वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

नेता पुनको स्वास्थ्यमा क्रमिक सुधार

नेता पुनको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । केही दिन यता ज्वरो बढ्ने, बोमिट हुने लगायतका स्वास्थ्य समस्या देखिएपछि गृह जिल्ला रोल्पा पुगेका नेता पुन अखिल क्रान्तिकारीको प्रदेश ५ को सम्मेलन लगायतका कार्यक्रमा सहभागि नभईकन काठमाडौं फर्किएका थिए ।

काठमाडौं फर्किएलगत्तै शनिबार उनको ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार भएको हो । पुरानौ रोगको लक्षणहरु देखिएको र बजण्डिसको मात्रा बढेका कारण स्वस्थ्यमा समस्या देखिएको उनको उपचारमा संलग्न डा. युवराज शर्मा लगायतको टिमले जानकारी दिएको छ ।

नेता पुनलाई लामो समयदेखि जण्डिस रोगले सताईरहेको छ । अहिले जण्डिसको मात्रा बढेर स्वास्थ्यमा समस्या देखिएको हो ।

आईतबार साँझ परिक्षण गराएर निवास फर्किएका पूर्व अर्थ तथा ऊर्जा मन्त्री समेत रहेका नेता पुन आईतबार विहान फेरी अस्पतालमा फलोअपका लागि पुगेका थिए । हाल स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको र चिकित्सकको सल्लाहा अनुसार घरमै आराम गरेर बसिरहेको नेता पुनका स्वकीय सचिव सन्तोष पुनले जानकारी दिए ।

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्य आजदेखि अल्पमतमा, बिश्वासको मत नपाउने

प्रधानमन्त्री देउवा बाढीपहिरो निरिक्षण गर्न दुई दिनका लागि सुदुरपश्चिममा

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय