वि.सं २०७८ असोज ११ सोमबार फोरेक्स युनिकोडमौसम

सांग्रिला बैंक र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबीच सम्झौता

सांग्रिला बैंक र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबीच सम्झौता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबीच निक्षेप सदस्यता सम्बन्धि सम्झौता सम्पन्न भएको छ । सम्झौतासँगै अब सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पनि निक्षेप सदस्यको रुपमा सर्वसाधारणलार्ई सेवा सुविधा प्रदान गर्ने भएको छ ।

पुतलीसडक स्थित सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको कार्यालयमा एक कार्यक्रमकाबीच सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्र्र्र्य र बैंकका तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले संयुक्तरुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । यो सँगै अब निकट भविष्यमै सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना सम्पूर्ण ९६ वटै शाखा कार्यालयहरु मार्फत निक्षेप सदस्यता सम्बन्धि कार्य सञ्चालनमा ल्याउनेछ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९६ शाखा कार्यालयहरु, ३१ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

सेवाग्राहीका गुनासो : ‘घरी कोठा नम्बर ३, घरी ४’ काम हुने कहिले ?

कांग्रेस महाधिवेशन : झापाका १५ पालिकामा नेतृत्व चयन

NC 14th general convention: Myagdi and Mustang get new leadership

बुद्धभूमिको आइपीओ निष्काशन, ५० हजार कित्तासम्म आवेदन दिन पाइने

बाह्र वर्षमा राहुघाटको काम तीस प्रतिशत मात्र सम्पन्न

कांग्रेस १४ औँ महाधिवेशन : म्याग्दी र मुस्ताङमा नेतृत्व चयन