वि.सं २०७८ असोज ३ आइतबार फोरेक्स युनिकोडमौसम

राष्ट्रिय वाणिज्य बैंक र टेलिकमको सहकार्यमा ‘नमस्ते पे’ सञ्चालन

राष्ट्रिय वाणिज्य बैंक र टेलिकमको सहकार्यमा ‘नमस्ते पे’ सञ्चालन

काठमाडौं । नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड मार्फत प्रदान गरिने नमस्ते पे मोबाइल वित्तीय सेवाको प्रथम चरणको व्यावसायिक सञ्चालन शुभारम्भ गरिएको छ ।

मंगलबार एक कार्यक्रमबीच उक्त सेवाको शुभारम्भ गरिएको हो । मोबाइल वित्तीय सेवा मार्फत वित्तीय पहुँचको विस्तार गर्न तथा डिजिटल नेपालको अवधारणा साकार पार्न सघाउ पु¥याउने उद्देश्यले यो सेवा सुरु गरिएको हो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्याल, राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका अध्यक्ष राम शरण पुडासैनी, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, नेपाल टेलिकम तथा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख तथा सञ्चालक समितिका सदस्य तथा उच्चपदस्थ पदाधिकारीहरु, नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका अध्यक्ष राजेन्द्र अर्याल लगायत सञ्चालकहरू, डिजिटल भुक्तानीको क्षेत्रमा काम गर्ने संस्थाहरूका प्रतिनिधिहरू लगायतको उपस्थिति थियो ।

पहिलेको भन्दा अहिलेको संविधान प्रगतिशिल छ : मुख्यमन्त्री शाही

‘संविधान पुनरावलोकन गर्ने समय आयो’-विज्ञहरु

कांग्रेस महाधिवेशनः यसरी हुँदैछ तीन युवा नेताहरुको महामन्त्रीमा भिडन्त

'गर्भमा नै हराउँछन् छोरीहरू'

एक हप्ताभित्र सरकारमा सहभागी हुन्छौंः माधव नेपाल

गठवन्धन सरकारका कारण संविधान संकटमा पर्‍यो- अध्यक्ष बराल