वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

गठवन्धन सरकारका कारण संविधान संकटमा पर्‍यो- अध्यक्ष बराल

गठवन्धन सरकारका कारण संविधान संकटमा पर्‍यो- अध्यक्ष बराल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट अनेरास्ववियुको अध्यक्ष सुनिता बरालले नेपाली काँग्रेस र गठवन्धन सरकारका कारण संविधान संकटमा परेको टिप्पणी गरेकी छन् । संविधान दिवसका दिन आज एक शुभकामना सन्देश दिदै उनले भनिन्, ‘नेपालको लोकतान्त्रीक आन्दोलन र संघर्षको क्रममा आफ्नो जीवनको आहुती दिनुहुने सम्पूर्ण महान् सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाईते, अपांग र वेपत्ता नागरिकहरु प्रति उच्च सम्मान प्रकट गर्दछौं । अहिले नेपालको संविधानको मूल मर्म र धाराहरुलाई कुल्चदै दिउँसै रात पार्ने गरी आफुलाइ लोकतन्त्रको मसिया भन्ने कांगे्रस नेतृत्वको गठबन्धनधारी सरकारको कुकर्मले संविधान नै संकटमा परेको छ ।’

अध्यक्ष बरालले दलहरु बलिया भए मात्रै लोकतन्त्र बलियो हुने बताउँदै त्यस विपरीत अध्यादेशबाट पार्टी फुटाउने, परमादेशबाट सरकार निर्माण गर्ने कामले संविधानको रक्षा हुन नसक्ने बताईन् ।

उनले भनिन्, ‘अनेरास्ववियु दलहरु बलिया भएमात्र लोकतन्त्र सदृढ हुन्छ भन्ने मान्यतामा दृढ छ। त्यस विपरीत नेपालमा अध्यादेशबाट पार्टी फुटाउने, परमादेशबाट सरकार निर्माण गर्ने र सरकार बनेको महिनौ दिन वितिसक्दा पनि सरकारलाई पूर्णता दिन नसकेको वर्तमान सरकारले संविधानको रक्षा र संमृद्धिको सपना बाँडनु भनेको “बादरले मकैबारीको सुरक्षा गर्छ” भनेझै हो। संविधानमा व्यवस्था गरिएको शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त च्यूत हुने गरी आज कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको नेतृत्वमा रहनुभएका व्यक्तिहरु आफ्नो कर्तव्यबोधबाट विमुख हुँदै गईरहेको महशुस भएको छ । हामी त्यस्ता प्रवृत्तिको विरुद्ध सदैव संघर्ष गर्दै आइरहेका छौं र आगामी दिनमा पनि आफ्नो रचनात्मक प्रतिपक्षी आवाजलाई बुलन्द गर्दै जाने प्रतिवद्धता व्यक्त गर्दछौं ।’

नवनिर्वाचत अध्इक्ष बरालले संविधानलाई इमान र निष्ठापूर्वक पालना गर्दै निर्दलीय व्यवस्था तर्फ धकेल्ने शक्ति विरुद्ध संघर्ष गर्न आव्हान समेत गरिन् । उनले भनिन्, ‘आम विद्यार्थी र जनसमुदायमा हार्दिक आह्वान गर्दै संविधान दिवस २०७८ को अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई एवं दिदिबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।’

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय

६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि

विपद् व्यवस्थापनमा बजेटको अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन