वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

३ कम्पनीको सेयरमा आवेदन दिने आज अन्तिम दिन

३ कम्पनीको सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले भदौ २१ गते, सोमबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको ३ वटा कम्पनीको संस्थापक समूहको सेयरमा आवेदन दिने आज (भदौ ३० गते, बिहीबार) अन्तिम दिन रहेको छ ।

बैंकले मेरो माइक्रोफाइनान्सको ८४ हजार ८ सय २९ कित्ता सेयर, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ५ हजार ६५ कित्ता र नागरिक लगानी कोषको ३ लाख ८१ हजार ९ सय २ कित्ता संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।

कुनको मूल्य कति ?

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड . ५२९ रुपैयाँ

आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड . ५४१ रुपैयाँ

नागरिक लगानी कोष . १२९४ रुपैयाँ

कति दिने आवेदन ?

लगानीकर्ताले मेरो माइक्रोफाइनान्स र नागरिक लगानी कोषको सेयरमा न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । आरएमडीसी लघुवित्तको सेयरमा भने न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ ।

को हो बिक्री प्रबन्धक ?

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताहरुले मेरो माइक्रोफाइनान्स र आरएमडीसी लघुवित्तको हकमा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा नागरिक लगानी कोषको सेयरमा भने एनआईसी एशिया बैंक लमिटेडको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।

प्रधानमन्त्री देउवा बाढीपहिरो निरिक्षण गर्न दुई दिनका लागि सुदुरपश्चिममा

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय

६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि