वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

उत्पादनसँग जोडिएको संगठन नभइ समाजवादमा जान सकिदैन - अर्थमन्त्री शर्मा (भिडियाे)

उत्पादनसँग जोडिएको संगठन नभइ समाजवादमा जान सकिदैन - अर्थमन्त्री शर्मा (भिडियाे)

काठमाडाैँ । अर्थमन्त्री जनार्दन शर्माले वर्तमान सरकार मुलुक र जनताप्रति पूर्णरुपमा उत्तरदायी भएर काम गर्ने बताउका छन् । नेकपा माओवादी केन्द्र रुकुम(पश्चिम)–काठमाडौं सम्पर्क समन्वय समितिको भेलालाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै शर्माले आफु अर्थमन्त्री भएर आएपछि बजेटको प्रतिस्थापन बिधेयकमार्फत धेरै जनताकेन्द्रीत कार्यक्रम ल्याएको समेत बताए ।

अर्थमन्त्री शर्माले वर्तमान सरकारले गरिबीको अन्त्य, आत्मनिर्भर अर्थतन्त्रको निर्माण, व्यापार घाटा न्यूनिकरणलगायतको दिशामा सरकारले प्रतिस्थापन बजेटमार्फत काम सुरु गरिसकेको बताएका छन् । उनले सरकारले पहिलो पटक गरिब र विपन्नहरुलाई आर्थिक राहत दिने कार्यक्रम ल्याएको र दीर्घ रोगीहरुलाई मासिक उपचार खर्च दिने पनि व्यवस्था पहिलो पटक गरिएको दावी गरे ।

मलुकमा देखिएका समस्या समाधानका लागि समय तोकेर नै कार्ययोजना मार्फत काम गर्न लागिएको उनको भनाई छ । माओवादी स्थायी समिति सदस्य समेत रहेका शर्माले उत्पादनसँग जोडिएको संगठन नभइ समाजवादमा जान नसकिने उल्लेख गरे ।

 

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्य आजदेखि अल्पमतमा, बिश्वासको मत नपाउने

प्रधानमन्त्री देउवा बाढीपहिरो निरीक्षण गर्न दुई दिनका लागि सुदुरपश्चिममा

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय