वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

मेसी गएपछि बार्सिलोना, बार्सिलोना रहेन, १८ वर्षपछि दोहोरियो इतिहास

मेसी गएपछि बार्सिलोना, बार्सिलोना रहेन, १८ वर्षपछि दोहोरियो इतिहास

एजेन्सी । बार्सिलोनाले जारी नयाँ सिजनमा ५ खेलमा ८ गोल गरेको छ । जवकी रियल मड्रिडका करिम बेन्जिमाले एक्लै ८ गोल गरिसकेका छन् । यो गत सन् २००३ यताकै खराव प्रदर्शन हो । कार्डिज विरुद्धको अन्तिम खेलमा बराबरीमा रोकिन बार्सिलोनाले लग गुमाएको अर्को उदाहरण हो ।

यसले स्पेनिस पावर हाउस बार्सिलोनामा प्रसस्त समस्या छ भन्ने देखाएको छ । सिजनको सुरुवातमै यो अत्यास लाग्दो अवस्था सृजना भएको छ । सन् २००३ मा क्लबको अध्यक्ष लार्पोता नै थिए । त्यतिबेला पनि क्याटलान क्लबले सुरुवाती ५ खेलमा जम्मा ५ गोल गरेको थियो ।

अहिले १८ वर्ष पछि इतिहास दोहोरिएको छ । सिजनको सुरुवातमा भएका खेल, बार्सिलोनाको प्रदर्शन र गोल संख्याले त्यो नराम्रो इतिहास दोहोरिएको देखिएको हो ।

बार्सिलोनाबाट स्टार स्ट्राईकल लियो मेसी र एन्टुअन ग्रिजम्यानको बहिरगमनपछि प्रशिक्षक रोनाल्ड कोयम्यानले आक्रमण लाईन बनाउनै सकेनन् । उनले यसबीचमा ४ फरक प्रयोग गरिसके । तर ३ ओटा प्रयोगले काम गरेन ।

रियल सोसिडाड विरुद्ध उनले ग्रिजम्यान, ब्रेथवेट र मेम्फिस डिपाए उतारे जसले काम गर्यो । तर त्यसपछि ग्रिजम्यानलाई उनको पुरानै घर एथ्लेटिको फर्काईयो ।

एथ्लेटिको जहाँ हाल ग्रिजम्यान समेत समस्याबाट ग्रसित छन् । उनले अहिले सम्म एक गोल, असिष्ट मात्र हैन गोल पोष्ट भित्र एउटै प्रहार समेत गर्न सकेका छैनन् ।

ग्रिजम्यानको बहिरगमन र फाती, ब्रेथवेट, डेम्बेले घाइते भएपछि कोयम्यानले डिपाएको ओरिपरी आक्रमण लाईन बुने । कोटिन्हो, डेमिर र डि जोङको ट्रिओ बनाउन खोजे तर परिणामन आएन । अन्तिम ३ खेलमा डिफेण्डर अराउखो र जेरार्ड पिकेले २ गोल गरे ।

बार्सिलोनाका लागि नयाँ त्राणका रुपमा कोयम्यानले मेम्फिस भित्र्याएका हुन् । प्रिसिजन र सिजन समेत खेलेका उनले केही गर्ने प्रयास गरिरहेका छन् । तर सिजनको अन्त्यमा कोयम्यानले भित्र्याएका लुक डि जोङ प्रभाव शुन्य जस्तै देखिएका छन् । उनले वार्यन म्युनिख, ग्रानाडा र कार्डिज विरुद्धका ३ खेलमा जम्मा दुई प्रहार गरे त्यो पनि गोलपोष्ट बाहिर ।

डि जोङ मात्र हैन ब्राजिलियन स्टार कोटिन्होको हालत पनि उस्तै छ । लिभरपुलमा चम्किएका र घाइते भएका कारण लामो समयपछि मैदान छिरेका कोटिन्होले कुनै छाप छोड्न सकेनन् । स्पेनिस मार्का लेख्छ, ‘अन्तिम दुई खेलमा अष्ट्रियन डेमिरले आक्रमण लाईन सम्हाले तर उनी पनि प्रभाव शुन्य झैं देखिए ।’

बार्सिलोनाका राम्रा आक्रमण लाईन हुने संभावना बोकेका उसमान डेम्बेले, मार्टिन ब्रेथवेट, अग्वेरो र आन्सु फाती रिकभरी गरिरहेका छन् । तर उनीहरु कहिले निको हुन्छन् र मैदानमा खेल्न आउँनेछन् भन्ने अझै टुंगो लागेको छैन । यस्तो अन्योलका बीच त्यतिबेला सम्म बार्सिलोनाले सिजनको सुरुवातमा धेरै गुमाईसकेको हुनेछ ।

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्य आजदेखि अल्पमतमा, बिश्वासको मत नपाउने

प्रधानमन्त्री देउवा बाढीपहिरो निरीक्षण गर्न दुई दिनका लागि सुदुरपश्चिममा

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय