वि.सं २०७८ असोज ११ सोमबार फोरेक्स युनिकोडमौसम

क्लब फुटबलको महाकुम्भ: च्याम्पियन्स लिग आजबाट, को-को भिड्दैछन् ?

क्लब फुटबलको महाकुम्भ: च्याम्पियन्स लिग आजबाट, को-को भिड्दैछन् ?

एजेन्सी । युरोपियन क्लब फुटबलको अब्बल प्रतियोगिता च्याम्पियन्स लिग आजबाट सुरु हुँदैछ । हरेक देशमा हुने लिग फुटबलबाट समेत अब्बल ठहरिएका क्लबहरुका बीचमा हुने प्रतियोजिता भएकाले यो खेलमा विश्वकै सर्वाधिक राम्रा र महंगा खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

नयाँ सिजन नयाँ सिजन २०२१–२२ का खेलहरु नेपाली समय अनुसार आज रातीदेखि शुरु हुन लागेका हुन् । पहिलो दिन आज समूह चरणको विभिन्न ८ खेलमा प्रतिस्पर्धा हुनेछ ।

समुह ‘ई’, समूह ‘एफ’, समूह ‘जी’ र समूह ‘एच’ को खेलहरु हुनेछन् । समूह ‘एफ’ मा स्वीट्जरल्यान्डको योङ ब्वाइजले घरेल मैदानमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको आतिथ्यता गर्दैछ । यही समूहमा स्पेनिस क्लब भिल्लारियलले इटालियन क्लब एटलान्टाको सामना गर्दैछ ।

समूह ‘जी’ मा स्पेनिस क्लब सेभियाले घरेलु मैदानमा अष्ट्रियन क्लब रेडबुल साल्जवर्गसँग खेल्दैछ । फ्रान्सेली क्लब लिलले घरेलु मैदानमा जर्मन क्लब वल्फ्सवर्गसँग प्रतिस्पर्धा गर्दैछ ।

समूह ‘ई’ मा क्याटलान क्लब बार्सिलोनाले जर्मन महारथी बायर्न म्युनिखसँग खेल्दैछ । यो खेल नोउ क्याम्पमा नेपाली समय अनुसार राति १२:४५ बजे हुनेछ । बार्सिलोना १५ अगस्ट २०२० मा भएको क्वाटरफाइनलमा भोगेको ८–२ को लज्जास्पद हारको बदला लिने लक्ष्यमा मैदानमा उत्रनेछ । बायर्न सोही जितलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ । यही समूहमा युक्रेनी क्लब डेनामो किएभले पोर्चुगिज क्लब बेन्फिकासँग खेल्दैछ ।

समूह ‘एच’ मा च्याम्पियन लिगको साविकको विजेता इंग्लिस क्लब चेल्सीले रसियन क्लब जेनिथ सेन्ट पिटर्सवर्गसँग स्टामफोर्ड ब्रिजमा खेल्दैछ । यही समूहका स्वीडेनको माल्मो एफसीले इटालियन महारथी युभेन्ट्सको आतिथ्यता गर्दैछ ।

मधेसले कार्यकारी पदहरु दाबी गर्नुपर्छ –देबकोटा

दशैंको लागि  टिकट बुकिङ आजदेखि खुला

भक्तपुरका चारवटै नगरमा नेतृत्व चयन

‘हाइकिङ’मा विदेशी राजदूत एवं कूटनीतिज्ञ सहभागी हुँदै

सेवाग्राहीका गुनासो : ‘घरी कोठा नम्बर ३, घरी ४’ काम हुने कहिले ?

कांग्रेस महाधिवेशन : झापाका १५ पालिकामा नेतृत्व चयन