वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

जापानी जुम्ल्याहा दिदीबहिनीले बनाए विश्व कीर्तिमान

जापानी जुम्ल्याहा दिदीबहिनीले बनाए विश्व कीर्तिमान

काठमाडौं । गिनिज वल्र्ड रेकर्ड्सले दुईजना जापानी दिदीबहिनीलाई विश्वकै सबैभन्दा बढी उमेरका जुम्ल्याहाको प्रमाणपत्र प्रदान गरेको छ । तिनीहरूको उमेर १ सय ७ वर्ष र ३ सय दिन रहेको छ ।

उमेनो सुमियामा र कोयुमी कोदामाले यसअघि स्वर्गीय जापानी जुम्ल्याहा दिदीबहिनी किन नारिता र जिन कानीको कीर्तिमान तोड्न सफल भएका हुन् ।

उमेनो र कोयुमिको जन्म सन् १९१३ को ५ नोभेम्बरमा सोदोसिमा टापुमा भएको थियो ।

वृद्धवृद्धा दिवसलाई सम्मान प्रकट गर्ने उद्देश्यले सोमबार ती दिदी बहिनीलाई सो प्रमाणपत्र प्रदान गरिएको थियो । कोभिड १९ बाट जोगिनका लागि ती दुवै अहिले जापानका छुट्टाछुट्टै केयर होममा बसिरहेका छन् ।

यसअघि यसै विधामा कीर्तिमान राख्ने जानकै जुम्ल्याहा दिदी बहिनी किन र जिनको उमेर १ सय ७ वर्ष र १ सय ७५ दिन रहेको थियो ।

 

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय

६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि

विपद् व्यवस्थापनमा बजेटको अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन