वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

ओलीले देउवालाई ‘एमसीसी पास, अर्ली इलेक्सन र प्रचण्ड–नेपाललाई सत्ताबाट हटाए साथ दिन्छु’ भन्ने सन्देश पठाएपछि‍‍‍...

ओलीले देउवालाई ‘एमसीसी पास, अर्ली इलेक्सन र प्रचण्ड–नेपाललाई सत्ताबाट हटाए साथ दिन्छु’ भन्ने सन्देश पठाएपछि‍‍‍...

काठमाडौं । मंगलबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली र सरकारका प्रवक्ता कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीबीच भेटवार्ता भयो । अध्यक्ष ओलीको निवास बालकोटमा भएको यी दुई नेताबीचको भेट काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछिको संभवत तेश्रो भेट हो ।

भेटपछि अध्यक्ष ओलीको सचिवालयले दल विभाजन सम्बन्धी अध्यादेशबारे सरकारको ध्यानआकर्षण गराएको बताएको छ । ‘सरकारले पार्टी फुटाउने प्रयोजनका लागि जारी गरेको अध्यादेश असोज ११ गते फिर्ता गरेको सूचना जारी गरायो। जुन बिल्कुलै असंवैधानिक, षडयन्त्रपूर्ण र बदनियतपूर्ण रहेको पुष्टि भएको छ,’ ओलीले मन्त्री कार्की मार्फत देउवालाई सन्देश पठाएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो राजनीतिक करिअरको पाँचौ प्रधानमन्त्री ‘किस्तीमा’ पाएको भन्दा फरक पर्दैन । उनी सरकारको नेतृत्व गरेर फेरि प्रधानमन्त्री बन्ने पक्षमै थिएनन् । उनकै दलका कतिपय नेताहरुले पार्टीभित्र ‘एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढाल्न लागौं, माओवादीसहितको नयाँ सरकार बनाऔं’ भन्ने प्रस्ताव गर्दा नेता मिनेन्द्र रिजालाई ‘ल तपाईंनै लाग्नुस् प्रधानमन्त्री बन्दिन तयार छुँ’ भनेका थिए । अन्तत: राजनीति ओली सत्ताबाट बाहिरिने र गठवन्धनका तर्फबाट देउवा प्रधानमन्त्री बन्ने अवस्थामा पुग्यो ।

यो पछिल्लो राजनीतिक घटनाक्रमले प्रचण्ड–ओली, माधव नेपाल–ओलीको सम्बन्ध निक्कै चिसिएको छ । तर पनि प्रधानमन्त्री देउवा र ओलीको सम्बन्धमा खासै दरार आएको छैन । अझ देउवाले त ओलीसँगको सम्बन्ध सुधार गर्नका लागि पटक-पटक कानुनमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीलाई दूतका रूपमा ओली निवास बालकोट पठाउने गरेका छन् । आज म‌गलबार पनि कार्की बालकोट पुगेका थिए ।

कार्कीको बाक्लो बालकोट आवतजावतलाई लिएर सत्ता गठवन्ध भित्रसमेत अनौपचारिक रुपमा प्रश्न र प्रशंगहरु उठ्ने गरेको एक नेता बताउँछन् । तर त्यसलाई देउवाले संसदमा जारी एमालेको अवरोध र त्यसलाई फुकाउन सरकारले गरेको पहलको रुपमा अथ्र्याउने गरेका छन् ।

कांग्रेसभित्रको रामचन्द्र पौडेल पक्षका केही विश्वस्त स्रोतहरुले मन्त्री कार्कीको बालकोट आवतजावत त्यतीमा मात्रै सीमित नरहेको बताएका छन् । अहिलेको धमिलिएको राजनीति संग्ल्याउन राजनीतिक कोर्स करेक्सन गर्नुपर्ने ओलीको प्रस्ताव छ । र उनले आफ्नो प्रस्ताव नेता कार्कीमार्फत प्रधानमन्त्री देउवालाई पनि पठाइसकेका छन् ।

अमेरिकी सहयोग परियोजना एमसीसीलाई नेपालबाट पारित गराउने पक्षका कट्टर समर्थक हुन् प्रधानमन्त्री देउवा । बाहिर बाहिर कार्यकर्तालाई विरोधमा सडकमा उतारेपनि एमाले अध्यक्ष ओली पनि एमसीसीको बलियो समर्थक हुन् । एमसीसीकै कारण समेतले तत्कालिन नेकपा विभाजन भएको कतिपयले विश्लेषेण समेत गर्ने गरेका छन् । त्यसैले पनि यो मुद्दालाई संसदबाट पारित गराउन ओली र देउवाको स्वर एक्कै हुने गर्दछ । नेपाली राजनीतिमा सर्वाधिक विवादित विकास परियोजना पारित गराउने पक्षमा यी दुई नेताहरु एक हुनसक्ने कुरा टाढा नरेको कतिपयको विश्लेषण छ ।

देउवा ओलीलाई नजिक्याउने अर्को रसायन भनेको अर्लि ईलेक्सन अथवा संसदलाई पाँच वर्षे कार्यकाल पूरा गर्न नदिई संसदीय चुनाव छिट्टै गर्ने । तत्कालिन प्रधानमन्त्री ओलीले पहिलो पटक संसद विघटन गरेर चुनावको घोषणा गर्दा देउवाले समर्थन नै गरेका थिए । कम्युनिष्ट पार्टी फुटेको मौकामा अर्लि ईलेक्सनमा जाँदा काँग्रेसलाई स्वभाविक फाईदा हुने र सजिलै पहिलो दल बन्ने लक्ष देउवाको थियो । तर परिश्थितिले ओली र देउवा दुवैको त्यो चाहना पूरा गरिदिएन ।

त्यसैले सत्ता गठवन्धनमा आन्तरिक बेमेल भएमा वा एमाले अध्यक्ष ओलीको चलखेलले गठवन्धन टुक्रिएमा यी दुई नेताको पुरानो सपना पूरा हुने दिन आउन सक्छ । तर यो त्यति सजिलो भने छैन । सर्वोच्च अदालतले दोश्रो पटक प्रतिनिधिसभा पुनर्स्थापना गर्दा संसदले ५ वर्षे कार्यकाल पूरा गर्नुपर्ने संविधानको स्पिरिट रहेको कुरा सम्झाएको छ । जसलाई उल्लघन गर्न सरकारलाई सहज भने हुनेछैन ।

ओलीले देउवालाई पठाएको अर्को सन्देश हो माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव लगाएको पार्टीलाई सरकारबाट हटाउने, गठवन्धन टुटाउने । त्यसपछि सरकारलाई एमालेले निशर्त समर्थन दिने । ओलीले यस्तो अवस्थामा आफ्नो दलका तर्फबाट सरमारमा मन्त्री समेत नपठाउने तर देउवाले उपरोक्त तीन काम गर्नेपर्ने शर्त राखेका छन् ।

जसले देउवालाई ‘किस्तीमा राखेर’ प्रधानमन्त्री पद दियो उनीहरुलाई सडकमा पुर्‍याएर ओलीलाई साथ दिने प्रस्ताव कांग्रेसबाट पारित गराउनु देउवाका लागि फलामको चिउरा चपाए सरह हुनेछ । राजनीतिमा उनले सत्ता गठवन्धनलाई धोका दिने र तुरुन्तै चुनावमा जाने अवस्थाले काँग्रेसलाई सजिलो नहुने भएकाले पनि ओलीले पठाएको सन्देश देउवाले कार्यान्व्यन गर्ने संभावना न्यून रहेको राजनीतिक पण्डितहरुको ठहर छ ।

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्य आजदेखि अल्पमतमा, बिश्वासको मत नपाउने

प्रधानमन्त्री देउवा बाढीपहिरो निरीक्षण गर्न दुई दिनका लागि सुदुरपश्चिममा

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय