वि.सं २०७८ असोज ३ आइतबार फोरेक्स युनिकोडमौसम

माओवादीले एमसीसीबारे छिट्टै धारणा सार्वजनिक गर्ने, २५ सदस्यीय निर्वाचन आयोग गठन

माओवादीले एमसीसीबारे छिट्टै धारणा सार्वजनिक गर्ने, २५ सदस्यीय निर्वाचन आयोग गठन

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको केन्द्रीय निर्वाचन आयोग गठन गरेको छ । यस अघि नेकपा हुँदाका बेला समेत आयोगमा रहेका नेता विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २५ सदस्यीय निर्वाचन आयोग गठन गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

माओवादीले यस अघि गठित विधान मस्यौदा कार्यदलले तयार परेको प्रतिदेनलाई आवश्यक संशोधन र सुधारसहित अन्तमि रुप दिने निर्णय पनि गरेको छ । अन्ति रुप दिने जिम्मा पनि कार्यदललाई नै दिएको नेता महराले बताए । माओवादीको विधान आगामी सम्मेलनले पारित गर्नेछ ।

आज बसेको स्थायी समितिको बैठकपछि पत्रकारहरुसँग बोल्दै प्रवक्ता महराले माओवादीसँगको एकताका क्रममा आएका विभिन्न तहका नेता कार्यकर्ताको समायोजन र उचित जिम्मेवारी प्रदान गर्नका लागि गठित कार्यदलको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको बताए ।

माओवादीले पार्टीका केन्द्रीय आयोगहरुलाई २५ सदस्यीय तथा विभागहरु ३५ हुने व्यवस्था पनि निर्धारण गरेको छ । माओवादीले आयोग तथा विभागमा रहने नेताहरुको सिफारिस गर्न सुझावहरु संकलन गर्ने निर्णय पनि गरेको छ ।

एमसीसीबारे
माओवादीले अमेरिकी सहयोग परियोजनाबारे अहिले सम्म आधिकारीक धारणा संस्थागत रुपमा सार्वजनिक गरको छैन । आजको बैठकमा यसबारे पनि चर्चा भएको र पार्टीले छिट्टै व्यापक परामर्श गरेर एमसीसीबारे आधिकारीक धारणा सार्वजनिक गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

मन्त्रिपरिषद विस्तामा भएको ढिलाईबारे भने माओवादी स्थायी समिति बैठकमा कुनै चर्चा चलने । संसदमा जारी गतिरोध फुकाउने विषयमा सभामुखले सर्वदलीय बैठक मार्फत पहल जारी राख्नुपर्ने प्रवक्ता महराले बताए ।

 

पहिलेको भन्दा अहिलेको संविधान प्रगतिशिल छ : मुख्यमन्त्री शाही

‘संविधान पुनरावलोकन गर्ने समय आयो’-विज्ञहरु

कांग्रेस महाधिवेशनः यसरी हुँदैछ तीन युवा नेताहरुको महामन्त्रीमा भिडन्त

'गर्भमा नै हराउँछन् छोरीहरू'

एक हप्ताभित्र सरकारमा सहभागी हुन्छौंः माधव नेपाल

गठवन्धन सरकारका कारण संविधान संकटमा पर्‍यो- अध्यक्ष बराल