वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

नाबालिक छोरी बलात्कार गर्ने बाबु धरौटीमा रिहा

नाबालिक छोरी बलात्कार गर्ने बाबु धरौटीमा रिहा

मोरङ । नाबालिका छोरी बलात्कारका अभियुक्त बुवालाई जिल्ला अदालत मोरङले धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला न्यायाधीश तेजेन्द्रबहादुर खड्काको इजलासले १४ वर्षीया बालिका छोरी बलात्कारका अभियुक्त ५१ वर्षीय बुवालाई पाँच लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

मोरङ बेलबारीका अभियुक्तले गत २० माघको राति नावालक छारीलाई बलात्कार गरेको अभियोग थियो । छोरीले बुवा विरूद्ध गत ४ भदौमा इलाका प्रहरी कार्यालय बेलबारीमा किटानी जाहेरी दिएकी थिइन् । न्यायाधीश खड्काले बालिकाको मेडिकल रिपोर्ट, पीडक बुवाको बयान लगायतका आधारमा धरौटीमा छाड्न आदेश दिएका हुन् ।

गत २० माघमा बालिका हजुरआमासँग सुतेकी थिइन् । बुवाले उनलाई स्टोर कोठामा लगेर जबरजस्ती करणी गरेको किटानी जाहेरीमा उल्लेख छ । तर बालिकाको हजुरआमाले भने सो दिन नातिनी आफूसँग नसुतेको वयान दिएकी दिइन् । पीडिक बाबुका दुई श्रीमति थिए । उनी कान्छी श्रीमतिसँग बस्दै आएका थिए । जेठी श्रीमतिसँग भने सम्वन्ध विच्छेद भएको थियो ।

त्यसपछि बालिकाको आमा विदेश गएकी थिइन् । त्यसपछि उनका श्रीमानले अंश लिएर घर छाडेर गएको भन्दै अदालतमा अंश फिर्ताको मुद्दा दायर गरेका थिए । छोराको नागरिकता र छोरीको जन्मदर्ता बनाउन जाँदा उनले जबरजस्ती करणी गरेका अभियो थियो । उनका बाबुले भने बालिकामाथि जबरजस्ती करणी नगरेको भन्दै इन्कारी बयान दिएका थिए ।

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय

६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि

विपद् व्यवस्थापनमा बजेटको अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन