वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन सर्‍यो !

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन सर्‍यो !

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रन्तिकारीले राष्ट्रिय सम्मेलन सार्ने तयारी गरेको छ । आइतबार केन्द्रीय कार्यालयको बैठकले तयारीको समय नपुगेको भन्दै सम्मेलन सार्ने प्रस्ताव गरेको उपाध्यक्ष पञ्चा सिंहले बताइन ।

असोज ८, ९ र १० सम्मेलन गर्ने तय भएको थियो । तर समय अभावका कारण सम्मेलन असोज १४, १५ र १६ गते सार्ने प्रस्ताव आएको र भोलीसम्म निर्णय हुने सिंहले बताइन ।

अखिल क्रान्तिकारीले २२औं राष्ट्रिय सम्मेलन काण्माडौंमा गदै छ । अब सम्मेलनको उद्घाटन असोज १४ गते प्रज्ञा प्रतिष्ठानमा हुने छ भने बन्द सत्र त्रिभुवन विश्वविद्यालयको अडोटोरियम हल कीर्तिपुरमा हुने छ । यहि सम्मेलनबाट क्रान्तिकारीले नयाँ नेतृत्व चयन गर्ने छ ।

राष्ट्रिय सम्मेलन भन्दा पहिला अखिल क्रान्तिकारीले जिल्ला सम्मेलन र प्रदेश सम्मेलन गदै छ । तर जिल्ला र प्रदेश सम्मेलन समयमा नसक्दा राष्ट्रिय सम्मेलन सार्नु परेको बताइएको छ ।

नेतृत्वका लागि ६ जनाबीच दाबेदार रहेका छन्। जसमा सुरेन्द्र बस्नेत, पञ्चा सिंह, दीपक देवकोटा, उत्तम अधिकारी, तिलकराज भण्डारी र विजय गौतम छन्। अधिकारी महासचिव हुन भने अरु सबै उपाध्यक्ष हुन ।

महासचिवका लागि दिपेश पुन लगायत नेताहरुले दाबी गरेका छन् । यो पटक अखिल क्रान्तिकारीले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने बताइएको छ ।

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्य आजदेखि अल्पमतमा, बिश्वासको मत नपाउने

प्रधानमन्त्री देउवा बाढीपहिरो निरीक्षण गर्न दुई दिनका लागि सुदुरपश्चिममा

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय