वि.सं २०७८ असोज ११ सोमबार फोरेक्स युनिकोडमौसम

केएमसीले अत्याधुनिक सुविधासहित सञ्चालनमा ल्यायो नेपालकै ठूलो एनआइसीयू

केएमसीले अत्याधुनिक सुविधासहित सञ्चालनमा ल्यायो नेपालकै ठूलो एनआइसीयू

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नेपालकै सबैभन्दा ठूलो र अत्याधुनिक सुविधासहितको नवजात शिशु सघन उपचार कक्ष र वाल रोग सघन उपचार कक्ष सञ्चालनमा ल्याएको छ । नेपालमै हालसम्म प्रयोगमा नरहेका उपकरणहरु प्रयोगमा ल्याएर केएमसीले नवजात शिशु र बाल रोगको अत्याधुनिक सघन उपचार कक्ष सञ्चालन गरेको हो ।

४० शैयाको नवजात शिशु सघन उपचार कक्ष र १० शैयाको बालरोग सघन उपचार कक्ष गरी बालबालिकाहरुको उपचारका लागि ५० शैयाको अत्याधुनिक उपचार कक्ष सञ्चालनमा ल्याइएको केएमसीका अध्यक्ष डा.सुनिल शर्माले जानकारी दिए । ‘नेपालमा अहिलेसम्म प्रयोग नभएका अत्याधुनिक उपकरणहरु प्रयोगमा ल्याएर बालबालिकाहरुको उपचारका लागि मूलुककै ठूलो सघन उपचार कक्ष सञ्चालन गरेका छौं,’ डा.शर्माले भने, ‘यसले नवजात शिशु र वालवालिकाहरुको उपचारमा निकै सहज हुनेछ ।’

उमेर नपुग्दै जन्मिएको शिशुलाई आमाको गर्भ जस्तै अवस्थामा राख्ने जिराफ ओम्निबेड इन्क्यूव्याटर मेसिन र १ किलो भन्दा कम तौल भएका नवजात शिशुलाई फोक्सोको उपचारमा प्रयोग गरिने हाइ फृक्यान्शी ओस्सिल्याटोरी भेन्टिलेटरसहितका उपकरण केएमसीले प्रयोगमा ल्याएको छ । यी दुबै मेसिन नेपालमै पहिलो पटक केएमसीले प्रयोगमा ल्याएको अस्पतालका वालरोग बिभाग प्रमुख प्रा.डा.सुनिल राजा मानन्धरको दावी छ । उनका अनुसार उमेर नपुग्दै जन्मिएका २६ हप्तादेखि २८ हप्तासम्मको नवजात शिशुलाई यो उपकरणको प्रयोग गरेर बचाउँन सकिन्छ ।

केएमसीले प्रयोगमा ल्याएका अत्याधुनिक उपकरणले नवजात शिशु र वाल मृत्युदर कम गर्न सघाउ पुग्ने केएमसीका जेनेरल मेनेजर नारायण दाहाल बताउँछन् । उनी भन्छन्, ‘अत्याधुनिक उपकरणसहित नेपालकै सबैभन्दा ठूलो ४० बेडको एनआइसीयू केएमसीले सञ्चालनमा ल्याएको छ, यत्ती ठूलो एनआइसीयू नेपालमा अन्त छैन । यसले नवजात शिशु तथा वाल मृत्यदर घटाउँन सघाउ पुर्याउँछ ।’

केएमसीले यसअघि २५ शैयाको नवजात शिशु सघन उपचार कक्ष र ५ शैयाको बालरोग सघन उपचार कक्ष सञ्चालन गर्दै आएको थियो । शैया बिस्तार गरेर अत्याधुनिक उपकरण प्रयोगमा ल्याई केएमसीले बालवालिकाको सघन उपचार कक्षलाई नेपालकै अब्बल बनाएको हो ।

‘हाइकिङ’मा विदेशी राजदूत एवं कूटनीतिज्ञ सहभागी हुँदै

सेवाग्राहीका गुनासो : ‘घरी कोठा नम्बर ३, घरी ४’ काम हुने कहिले ?

कांग्रेस महाधिवेशन : झापाका १५ पालिकामा नेतृत्व चयन

NC 14th general convention: Myagdi and Mustang get new leadership

बुद्धभूमिको आइपीओ निष्काशन, ५० हजार कित्तासम्म आवेदन दिन पाइने

बाह्र वर्षमा राहुघाटको काम तीस प्रतिशत मात्र सम्पन्न