वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

मानव स्पर्श र तापक्रम महसुस गर्ने प्रक्रिया खोज्ने वैज्ञानिकलाई नोबेल पुरस्कार

मानव स्पर्श र तापक्रम महसुस गर्ने प्रक्रिया खोज्ने वैज्ञानिकलाई नोबेल पुरस्कार

एजेन्सी । अमेरिकी डेभिड जुलियस र आर्डेम पाटापौटियनले शरिरले मानव स्पर्श र तापक्रम महसुस गर्ने प्रक्रियामा गरेको कार्यका लागि सन् २०२१ को लागि नोबेल पुरस्कार जितेका हुन्।

उनीहरूले हाम्रो शरीरले कसरी शारीरिक स्पर्शलाई स्नायु प्रणालीमा विद्युतीय सन्देशका रूपमा परिवर्तन गर्छ भन्ने बारे अध्ययन गरेका हुन्।

यो खोज दुखाइ निदान गर्ने उपचारका लागि महत्त्वपूर्ण हुने बताइएको छ।

नोबेल पुरस्कार कमिटीका थोमस पर्लम्यानले ूयो अत्यन्तै महत्त्वपूर्ण र गहिरो खोजू भएको बताएका छन्।

क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक जुलियसले हामीले पिरो खुर्सानी खाँदा किन पोलेको महसुस गर्छौँ भन्ने विषयमा अध्ययन गरेका थिए।

उनले खुर्सानीलाई पिरो बनाउने रसायनको अध्ययन गरेका थिए।

उनले हाम्रो शरीरका कोषका एक विशेष प्रकारको अंशले त्यो रसायनसँग प्रतिक्रिया गर्दा हामीलाई पोल्ने कुरा पत्ता लगाए।

थप परीक्षणमा त्यही अंशले तापक्रमसँग प्रतिक्रिया जनाउने र पोल्ने तापक्रम हुँदा सक्रिय बन्ने उनले पत्ता लगाए। हामीले तातो चियामा हात हाल्दा यही अंश सक्रिय हुन्छ र हामीलाई पोलेको अनुभव हुन्छ।

यो खोजपछि तापक्रमसँग प्रतिक्रिया गर्ने अन्य कोषका अंशहरूको खोजी भयो। जुलियस र प्राध्यापक पाटापौटियनले चिसो हुँदा सक्रिय हुने अंश पनि पत्ता लगाए।
त्यस्तै पाटापौटियनले अर्को अध्ययन पनि गरिरहेका थिए।

उनको अध्ययनले फरक खालका तर कुनै भौतिक दबाव वा स्पर्शले सक्रिय हुने कोषको अंश पत्ता लगाए।

पुरस्कार कमिटीले उनीहरूको कार्यले ूहामीलाई हाम्रो स्नायु प्रणालीले कसरी तातो, चिसो वा भौतिक दबाव बुझ्न र त्यसका आधारमा वातावरणमा मिल्न सघाउँछू भन्ने देखाएको बताएको छ।

यो ज्ञानले दुखाइ कम गर्ने उपचारमा सहयोग पुग्ने विश्वास कमिटीको छ।

पुरस्कृत जोडीले एक करोड स्वीडीश क्रोनर वा आठ लाख ४५ हजार पाउन्ड रकम प्राप्त गर्नेछन्। बीबीसीबाट

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्य आजदेखि अल्पमतमा, बिश्वासको मत नपाउने

प्रधानमन्त्री देउवा बाढीपहिरो निरीक्षण गर्न दुई दिनका लागि सुदुरपश्चिममा

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय