वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

माधव र महन्थको पार्टी आधिकारिक, सर्वोच्च अदालतले दिएन अन्तरिम आदेश

माधव र महन्थको पार्टी आधिकारिक, सर्वोच्च अदालतले दिएन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजी विरुद्धको रिटम अन्तरिम आदेश दिन अस्वीकार गरेको । सर्वोच्च अदालतको संवैधानिक इजलासले यस मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो भने विपक्षीसँग कारण देखाउ आदेश दिएको छ ।

सरकारले दल विभाजनका लागि सहज हुने गरी ल्याएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेशविरुद्धका मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा गठन भएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गत २ भदौमा मन्त्रिपरिषद्को सिफारिसमा दल विभाजन गर्न सजिलो हुने अध्यादेश जारी गरेकी थिइन् । सो अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्याका आधारमा दल विभाजन गर्न सक्ने व्यवस्था राखिएको थियो ।

अध्यादेश जारी भए लगत्तै माधवकुमार नेपालको नेतृत्वमा एमाले फुटेर एकीकृत समाजवादी बनेको थियो भने महन्थ ठाकुरको नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) फुटेर लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भइसकेका छन् ।

अध्यादेशविरुद्ध अधिवक्ताहरू प्रवेश केसी, अर्जुनकुमार अर्याल र शकुन्तला भुसाल, दिनेशकुमार अर्याल र अनुपा अर्याल, सरोज बुढाथोकी र आशिष श्रेष्ठ, श्रीकान्त बराल र दलबहादुर धामीले गरी एकल र संयुक्त गरी ६ थान रिट दर्ता भएका थिए ।

प्रधानमन्त्री देउवा बाढीपहिरो निरिक्षण गर्न दुई दिनका लागि सुदुरपश्चिममा

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय

६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि