वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

'गर्भमा नै हराउँछन् छोरीहरू'

'गर्भमा नै हराउँछन् छोरीहरू'

चितवन । चितवनको पहाडी गाउँ कोराकबाट एक महिला पेटमा छोरी भएका कारण सात महिनाको गर्भपतन गर्न भरतपुर आईन । आर्थिक अवस्था निकै कमजोर भएको उनको परिवारमा यसअघि पाँचवटी छोरी जन्मिसकेका थिए । छैटौ सन्तान पनि छोरी भएको थाहा पाएपछि उनलाई श्रीमानले दैनिक यातना दिन थाले । श्रीमानको अगाडी आफ्नो केही नलागेपछि उनी गर्भमा भएको छोरी फाल्न भरतपुर आईन । भरतपुरमा रहेको एक नीजि अस्पतालमा उनले सात महिनाको छोरी फालेर भोलिपल्ट घर गईन् ।

भरतपुर महानगरपालिका–११ की सुनिता शर्मा (नाम परिवर्तन) एउटी छोरीकी आमा हुन् । छोरी पाँच वर्ष पुगेपछि उनलाई अर्को सन्तानको चाहना भयो । दोस्रो बच्चा छोरा भइदिए हुन्थ्यो भन्ने उनलाई पनि नलागेको होइन । गर्भमा बसिसकेको सन्तान जे भए पनि स्वीकार्न तयार थिइन् उनी । तर, परिस्थिति उनको वशमा रहेन । परिवार वंशलाई निरन्तरता दिन पनि छोरो चाहिने भयो । परिवारकै दबाबमा उनी लिंग पहिचान गर्न पुगिन । छोरा चाहने परिवारले गर्भमा छोरी भएको थाहा पायो । सासु र श्रीमानका अगाडी उनको केही लागेन । अन्ततः विदेश जाने बाहना बनाएर नेपाल परिवार नियोजन संघ चितवनमा गएर छोरीको गर्भमै हत्या गरियो ।

यो समस्या चितवनमा मात्र होईन । देशैभर गर्भमा रहेको शिशुको लिंग पहिचान गर्ने र छोरी भएमा गर्भमा हत्या गर्ने यी त केही नुमना मात्र हुन् । यो माथिको घटनाले नेपालमा छोरी भएकै कारण भु्रण हत्याको बढ्दो प्रवृत्तिको प्रतिनिधित्व गरे पनि यो समस्या पछिल्ला दिनमा नेपालको लागि टाउँको दुखाइको विषय बनेको छ । यसको कारक तत्व खोजी गर्दा गर्भमा छोरी भएको कारण गर्भबाटै हराउने गरेको अध्ययनले देखाएको छ ।

आर्थिक वर्ष २०७६\७७ मा भन्दा २०७७\७८ मा गर्भपतन गराउनेको संख्या ७०० ले बढी छ । एउटै मान्छेले वर्षमा तीन पटकसम्म गर्भपतन गराएको तथ्याङ्क स्वास्थ्य कार्यालय चितवनसँग छ । आर्थिक वर्ष २०७७\७८ मा जिल्लामा तीन हजार १५९ जनाले गर्भपतन गराएका छन् । आर्थिक वर्ष २०७६\७७ मा दुई हजार ४४३ जनाले र आर्थिक वर्ष २०७५\७६ मा दुई हजार २३६ जनाले गर्भपतन गराएको स्वास्थ्य कार्यालय चितवनका खोप अधिकृत अमृत महर्जनले जानकारी दिए । आर्थिक वर्ष २०७५\७६ बाट आर्थिक वर्ष २०७६\७७ मा करिब २०० ले बढेको गर्भपतन गराउनेको संख्या आर्थिक वर्ष २०७६\७७ बाट आर्थिक वर्ष २०७७\७८ मा आइपुग्दा ७०० ले बढेको छ ।

कुल गर्भपतन गराउने महिलाहरुको संख्यामध्ये २० वर्ष मुनिका किशोरीहरुको संख्या ९ दशमलब ४ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७७÷७८ मा गर्भभित्र रहेको बच्चा मर्न सक्ने, अङ्गभङ्ग हुने र आमा र बच्चा दुवैको अवस्था खतरामा रहेको अवस्थामा गर्भपतन गराउनेको संख्या ३५२ रहेको छ ।

सरकारको सूचिकृत स्वास्थ्य संस्थाहरुबाट मात्र सुरक्षित गर्भपतन गराउन पाउने कानुनी व्यवस्था गरेको छ । नेपाल सरकारले २०६० सालदेखि सुरक्षित गर्भपतनलाई मान्यता दिएको छ । तर, सरकारबाट मान्यता नपाएका स्वास्थ्य संस्थामा पनि गर्भपतन हुने गरेको छ । जसले गर्दा गर्भपतन गर्नेको संख्या जिल्लामा अझै बढी हुने कार्यालयले अनुमान गरेको छ ।

धेरै देशमा लिङ्ग पहिचानपछि गरिने गर्भपतनलाई गैरकानुनी मानिए पनि नेपालको कानुनमा १२ हप्ता सम्मको गर्भपतन गर्न पाउने व्यवस्थाको गलत फाईदा उठाउदै चिकित्सकहरूको मिलेमतोमा छोरी भएकै कारण गर्भमा नै हत्या गर्ने क्रम बढ्दै गएको छ । यसले महिलाको स्वास्थ्यमा जोखिम पार्नुका साथै महिला र पुरुषको संख्यामा रहेको सन्तुलनलाई समेत बिगार्दै लगेको छ ।

राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा कुल लैङ्गिक अनुपात प्रति १०० महिलामा पुरुषको संख्या ९४ दशमलव १६ प्रतिशत मात्र छ । तर चितवनको पछिल्लो अध्ययनले भने दश वर्ष मुनिका बालबालिकाहरुमध्य बालिका भन्दा तिन गुणा बालकहरु चितवनमा रहेको देखाएको छ । यो अध्ययनले अब चितवनमा महिलाको भन्दा पुरुषको संख्या बढ्ने निश्चित छ ।

‘छोराछोरी बराबर’ भन्ने व्यापक प्रचार भइरहे पनि चितवनमा पहिचान गरेर छोरीलाई भु्रणमै समाप्त गर्ने क्रम बढ्दो छ । कानूनले १२ हप्ता अर्थात् तीन महीनासम्मको मात्रै गर्भपतन गर्न पाउने व्यवस्था गरेको छ । नेपाल र भारतमा गर्भमा भु्रण पहिचान गर्न नपाइने कानूनी प्रावधान भए पनि गोप्य रूपमा पहिचान गरी गर्भपतन गर्ने गरिन्छ ।
चितवनमा १० वटा सरकारी र १० वटा निजी संस्थाबाट सुरक्षित गर्भपतन हुने गरेको छ । गर्भ रहँदा महिलाको ज्यानमा खतरा पर्ने भएमा वा शारीरिक वा मानसिकरुपले स्वास्थ्यमा असर पर्ने अवस्थामा वा विकलाङ्ग बच्चा जन्माउन सक्ने अवस्था भएमा चिकित्सकको रायमा जुनसुकै अवधिको गर्भपतन गराउन पाइने व्यवस्था रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

१२ हप्ताभन्दा तलका शिशुको लिङ्ग पहिचान नगरी गर्भपतन गर्न वा गराउन कानुनले छुट दिएको छ । तर, प्रविधिको विकाशसँगै एम्निओटिक फ्लुडबाट ६ हप्तामै लिङ्ग पहिचान गर्न सकिन्छ । अल्ट्रासाउन्ड प्रविधिबाट १२ हप्ताभन्दा माथिको लिङ्ग पहिचान गर्न सकिन्छ । धेरै हप्ता भइसकेको अवस्थामा पनि जथाभावि गर्भपत गराउँदा केही वर्ष अगी चितवनमा एक जना महिलाको ज्यान गएपछी एक जना स्वाथ्य स्वयंसेविकालाई जेल चलान गरिएको थियो ।

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय

६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि

विपद् व्यवस्थापनमा बजेटको अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन