वि.सं २०७८ असोज ११ सोमबार फोरेक्स युनिकोडमौसम

काठमाडौंमा ‘बोक्सी’ आरोपमा महिलामाथि कुटपिट

काठमाडौंमा ‘बोक्सी’ आरोपमा महिलामाथि कुटपिट

काठमाडौं । काठमाडौंको स्वयम्भूमा ‘बोक्सी’ आरोपमा एक महिलामाथि कुटपिट भएको छ । ललितपुरको लुभु घर भएकी ३० वर्षीया महिलालाई ‘बोक्सी’ आरोपमा झारफुक गर्ने वहानामा कुटपिट गर्दै यातना दिइएको हो । यातना दिने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर घर भई स्वयम्भु ठूलो भ¥याङमा धामी काम गर्ने दीपेन्द्रकुमार थिङ, ललितपुरका जितेन्द्र महर्जन, नुवाकोटका जनार्दन पाण्डे र दशनारायण महर्जन रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

गत २१ भदौमा पेट दुखेपछि ३० वर्षीया महिलाले आफ्ना पति जितेन्द्रलाई अस्पताल लान आग्रह गरेका थिए । तर, उनले पत्नीलाई धामी थिङको घरमा झारफुक गर्न लगेका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहका अनुसार झारफुक गर्ने निहुँमा थिङको घरमा ती महिलामाथि कुटपिट भएको हो । ती महिलालाई दशनारायणको सहयोगमा धामीकहाँ पु¥याइएको थियो ।

यातना दिनेहरू विरुद्ध काठमाडौं प्रहरीले बोक्सी आरोप कसुर सजाय ऐनअनुसार अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ । राजधानी दैनिकबाट

सेवाग्राहीका गुनासो : ‘घरी कोठा नम्बर ३, घरी ४’ काम हुने कहिले ?

कांग्रेस महाधिवेशन : झापाका १५ पालिकामा नेतृत्व चयन

NC 14th general convention: Myagdi and Mustang get new leadership

बुद्धभूमिको आइपीओ निष्काशन, ५० हजार कित्तासम्म आवेदन दिन पाइने

बाह्र वर्षमा राहुघाटको काम तीस प्रतिशत मात्र सम्पन्न

कांग्रेस १४ औँ महाधिवेशन : म्याग्दी र मुस्ताङमा नेतृत्व चयन