वि.सं २०७८ असोज ११ सोमबार फोरेक्स युनिकोडमौसम

भिसा समस्याका कारण नेपाल-बेलायतकाे आर्थिक सम्बन्ध विस्तार हुन सकेन-वरिष्ठ उपाध्यक्ष ढकाल

भिसा समस्याका कारण नेपाल-बेलायतकाे आर्थिक सम्बन्ध विस्तार हुन सकेन-वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भिसा समस्याका कारण नेपाल—बेलायत आर्थिक सम्बन्ध विस्तार हुन नसकेको उल्लेख गर्दै सहज र सुलभ बनाउन आग्रह गरेका छन् । बेलायतले नेपाली व्यवसायीलाई सहज र सरल रूपमा भिसा उपलब्ध गराए द्विपक्षीय व्यापारमा गुणात्मक वृद्धि हुने उनको भनाइ छ ।

महासंघले मंगलबार काठमाडौंस्थित बेलायती दूतावासको अन्तर्राष्ट्रिय व्यापार विभाग र भिसा तथा आप्रवासन विभागसँगको सहकार्यमा आयोजना गरेको ‘बेलायत भिसा र अध्यागमन’ विषयक भर्चुअल अन्तरक्रियालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले काठमाडौं स्थित बेलायती दूतावासबाटै निजी क्षेत्रका लागि यूके भिसा उपलब्ध गराउनुपर्ने आवश्यकतामा जोड दिएका हुन ।

“बेलायती भिसा हाल नेपालबाट प्रत्यक्ष उपलब्ध छैन, जसका कारण यहाँका भिसा आवेदकहरुलाई धेरै कठिनाई र समस्याहरुको सामना गर्नु परिरहेको छ,” वरिष्ठ उपाध्यक्ष ढकालले भने, “यसरी हामी सरोकारवाला बीचको छलफलमा यो व्यवस्थाबाट उत्पन्न समस्यासँगै समाधानको खोजी हुन्छ भन्ने मेरो विश्वास छ र नेपाली आवेदकहरुका लागि पक्कै पनि सहज र सरल रूपमा भिसा उपलब्ध हुनेछ ।”

नेपाल र बेलायतबीच आर्थिक सम्बन्धको लामो इतिहास भए पनि द्विपक्षीय व्यापार र लगानीको अहिलेको अवस्था उत्साहजनक नरहेको वरिष्ठ उपाध्यक्ष ढकालले बताए । नेपाल र बेलायत दुवै मुलुकले आर्थिक सम्भावनाको पूर्ण क्षमताको अनुभूति गर्न नसकेको ढकालको भनाइ छ । सो अवसरमा उनले व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्याङ्क पेश गर्दै नेपालको वैदेशिक व्यापारमा बेलायततर्फ निकासीको हिस्सा १.७ प्रतिशत मात्र छ भने आयातमा बेलायतको हिस्सा ०.१६ प्रतिशत मात्र रहेको जानकारी दिए ।

नेपाल र बेलायतबीच रहेको दुई शताब्दी पुरानो द्विपक्षीय सम्बन्धलाई अबको दिनमा निजी क्षेत्रमार्फत उचाइमा पुर्याउन सकिने ढकालको विश्वास छ । नेपाल र बेलायतबीच निजी क्षेत्रको सहयोगको माध्यमबाट बलियो आर्थिक र व्यापार सम्बन्ध रहेको स्मरण गराउँदै ढकालले यसका लागि महासंघसहित “नेपाल—बेलायत उद्योग वाणिज्य संघले काम गरिरहेको जानकारी र्दिए ।

सेवाग्राहीका गुनासो : ‘घरी कोठा नम्बर ३, घरी ४’ काम हुने कहिले ?

कांग्रेस महाधिवेशन : झापाका १५ पालिकामा नेतृत्व चयन

NC 14th general convention: Myagdi and Mustang get new leadership

बुद्धभूमिको आइपीओ निष्काशन, ५० हजार कित्तासम्म आवेदन दिन पाइने

बाह्र वर्षमा राहुघाटको काम तीस प्रतिशत मात्र सम्पन्न

कांग्रेस १४ औँ महाधिवेशन : म्याग्दी र मुस्ताङमा नेतृत्व चयन