गरे। उनले बिधेयक पास भएपछि नियमित प्रक्रिया अघि बढ्ने धारणा राखेका छन ।

त्यस्तै लोकतान्त्रीक समाजवादीका नेता लक्ष्मणलाल कर्णले प्रतिस्थापन बिधेयक सदनमा पेश भइसकेका कारण ६० दिनमा अध्यादेश अन्त्य नहुने बताएका छन् । वर्तनमा सरकारले ल्याएको बजेटसम्बन्धी प्रतिस्थापन बिधयेक सदनमा बिचाराधिन छ ।

 

‘हाइकिङ’मा विदेशी राजदूत एवं कूटनीतिज्ञ सहभागी हुँदै

सेवाग्राहीका गुनासो : ‘घरी कोठा नम्बर ३, घरी ४’ काम हुने कहिले ?

कांग्रेस महाधिवेशन : झापाका १५ पालिकामा नेतृत्व चयन

NC 14th general convention: Myagdi and Mustang get new leadership

बुद्धभूमिको आइपीओ निष्काशन, ५० हजार कित्तासम्म आवेदन दिन पाइने

बाह्र वर्षमा राहुघाटको काम तीस प्रतिशत मात्र सम्पन्न