वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

अखिल क्रान्तिकारीको नयाँ नेतृत्वमा दावी गर्ने को हुन् ?

अखिल क्रान्तिकारीको नयाँ नेतृत्वमा दावी गर्ने को हुन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन यहि असोज ८,९ र १० गते हुँदैछ । सम्मेलनबाट क्रान्तिकारीले नयाँ नीति र नेतृत्व चयन गर्नेछ । वर्तमान अध्यक्ष रञ्जित तामाङ विदा हुने लगभग तय भईसकेको छ । क्रान्तिकारीले भदौ २६ गते विधान पासगरी सकेका छन् । राष्ट्रिय सम्मेलनमा संगठनको विधान र राजनीति प्रस्ताव पास भएपछि नेतृत्व चयन हुन्छ ।

अहिले क्रान्तिकारीले देशभरी संगठनको सम्मेलन गरिरहेको छ । जिल्ला, प्रदेश र विभिन्न विश्वविद्यालयबाट सम्मेलनको लागि प्रतिनिधि छनौट भईरहेका छन् । यिनै प्रतिनिधिहरुले नयाँ नेतृत्व चुन्ने छन् । आफ्नो संगठनको सांगठनिक र राजनीतिक प्रतिवेदन पास गर्ने छन् । र दुई बर्षको लागि संगठनको नयाँ नेतृत्व चयन गर्ने छन् ।

अहिले अखिल क्रान्तिकारीमा नेतृत्वको दाबी सहित ६ जना विद्यार्थी नेताहरु देश भरी सम्मेलन गदै हिंडिरहेका छन् ।

पछिल्लो समयमा विद्यार्थी संगठनले विद्यार्थीका हक हितका कुरा गर्न छोडेको आरोप लाग्दै आएको छ । पंचायती व्यवस्थामा राजनीति मुद्दाका साथै विद्यार्थी आन्दोलनलाई लोकतन्त्र प्राप्तिको मुद्दासंग जोडेका थिए । तर लोकतन्त्र प्राप्तिपछि विद्यार्थी संगठनले आफुलाई समय सन्दर्भ अनुसार ढाल्न नसकेको, विद्यार्थी आन्दोलनको विरासत बोक्न नसकेको आरोप लाग्न थालेको छ ।

संविधानमा शिक्षा मौलीक हक भनिएको छ । तर अहिले देशभरी शिक्षाको नाममा भएको व्यापारमा विद्यार्थी संगठनहरु अब्बल भएर अघि आउन सकिरहेका छ्रैनन् ।

सामुदायीक स्कुलहरुको अवस्था दिनप्रतिदिन कमजोर बन्दै गएको र निजि संस्थाहरु फस्टाउदा पनि संगठनहर भने मौन बस्ने गरेका र नीजि शिक्षण संस्थाहरुलाई अर्थउपार्जनको माध्यम बनाउने गरेको आरोप लाग्ने गरेको छ ।

विद्यार्थी संगठनले हिजोको प्रजातन्त्र, गणतन्त्रको लागि जुन बलिदानी त्याग तपस्या गरेको थियो आज कमजोर बन्दै गएको आरोप पटक पटक लाग्ने गरेको छ ।

हिजोको जस्तो राजनीति अवस्था छैन । हिजोको पुस्ता राजनीतिक अधिकारको लागि लडेको हो । अहिले शिक्षाको मुद्दा पेचिलो बनेर आएको छ । आन्दोलनलाई नयाँ दिशामा लैजानु अहिलेको चुनौति क्रान्तिकारीको नेतृत्व गर्ने नेताहरुले स्वीकारेका छन् ।

विद्यार्थीको नयाँ नेतृत्व संगठन, विचार र सबैलाई मिलाएर लैजाने हुनुपर्ने विद्यार्थी नेताहरु बताउँछन् । यसका लागि संगठनमा पकड हुदा वैचारिक पक्ष कमजोर ,वैचारिक पक्ष ठिक हुंदा संगठनमा कमजोर हुंदा नेतृत्वमा समस्या आउने गरेका छन् । अहिलेको नेतृत्वको दाबी गरिरहेका विद्यार्थी नेताहरु आफुलाई नेतृत्वको दाबी सहित करेक्सन गरीरहेका एक विद्यार्थी नेता बताउँछन् ।

नेकपा विभाजन भएपछिको सम्मेलनबाट नयाँ नेतृत्वमात्र चयन गर्ने जिम्मेवारी छैन, संगठनलाई एकताबद्ध बनाएर अगाडि बढाउनुपर्ने छ । संसद विघटन गर्ने एमालेको भातृ संगठन, सत्ता साझेदार नेविसँगलगायतसंग प्रतिस्पर्धा गरेर आफुलाई अब्बल बनाउनु पर्ने दायित्व नयाँ नेतृत्व समक्ष आउने पक्का छ ।

कोरोना भाइरको महामारी नभएपनि अवस्था भने सहज छैन । त्यहि भएर सम्मेलन भर्चुअल माध्यमबाट हुने कि सबै एकैठाउँमा जम्मा भएर गर्ने त्यो त्यहि समयमा निर्धारण हुने देखिन्छ । तर कमिटी १५१ जनाको बन्ने विधानमा किटान गरिएको छ । १५ जनाको पदाधिकारी बन्ने देखिन्छ ।

अध्यक्षका दाबेदार ७ जना विद्यार्थी नेता

सम्मेलन गर्दै देश दौडाहमा हिडेका अखिल क्रान्तिकारीका पाँच जना उपाध्यक्ष र एक महासचिव अहिले अध्यक्षको दाबेदार रहेका छन् । उपाध्यक्षहरु बरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेत, दीपक देवकोटा, तिलकराज भण्डारी, विजय गौतम, पञ्चा सिंह, दिपेश पुन, र महाचिव उत्तम अधिकारी अध्यक्षका दावेदार रहेका छन् ।

७ जना नेताहरुले आफु अध्यक्षको लागि अब्बल रहेको दाबी गरिरहेका छन् । तर ७ जनामा एक जना अध्यक्ष र एक जना महासचिव चुनिने छन् भने पाँच जनाले या त उपाध्यक्षमै निरन्तरता दिन राजी हुनुपर्ने छ या अखिल क्रान्तिकारीको संगठनात्मक विद्यार्थी राजनीतिबाट विदा हुनु पर्नेछ ।

सुरेन्द्र बस्नेत, बरिष्ठ उपाध्यक्ष

सुरेन्द्र बस्नेतको परिवार जनयुद्धमा होमिएको परिवार हो । जनयुद्धको दौरानमा बस्नेतका सहोदर दाई पुष्पराज बस्नेत र भाई धीरेन्द्र बस्नेत भैरवनाथ गणवाट अहिलेसम्म वेपत्ता पारिएका छन्। पुरा परिवार राजनीतिमा लागेको छ । उनी मिडियामा सबै भन्दा बढी छाउने क्रान्तिकारीको नेतामा पर्छन । उनले ०७४ सालमा सम्पन्न २१ औं राष्ट्रिय सम्मेलनमा भएको निर्वाचनमा खुला उपाध्यक्ष तर्फ सवैभन्दा धेरै मत ल्याएका थिए ।

क्रान्तिकारीको पहिलो वैठकवाट उनको मर्यादाक्रम एक नम्बरमा निर्धारण गरिएको थियोे । त्यसैले बस्नेतले कार्यवाहक अध्यक्षको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् । विगतमा बस्नेत क्रान्तिकारीका संस्थापक प्रवक्ता हुन् । आरआर क्याम्पसको स्ववियुको समेत अनुभव भएका बस्नेत विद्यार्थीको राजनीति होस वा समसामयीक विषयमा सार्वजनिक बहसहरुमा खरो रुपमा उत्रने गर्दछन् ।

उनी विद्यार्थी आन्दोलन पुरानो ढर्रामा नभइ नयाँ आवश्यकता र नयाँ परिभाषा सहित अघि वढ्नुपर्ने तर्क गर्दछन् । बस्नेतले पत्रकारिता र राजनीति शास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन्। उनी अहिले त्रिभुवन विश्वविद्यालयबाट पिएचडीसमेत गर्दैछन् ।

दीपक देवकोटा , उपाध्यक्ष

उपाध्यक्ष दीपक देवकोटा पनि अध्यक्षका प्रबल दाबेदार हुन् । माओवादी जनयुद्धको समयदेखिनै अखिल क्रान्तिकारीमा संगठित भएर लागेका देवकोटा क्रान्तिकारीका पुराना नेतामध्यमा पर्दछन् । २०५३ सालदेखि संगठनमा जोडिएर राजनीति जिवन सुरु गरेका देवकोटा विद्यालय स्तरबाट नै अखिल क्रान्तिकारीमा जोडिएका थिए । उनको घर रसुवा हो । ०५४ सालमा क्याम्पस पढन् काठमाडौं आएका थिए । उनले अस्कल पढ्न थालेपछि त्यहिबाट राजनीति निरन्तरता दिएका थिए ।

विद्यार्थी राजनीति गदैैगर्दा २०५९ सालमा देवकोटा जेल परेका थिए । करिब ४ बर्ष जेल बसेर रिहाइ भएका थिए । उनी जेल जिवनपछि पनि विद्यार्थी राजनीतिमा सक्रिय भएका थिए । जेल जिवनको कारण पनि उनी खुल्ला विद्यार्थी राजनीतिमा केही पछि पर्न गएका हुन् ।

उनी उपत्यकामा क्याम्पस जिल्लाको अध्यक्ष, केन्द्रीय समिति, बागमती प्रदेश इन्चार्ज, दुई पटक उपाध्यक्ष भइसकेका छन् । उनी अहिले अध्यक्ष बनेर मात्र विदाई हुने तयारी गरेका छन् ।

अध्ययनमा बढी रुचि राख्ने देवकोटा राजनीतिशास्त्रमा पिएचडी गदैछन् । उनी वैचारीक,राजनीति र सांगठनिक रुपमा परिपक्क मानिन्छन् । उनलाई संगठनमा अन्नतमुखि नेताका रुपमा चिन्छन् ।

तिलक राज भण्डारी,उपाध्यक्ष

उपाध्यक्ष तिलकराज भण्डारी संगठक र अध्ययनशिल नेताको रुपमा चिनिन्छन् । सार्वजनिक आन्दोलनात्मक कार्यक्रम भन्दपनि उनको रुची संगठन बलियो बनाउनुमा रहेको उनको सहकर्मीहरु टिप्पणी गर्दछन् । उनलाई संगठनमा बढी भिजेको र भूगोलसंग जोडिएको नेताका रुपमा हेर्छन । जनयुद्धकालमा नै उनी माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीमा जोडिएका थिए ।

संगठनमा २०५६ सालबाट सक्रिय भण्डारी अहिले उपाध्यक्ष छन् । उनीपनि अध्यक्षको जिम्मेवारी सम्हालेरमात्र पार्टी भूगोलमा जाने तयारीमा लागेका छन् ।

क्रान्तिकारीको १७औँ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय समितिमा चुनिएका थिए । विभिन्न भूगोलमा काम गरेको अनुभव पनि रहेको छ । केही समयपहिला उनको ‘जनयुद्ध हस्ताक्षर’ नामक पुस्तक लेखेका छन् ।

उनको घर सल्यान हो । उनको राजनीति जिवन पनि सल्यानबाट नै सुरु भएको हो ।

विजय गौतम,उपाध्यक्ष

विजय गौतम पनि क्रान्तिकारीको उपाध्यक्ष हुन । सानैदेखि राजनीतिमा संगठित भएका गौतमको घर मकवानपुर हो । भद्र, शालीन र कम बोल्ने गौतम अध्ययनशील मानिन्छन् । उनी अहिले त्रिभुवन विश्वविद्यालयबाट पिएचडी गर्दैछन् ।

उनी हेटौँडा क्याम्पसको स्ववियु सभापति पनि हुन । क्रान्तिकारीको केन्द्रीय सदस्य हँुदै २०६८ मा हिमाल शर्मा अध्यक्ष हुँदा सचिवालय सदस्य बनेका थिए । सचिव हुँदै २१ औँ राष्ट्रिय सम्मेलनबाट उपाध्यक्षमा निर्वाचित भएका हुन । गौतम अखिल क्रान्तिकारीमा एकता केन्द्रबाट आएका हुन । तर पनि उनको लगाव जनयुद्धबाट आएका नेता कार्यकर्ताको भन्दा कम छैन ।

पञ्चा सिंह, उपाध्यक्ष

२१औं राष्ट्रिय सम्मेलनबाट समावेशी तर्फको महिला उपाध्यक्ष जितेकी सिंह अध्यक्षको दावेदार हु्न् । यदि सिंह अध्यक्ष बनेमा अखिल क्रान्तिकारीको इतिहासमा पहिलो महिला अध्यक्ष बन्ने छिन् । यो उनको लागि इतिहास रच्ने सुनौलो अवसर हुनेछ ।

सिंहको घर कालिकोट हो । गाउँमा सांस्कृतिक कार्यक्रम हेर्न नजिकैको विद्यालयमा गएकी सिंह त्यहि दिनबाट माओवादी पार्टीको होल टाइमर बनेकी थिइन ।

अहिले अखिल क्रान्तिकारीमा अध्यक्षको दाबेदारमा एक्ली महिला हुन । उनी १७औं राष्ट्रिय सम्मेलनबाट लेखनाथ न्यौपाने अध्यक्ष हुदा केन्द्रीय सदस्य भएकी थिइन् ।

उनी आँफू अहिले अध्यक्षको शसक्त दावेदार भएको र यो सुनौलो अवसरलाई जिम्मेवारीमा बदल्ने बताउँछिन् ।

सिंहले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा एमए गरेकी छिन् ।

उत्तम अधिकारी,महासचिव

अखिल महासचिव हुन् उत्तम अधिकारी । नुवाकोट घर भएका अधिकारी कम बोल्ने काममा विश्वास गर्ने बौद्धिक नेताका रुपमा परिचित छन् । उनी पनि महासचिव भएकाले अध्यक्षको स्वभाविक दाबेदार छन् ।

राजधानी नजिकको जिल्लामा घर भएका अधिकारीले जनयुद्धकालदेखि नै उपत्यकामा संगठनको काम गदै आएका थिए । जनयुद्धको समयमा नै पटक पटक गरी चारवर्ष जेल जीवनको अनुभव पनि गरीसकेका छन् । उनको परिवार नै माओवादी जनयुद्धमा होमिएको सहभागी थियो ।

मोहन वैद्यसहितको माओवादी विभाजित हुदा वैद्यसंग लागेका अधिकारी रामबहादुर थापालगायतको नेताको टिम फर्किएपछि उनीपनि संगै पुरानै घर फर्किएका थिए । उनीपनि अखिलमा अन्र्तमुखी नेताका रुपमा चिनिन्छन् । अध्ययनमा रुचि भएका अधिकारीले एलएलबी गरेका छन् ।

उनी कसैको चर्को आलोचना पनि नगर्ने र समर्थन पनि नगर्ने गुणदोषका आधारमा मानिसको मूल्याङकन हुनु पर्ने धारणा राख्छन् ।

महासचिव को त ?

उपाध्यक्ष दिपेश पुनको दाबी अध्यक्षमा भए पनि अन्य सिनियर पुस्ताले उनलाई महासचिवको रुपमा चिनाउने गरेका छन्। विद्यार्थीमा २८ वर्षे प्रावधान हटाएर मात्र सिनियर पुस्ताबाट लेयर बनाउनुपर्ने पुनको भनाइ छ ।

दीपेश पुन, उपाध्यक्ष

दीपेश पुन पनि अध्यक्षको लागि दाबेदार छन् । उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश संगठनको साथै सामाजिक काममा पनि सक्रिय रहंदै आएका छन् । जनयुद्धमा सानै देखि लागेका दीपेश विस्फोटनमा समेत परेर केही श्रवण शक्ति गुमाएका थिए । उनी पनि संगठनमा पकड राम्रो रहेको नेता मध्यमा पर्दछन्। उनी आफु संगठनले जुन भूमिकामा आवश्यकता सम्झ्यो त्यहि भूमिका निभाउन तयार रहेको बताउँछन् ।

प्रधानमन्त्री देउवा बाढीपहिरो निरिक्षण गर्न दुई दिनका लागि सुदुरपश्चिममा

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय

६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि