वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

मेसी होम ग्राउण्डमा गोल गर्न चाहान्थे तर सब्स्टीच्युट गरेपछि प्रशिक्षकसँग रिसाए

मेसी होम ग्राउण्डमा गोल गर्न चाहान्थे तर सब्स्टीच्युट गरेपछि प्रशिक्षकसँग रिसाए

एजेन्सी । विश्व नम्बर एक फुटबलर लियोनल मेसी जारी सिजनमा फ्रान्सेली पिएसजीबाट व्यवसायीक फुटबल खेलिरहेका छन् । बार्सिलोना छा्ड्न नचाहँदा नचाहँदै पनि क्याम्प नोउबाट बाहिरिनुपरेपछि बेखुसी रहेका मेसी पिएसजीमा खुसी हुने र पुरानै लय समाउने प्रयासमा छन् ।

तर उनका पुराना साथी नेइमार, स्वदेशी साथी डि मारियासहितले साथ दिएपनि पूरै वातावरण उनको अनुकुल बन्न नसकेको कुरा गएरातिको खेलबाट पनि देखिएको छ ।

पिएसजीको जर्सीमा ३ खेल खेलका मेसीले पहिलो खेलमा अन्तिम समयमा अवे ग्राण्डबाट डेब्यु गरे । थोरै समयका बीच उनले खासै चामत्कारिक प्रदर्शन गर्न सकेनन् । पिएसजीका लागि उनले दोश्रो खेल च्याम्पियन्स लिग खेले पुरा समय बिताएपनि उनले गोल तथा असिस्ट गर्न सकेनन् । बरु पिएजजी नै बेल्जियमको ब्रुग विरुद्ध रक्षात्मक झैं बन्यो ।

मेसीको तेश्रो खेल गएराति पिएसजीको होम ग्राउण्डमा भयो । घरेलु दर्शका सामू मेसी राम्रो प्रभाव छोड्न चाहान्थे । तर खेलको ७५ औं मिनेटमा प्रशिक्षक पोचेटिनोले उनलाई मैदानबाट निकाले । जुन कुरा मेसी र संभवत दर्शकहरुको ईच्छा विपरित थियो ।

मेसी मैदानबाट बाहिरिदै गर्दा प्रशिक्षक पोचेटिनोले हात मिलाउन खोजेका थिए । तर मेसीले हात दिएनन् । बरु रिसाएको अनुहार बनाएर उनी बेन्चमा बस्न पुगे ।

मेसी अहिले पूर्ण रुपमा फिट छन् । टिममा १ १ गोलको बराबरिमा थियो । यस्तो बेला मेसी उद्दार गर्नका लागि विजयी गोल गर्न चाहान्थे तर प्रशिक्षकले अचानक मैदान बाहिर बोलाएपछि उनी रिसाए ।

खेलमा पेरिस सेन्ट जर्मेन पीएसजी ले लगातार छैटौ खेलमा शतप्रतिशत जित निकालेको छ। घरेलु मैदानमा आइतबार राति भएको खेलमा पीएसजीले लियोनमाथि २–१ को जित निकालेको हो । सबै तीन गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

पाहुना टोली लियोनले ५४औं मिनेटमा लुकास पाक्वेटाको गोलबाट अग्रता लिन सफल भयो । उनले कार्ल टोको इकाम्वीको पासमा गोल गरेका थिए ।

६६औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै पीएसजी खेलमा फर्कियो । पेनाल्टी बक्समा मालो गुट्सोले नेयमारलाई अनावश्यक च्यालेन्ज गरेपछि रेफ्रीले पीएसजीलाई पेनाल्टी दिदा नेयमार चुकेनन् ।

बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा सब्सिच्युट मोउरो इकार्डीले गोल गर्दै पीएसजीलाई पूनरागमन जित दिलाए । ८२औं मिनेटमा एन्जल डि मारियाको स्थानमा मैदान छिरेका इकार्डीले केलियन एमबाप्पेको पासमा गोल गरेका थिए ।

यो जितपछि लगातार छैटौ खेलमा जित निकालेको पीएसजीको १८ अंक पुगेको छ । पराजित लियोन ८ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्य आजदेखि अल्पमतमा, बिश्वासको मत नपाउने

प्रधानमन्त्री देउवा बाढीपहिरो निरीक्षण गर्न दुई दिनका लागि सुदुरपश्चिममा

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय