वि.सं २०७८ असोज ३ आइतबार फोरेक्स युनिकोडमौसम

माधव चोइटिएर जाँदैमा एमाले सानो हुँदैनः ओली

माधव चोइटिएर जाँदैमा एमाले सानो हुँदैनः ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले माधवकुमार नेपाल चोइटीर जादैर्मा एमाले सानो नहुने बताएका छन् । उनले कोहि चोइटीएर जादैमा एमाले सानो नहुने दाबी गरेका छन् । एमाले–माओवादी केन्द्र एकता विघटनपछि पनि एमाले एकीकृत पार्टी भएको ओलीले दाबी गरे ।

मंगलबार गृह जिल्ला झापाको बिर्तामोडमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन।

‘२३ फागुनमा सर्वोच्च अदालतले एमाले–माओवादीको एकता भंग गरेको होइन, पार्टी दर्ता भंग गरेको हो । फेरि एकता गर्न सकिन्थ्यो । त्यसका लागि प्रचण्डलाई पनि फोन गरेर भनें, तर उनले मजाक बनाए,’ उनले भने, ‘नेकपामा हुँदा माओवादी आन्दोलनमा योगदान साथीहरू एमालेमै हुनुहुन्छ । यो पार्टी एकीकृत पार्टी हो । कानुनी रूपमा एमाले नाम रह्यो । माओवादी होइन, प्रचण्ड गुट हो ।’

ओलीले माधव नेपाल प्रतिक्रियावादी भएको आरोप लगाए । माधव नेपाल एमाले कमजोर बनाउन लागेको ओलीले आरोप लगाए । जब कि त्यहि भेलामा एमाले कमजोर नभएको बताए भने नेपाल कमजोर बनाउन लागेको बताए ।

उनले नेपाललाई पिलोको संज्ञा दिदै भने ‘पिलो निचोरेर तौल घट्दैन । माधव नेपाल चोइटिएर एमाले सानो हुँदैन।’

उनले कार्यक्रममा माओवादी केन्द्रका नेताकार्यकर्तालाई एमालेमा आउन आह्वान गरे । उनले जनाधार गुमाइसकेर पनि प्रचण्डले धम्क्याउने गरेको बताए। धम्क्याउनुपर्यो भने म आगो हुँ नजिक्याऊ भन्ने । मैले पनि दुई बाल्टी पानी हाल्दिउँला भने, उनले भने, ‘केको आँटले धम्क्याउन खोजेको हो ?’

पहिलेको भन्दा अहिलेको संविधान प्रगतिशिल छ : मुख्यमन्त्री शाही

‘संविधान पुनरावलोकन गर्ने समय आयो’-विज्ञहरु

कांग्रेस महाधिवेशनः यसरी हुँदैछ तीन युवा नेताहरुको महामन्त्रीमा भिडन्त

'गर्भमा नै हराउँछन् छोरीहरू'

एक हप्ताभित्र सरकारमा सहभागी हुन्छौंः माधव नेपाल

गठवन्धन सरकारका कारण संविधान संकटमा पर्‍यो- अध्यक्ष बराल