वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

एमाले बिधान संशोधन प्रस्ताव : १० वटा समूहमा छलफल (भिडियाे)

एमाले बिधान संशोधन प्रस्ताव : १० वटा समूहमा छलफल (भिडियाे)

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा राजनीतिक, सांगठानिक तथा बिधान संशोधन प्रस्ताव प्रतिवेदनमा १० वटा समूहगत छलफलबाट आएको निष्कर्ष प्रस्तुत गरिएको छ । तुलसीलाल स्मृति प्रतिष्ठानमा शनिबार बसेको बैठकमा बिधान अधिवेशनमा पेश गर्ने तीनवटा प्रतिवेदनमााथि समूहगत रुपमा आएका निष्कर्षहरु प्रस्तुत गरिएको एमाले प्रचार प्रसार बिभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

समूहगत छलफलबाट पार्टीलाई समावेशी चरित्रको बनाउनुपर्ने, निर्वाचनमा ध्यान केन्द्रीत गर्नुपर्ने, पहिलेको भन्दा राम्रो परिणाम ल्याउनुपर्ने लगाएत सुझाव आएको भट्टराईले बताए । त्यस्तै प्रदेश र केन्द्र चूनावमा बहुमत ल्याउनेगरि तयारी गर्नपर्नेमा पनि केन्द्रीय सदस्यहरुले जोड दिएको उनले जानकारी दिए ।

आइतबारको बैठकमा तीनवटै प्रतिवेदनमा आएका सुझावमाथि अध्यक्ष केपी ओलीले लगाएतले जवाफ दिने भट्टराईको भनाई छ । एमाले केन्द्रीय कमिटी बैठकमा आइतबार ११ बजे पुन बस्नेछ । एमालेको विधान महाधिवेशन भने आगामी असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा हुँदैछ ।

 

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्य आजदेखि अल्पमतमा, बिश्वासको मत नपाउने

प्रधानमन्त्री देउवा बाढीपहिरो निरीक्षण गर्न दुई दिनका लागि सुदुरपश्चिममा

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय