वि.सं २०७८ असोज ३ आइतबार फोरेक्स युनिकोडमौसम

पार्टी फुटेपछि ओली पहिलो पटक झापामा: संसदमा अबरोध जारी राख्ने

पार्टी फुटेपछि ओली पहिलो पटक झापामा: संसदमा अबरोध जारी राख्ने

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले नया“ पार्टी निर्माण गरेको नभइ एमाले फुटाएको आरोप लगाएका छन् ।

सभामुखले निष्पक्षता नअपनाउदा र पार्टी कार्यकर्ताको रुपमा काम गरी प्रतिपक्षीका बिरुद्ध षड्यन्त्र गरेकाले संसदमा अबरोध गरेको भन्दै अबरोध जारी नै रहने ओलीको भनाइ छ । नेकपा एमाले जिल्ला कमिटी झापाले विर्तामोडमा आज आयोजना गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लामो समयसम्म एमालेमा रहेर माधब नेपालले फाइदा मात्र लिएको र अन्त्यमा बेइमानी गरेको आरोप समेत लगाए ।

एमालेलाई फुटाएपनि सिंगो पार्टीले हिम्मत नहारेको र अब पनि एमालेकै जित हुने उनको दावी छ । एमालेको सरकारले ३ वर्षमा गरेका विकास निर्माणका काम स्मरण गर्दै उनले प्रतिक्रियाबादीहरुले विकास नचाहेकाले सरकार ढलाइएको तर्क गरे ।

वर्तमान सरकार निर्माण भएको २ महिनामा पनि पूर्णता नपाएको भन्दै ओलीले अहिलेको सरकारले बहुमुल्य समय खेर फालीरहेको बताए । यो अवधिमा कांग्रेस नेतृत्वको सरकारले एउटा पनि राम्रो काम नगरेको समेत ओलीको आरोप थियो । आफ्नो भाषणको अधिकांश समय ओलीले माधब नेपालप्रति लक्षित गरेका थिए ।

अर्को प्रसंगमा उनले सभामुखले निष्पक्षता नअपनाउ“दा र पार्टी कार्यकर्ताको रुपमा काम गरी प्रतिपक्षीका बिरुद्ध षड्यन्त्र गरेकाले एमालले सभामुखलाई नमानेको बताए । संसदमा अबरोध जारी रहने उनको जिकिर थियो ।

यस्तै नेकपा एमालेका केन्द्रिय सदस्य तथा झापा जिल्ला कमिटि इन्चार्ज रबिन कोइरालाले पहिलेको निर्वाचन परिणामलाई आत्म समिक्षा गर्दै आगामी महाधिवेसनमा जुट्नु पर्ने बताए । अबको निर्वाचनमा उच्च मनोबलका साथ अघि बढ्ने उनको भनाइ थियो । यस्तै एमाले केन्द्रीय कमिटी सदस्य हिक्मत कार्कीले संविधानको यथार्थतालाई कुल्चीएर अध्यादेश मार्फत एमाले फुटाइएको आरोप लगाए । भेलामा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकालाई अध्यक्ष ओलीले स्वागत गरेका थिए ।

पहिलेको भन्दा अहिलेको संविधान प्रगतिशिल छ : मुख्यमन्त्री शाही

‘संविधान पुनरावलोकन गर्ने समय आयो’-विज्ञहरु

कांग्रेस महाधिवेशनः यसरी हुँदैछ तीन युवा नेताहरुको महामन्त्रीमा भिडन्त

'गर्भमा नै हराउँछन् छोरीहरू'

एक हप्ताभित्र सरकारमा सहभागी हुन्छौंः माधव नेपाल

गठवन्धन सरकारका कारण संविधान संकटमा पर्‍यो- अध्यक्ष बराल