वि.सं २०७८ असोज ११ सोमबार फोरेक्स युनिकोडमौसम

च्याम्पियन्स लिग: रोनाल्डोको युनाईटेडले हार खायो, बार्सिलोना घरेलु मैदानमै स्तब्ध

च्याम्पियन्स लिग: रोनाल्डोको युनाईटेडले हार खायो, बार्सिलोना घरेलु मैदानमै स्तब्ध

एजेन्सी । गएराति भएका च्याम्पियन्स लिगको सुरुवाती खेलमा केही अनपेक्षित परिणाम आएका छन् भने केही स्वभाविक । यसै सिजन म्यानचेष्टर युनाईटेड पुगेका पोर्चुगिज स्परस्टार क्रिष्टयानो रोनाल्डोले गोल गरेपनि योङ बोईज सामू युनाईटडले हार खानु परेको छ ।

उता स्पेनिस बार्सिलोनाले जर्मन पावर हाउस वार्यन म्यूनिखसामू स्तभ्द हुनु परेको छ । वार्यन विरुद्ध अघिल्लो यस अघि खाएको ८( २ गोलको त्रासमा रहेको वार्सिलोना घरेलु मैदानमै ३ ० गोल अन्तरले स्तभ्द हुनु पर्यो । खेल अवधिभरी एक बल पनि पोष्टमा हान्न नसक्नुले बार्सिलोनाको आक्रमण लाईन मेसीको बहिरगमनसँगै कति कमजोर बनेको रहेछ भन्ने देखियो ।

बायर्न म्युनिखका लागि रोबर्ट लेवान्डोस्कीले २ तथा थोमस मुलरले १ गोल गरे । पहिलो हाफको ३५ औं मिनेटमा मुलरले गोल गर्न सफल भएका थिए । उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार बार्साका नयाँ डिफेन्डर एरिक गार्सियालाई लाग्दै गोल भएको थियो ।

५६ औं मिनेटमा वार्यनका पोलिस स्टार फरवार्ड लेवान्डोस्कीले गोल गर्दै अग्रता दोब्बर पारे । उनको दोश्रो गोल पोलमा लागेर फर्किएको रिबाउण्ड बल थियो । बार्साका डिफेण्डरले पेनाल्टी एरिया भित्रै खुल्ला छोडिदिँदा उनले पाएको मौका चुकाएनन् ।
खेलमा ५ मिनेट समय बाँकी रहँदा लेवान्डोस्कीले नै बायर्नलाई ३(० ले अघि बढाए । सर्ज जिनाब्रीको प्रहार पोस्टमा लागेर फर्केपछि रिबाउन्ड लेवान्डोस्कीकै खुट्टामा पुगेको थियो । उनले ६ यार्ड बक्स नजिक बललाई नियन्त्रणमा लिँदै गरेको प्रहार बार्साका अर्का डिफेण्डर उरुग्वेन रोनाल्ड अराउजोलाई लाग्दै गोल भयो ं।

अर्को खेलमा डिनामो किएभ र बेन्फिकाले गोलरहित बराबरी खेले । हारसँगै बार्सिलोना अंकविहिन बनेर पुछारमा पुगेको छ ।

समूह एफको खेलमा अप्रत्यासित नतिजा भोग्न म्यानचेस्टर युनाइटेड बाध्य भयो । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले सुरुवाती अग्रता दिलाएपनि युनाइटेड पराजित भयो । खेलको अधिकांश समय दश खेलाडीमा सिमित रहेको युनाइटेड अन्तिम मिनेटमा गोल खाएपछि स्विस टोली योङ ब्वाइजको मैदानमा २(१ ले पराजित भयो ।

दोस्रो हाफमा आक्रामक देखिएको घरेलु टोलीले गोल फर्काउँदै खेल बराबरीमा ल्याएको थियो । खेलको १३ औं मिनेटमा नै युनाइटेडले रोनाल्डोको गोलमा अग्रता लिएको थियो ।

२५ औं मिनेटमा डिफेन्डर आरोन वान बिसाकाले सिधै रातो कार्ड पाएपछि युनाइटेड १० खेलाडीमा सिमित भयो ।

योङ ब्वाइजले च्याम्पियन्स लिगको इतिहासमा नै दोस्रो जित दर्ता गरेको हो । यस जितसँगै समूह एफमा योङ ब्वाइज ३ अंक जोड्न सफल भयो ।

सेवाग्राहीका गुनासो : ‘घरी कोठा नम्बर ३, घरी ४’ काम हुने कहिले ?

कांग्रेस महाधिवेशन : झापाका १५ पालिकामा नेतृत्व चयन

NC 14th general convention: Myagdi and Mustang get new leadership

बुद्धभूमिको आइपीओ निष्काशन, ५० हजार कित्तासम्म आवेदन दिन पाइने

बाह्र वर्षमा राहुघाटको काम तीस प्रतिशत मात्र सम्पन्न

कांग्रेस १४ औँ महाधिवेशन : म्याग्दी र मुस्ताङमा नेतृत्व चयन