वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

सरकारले पदक दिएका व्यक्तिप्रति ओलीको ब्यङग्यः श्रीमतिको ,बाउको मुख हेर्ने दिन हो र ?

सरकारले पदक दिएका व्यक्तिप्रति ओलीको ब्यङग्यः श्रीमतिको ,बाउको मुख हेर्ने दिन हो र ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले सरकारले वितरण गरेका पदक पाउनेका नामप्रति ब्यङग्य गरेका छन् ।

आइतबार संविधान दिवसका अवसरमा सरकारले पदक पाउनेको नाम सार्वजनिक गरेको छ । ओलीले ती नाम प्रति ब्यङग्य गदै पदकहरूले नै लाज मानिरहेको बताएका छन् ।

ओलीले संविधान दिवसको दिन सपना साकार भएकोमा सहिदका घरपरिवारले गर्व गर्नुपर्ने हो, घाइतेहरुले सम्मानीत हुनु पर्ने हो तर यहाँ नेताका आफन्तहरुले पदक पाएको भन्दै आक्रोश व्यक्त गरे ।
ओलीले पदकको वितरण गर्ने नाममा विभुषहरुको नाकमा नै कालो पोतेको आरोप लगाए ।

उनले भने ‘आज बाउको मुख हेर्ने दिन हो ? श्रीमतीको मुख हेर्ने दिन हो ? छोराछोरीको मुख हेर्ने दिन हो श्र कस्तो लालसा श्र कस्तो भोक ? भाषण गर्दा म अरु जस्तो पदलोलुप छैन, नातावादी कृपावादी छैन् । म जनताका लागि भनेर भाषण गर्ने तर मौका पाउँदा हेर्नुस त अलंकार, पदक, विभूषणहरूको नाकमा कालो पोतेको । ति विभूषणले लज्जा मानेको हेर्नुस त ।’

उनले पदक घोषणा गरिएका पत्रकार तथा कानुन व्यवसायीहरुको समेत आलोचना गरेका छन् । तर पदक पाउने पाँच जना पत्रकारले भने आफू पदक नलिने घोषणा गरेका छन् ।

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्य आजदेखि अल्पमतमा, बिश्वासको मत नपाउने

प्रधानमन्त्री देउवा बाढीपहिरो निरीक्षण गर्न दुई दिनका लागि सुदुरपश्चिममा

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय