वि.सं २०७८ असोज ३ आइतबार फोरेक्स युनिकोडमौसम

दमकमा असोज पहिलो साताबाट विद्यालय खुल्ने

दमकमा असोज पहिलो साताबाट विद्यालय खुल्ने

झापा । कोरोनाको जोखिम केहि कम भएको भन्दै दमक नगरपालिकाले आफ्नो मातहतमा रहेका शैक्षिक सस्थाहरुलाई सञ्चालन गर्न निर्देशन गर्ने भएको छ ।

सोमबार दमकमा रहेका निजी विद्यालयका सञ्चालकहरु र सस्थागत विद्यालयका प्रधानाध्यापकहरुसँग विद्यालय सञ्चालन सम्बन्धमा सुुझाव मागिएको थियो । सोहि सुझावका आधारमा मंगलबार नगरपालिकाको शिक्षा समितिले असोज पहिलो साताबाट भौतीक उपस्थितीमै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको दमक नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश न्यौपानेले जानकारी दिए ।

विद्यालय सञ्चालन सम्बन्धी कार्यविधि २०७७ अनुसार दमकका विद्यालय सञ्चालन गर्ने निणर्य गरिएको न्यौपानेले बताए । जसमा कोरोनाबाट बच्ने उपायहरु पूणर्रुपमा पालना गर्नु पर्ने हुन्छ ।

कक्षा कोठामा विद्यार्थी राख्दा अनिवार्य भौतिक दुरी कायम गराउनु पर्ने, मास्कको प्रयोग गराउनु पर्ने, विद्यालयका हरेक कक्षाकोठा अगाडी हात धुने व्यवस्था गरिनु पर्ने, भिभाड र जम्मा हुन नदिन आलोपालो पद्धतीद्धारा पठन पाठन गराउनु पर्ने लगायतका मापदण्ड पालना गराउन सक्ने विद्यालयले विद्यार्थीको भौतिक उपस्थितीमै पठन पाठन गराउन सक्ने न्यौपानेले बताए ।

 

पहिलेको भन्दा अहिलेको संविधान प्रगतिशिल छ : मुख्यमन्त्री शाही

‘संविधान पुनरावलोकन गर्ने समय आयो’-विज्ञहरु

कांग्रेस महाधिवेशनः यसरी हुँदैछ तीन युवा नेताहरुको महामन्त्रीमा भिडन्त

'गर्भमा नै हराउँछन् छोरीहरू'

एक हप्ताभित्र सरकारमा सहभागी हुन्छौंः माधव नेपाल

गठवन्धन सरकारका कारण संविधान संकटमा पर्‍यो- अध्यक्ष बराल