वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

कोरोनाबारे ज्यादा भ्रम र थोरै यथार्थ

कोरोनाबारे ज्यादा भ्रम र थोरै यथार्थ

कोरोना भाइरस अर्थात् कोभिड–१९ को महामारीले संसार अक्रान्त छ । सन् २०१९ को डिसेम्बर महिनाको अन्ततिरबाट देखिएको यो भाइरस अर्थात कोरोनाको जिवाणुले संसारभरि २३ करोड ५४ लाखभन्दा बढी मानिसहरू संक्रमित भैसकेका छन् । ४८ लाख भन्दा बढी मानिसहरूको यो रोगको कारणले मृत्यु भैसकेको छ । २१ औं शताब्दीकै सबैभन्दा ठूलो र खतरनाक यो महामारीलाई अहिले केही शक्ति राष्ट्रहरूको भूरणनीतिक हतियार बनाउन खोजेको आभास भैरहेको छ ।

खासगरि, विश्व महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिकाले कोरोना भाइरसको उत्पत्तिबारे दिएका केही अभिव्यक्ति र क्रियाकलापहरूबाट यो कुरा स्पष्ट भएको छ । निवर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त कोरोना भाइरसलाई चिनियाँ भाइरस समेत भनेका थिए ।

आधिकारीक रूपमा कोरोना भाइरस चीनमा पहिलो पटक पत्ता लागेको कुरा सत्य हो । चीनले इमान्दारीपूर्वक कोरोना भाइरस सम्बन्धी विवरण आधिकारिक रूपमा बाहिर ल्याएको हो । यसैको आधारमा कोरोना भाइरसको उत्पत्तिबारे चीनमाथि दोष थुपार्नु सर्वथा गलत र अन्यायपूर्ण हुन्छ ।

चीनले कोरोना भाइरस सम्बन्धी विवरण इमान्दारीपूर्वक सार्वजनिक गर्यो । यो महामारी नियन्त्रणका लागि प्रभावकारी कदम अवलम्बन गर्यो र आफ्नो देशभित्र यो महामारी नियन्त्रण गर्न सफल पनि भयो । कोरोना महामारीको नियन्त्रण गर्न प्रभावकारी रूपमा सफल भएकोमा विश्व स्वास्थ्य संघ लगायतका विभिन्न अन्तर्राष्ट्रिय संघ संस्था तथा कैयौं देशले चीनको मुक्तकण्ठले प्रशंसा गरेका छन् र महामारी नियन्त्रणमा चीनबाट सिक्नुपर्ने कुरा समेत व्यक्त गरेका छन् ।

तर यसको ठिक विपरित संयुक्त राज्य अमेरिका लगायत केही पश्चिमी राष्ट्रहरू कोरोना भाइरसको महामारीलाई राजनीतिकरण गर्न र चीनलाई दोषी देखाउन प्रयत्नरत छन् । रोग र महामारीले कुनै भूगोल भन्दैन, कुनै जाति र देश भन्दैन । यसले सम्पूर्ण मानव समुदायलाई आक्रमण गर्दछ । कोरोना भाइरस विश्वकै समस्या बनेको छ र यसको निराकरण र रोकथामको लागि कुनै एक देशको एकल प्रयासले मात्र संभव छैन र हुँदैन ।

यसका लागि सबै देशको सामुहिक प्रयास, सहयोग र साझेदारीको जरूरत पर्दछ । त्यसैले कोरोना महामारी रोकथाम, नियन्त्रण उन्मुलनका लागि सम्पूर्ण मानवसमुदाय एक हुनु पर्ने बेलामा शक्ति राष्ट्रहरू एक आपसमा दोषारोपण र आरोप प्रत्यारोपमा उत्रनु मानव समुदायकै लागि दुर्भाग्यको विषय हो ।

कति वेज्ञानिकले धम्कीको सामना गर्नु पर्यो भने केही वैज्ञानिकहरू अनुसन्धान कार्यबाट बाहिरिन पर्यो । यसरी कोरोनाको उत्पत्ति चीनमा भएको प्रमाणित गर्ने अमेरिकी रणनीति असफल र गलत सावित भएको छ । उल्टो यो विषयले अमेरिकाको असली नियत उदाङ्ग भएको छ ।

कोरोना अर्थात् कोभिड–१९ भाइरसको उत्पत्तिको विषयमा पनि विवाद र दोषारोपणको खेल स्वयं शक्ति राष्ट्र संयुक्त राज्य अमेरिकाबाट नै भएको छ । अमेरिकाले कोरोना उत्पत्ति चीनबाट भएको र चीनले यो रोगको बारेमा तथ्य लुकाएको आरोप लगाएको छ । यो आफैमा असत्य हो । चीनको उहानमा यो रोग देखिएको बारे स्वंय चीनले जानकारी गराएपछि मात्र विश्व समुदाय यसबारे जानकार भएको हो ।

विभिन्न अध्ययन र अनुसन्धानबाट प्राप्त विवरण अनुसार कोरोना भाइरसको उत्पत्ति चीन नभै स्वयं पश्चिमी देशहरू हुन् । एउटा अध्ययनले जनाए अनुसार चीनको बुहानमा यो रोग देखिनु भन्दा महिनौ अगाडि फ्रान्सको पेरिस शहरमा केही अस्पतालमा कोरोना भाइरससँग ठ्याक्क मिल्ने लक्षणका थुप्रै विरामी उपचारका लागि आएका थिए । त्यस्तै फ्रान्सकै वैज्ञानिकहरूको अनुसन्धानले पेरिसको ढलमा २०१९ को अगष्ट–सेप्टेम्बर तिर नै कोरोना भाइरसका जिवाणुको उपस्थिति भएका जनाएका छन् ।

यसबाट के प्रस्ट हुन्छ भने चीनको उहानमा कोरोना भाइरस देखिनु भन्दा दुई महिना पहिलानै कोरोना भाइरसका जिवाणु फ्रान्समा उत्पत्ति भैसकेका थिए र केही मानिस कोरोनाबाट संक्रमित भैसकेका थिए ।

स्वयं केही अमेरिकी स्वास्थ्य वैज्ञानिकले पनि अमेरिकामा कोरोना भाइरस चीनबाट आएको नभै पश्चिमी युरोपका केही देशबाट फैलिएको कुरा बताएका छन् । पेरिसबाट गएका यात्रुबाट न्यूयोर्कमा पहिलो पटक कोरोना प्रवेश गरेको बताएका छन् । त्यस्तै क्यानाडामा पनि पश्चिमी युरोपबाट गएका पर्यटकको माध्यमबाट कोरोनाको जिवाणु प्रवेश गरेको चर्चा छ । फ्रान्सका अवाला संयुक्त अधिराज्य, इटली, पोर्चुगल, स्पेन आदि देशहरूबाट गएका यात्रुबाट अमेरिकाका विभिन्न शहरमा कोरोना फैलिएको भन्ने विश्वास गरिएको छ । यी तथ्यबाट के पुष्टि हुन्छ भने चीनमा भन्दा पहिले युरोपमा कोरोना थियो र कोरोनाको उत्पत्ति युरोप–अमेरिकाबाट भएको हुन सक्ने बलियो संभावना छ । एशिया र अफ्रिकी मुलुकमा पनि स्वयं युरोप र अमेरिकाबाट फैलिएको भन्ने धेरैको अनुमान छ ।

अमेरिकाले चीन विरूद्ध अझै तल्लो स्तरको आरोपमा उत्रिएर कोरोना भाइरस प्रयोगशालामा तयार गरिएको जैविक हतियार हो समेत भनेको छ । वास्तवमा यो आरोप मिथ्या सावित तब भयो जब स्वयं अमेरिकी वैज्ञानिकहरूले यसलाई खण्डन गरे । अमेरिकी सरकारले चीनलाई कोरोनाको उत्पत्ति स्थलको रूपमा प्रमाणित गर्ने हरेक उपाय असफल भएका छन् । अमेरिकी सरकारले आफ्नो गुप्तचर संस्थाहरूलाई कोरोना भाइरस उत्पत्तिबारे छानबिन गर्न आदेश समेत दिएको थियो । तर अमेरिकी गुप्तचर संस्थाहरूबीच नै यो विषयमा मत भिन्नता भयो र दुई गुप्तचर संस्थाहरूले यो विषयमा फरक फरक प्रतिवेदन बुझाए ।

यी प्रतिवेदनमा ठोस कुरो केही आएन । साथै कोरोना उत्पत्तिबारे अनुसन्धान गरिरहेका वैज्ञानिकहरू माथि पनि कोरोनाको उत्पत्ति चीनबाट भएको हो भन्ने प्रमाणित गर्न दवाब दिइयो । कति वेज्ञानिकले धम्कीको सामना गर्नु पर्यो भने केही वैज्ञानिकहरू अनुसन्धान कार्यबाट बाहिरिन पर्यो । यसरी कोरोनाको उत्पत्ति चीनमा भएको प्रमाणित गर्ने अमेरिकी रणनीति असफल र गलत सावित भएको छ । उल्टो यो विषयले अमेरिकाको असली नियत उदाङ्ग भएको छ ।

महामारी प्राकृतिक कारणबाट हुन्छ । विगतमा पनि यस्ता थुप्रै महामारी संसारले भोग्नु परेको थियो । जिवाणु प्रकृतिमा उत्पत्ति हुने चिज हो । त्यसैले कोरोना भाइरसको उत्पत्ति पनि प्राकृतिक कारणले नै भएको कुरामा संसार भरका आम वैज्ञानिक सहमत छन् । तर अमेरिका कोरोना भाइरसलाई चीन विरूद्ध भूरणनीतिक हतियारको रूपमा प्रयोग गर्न खोजिरहेको छ ।

वास्तवमा संसार कोरोना महामारीबाट आक्रान्त भएको बेलामा यसको रोकथाम गर्न र मानवजीवनको रक्षा गर्न विश्व समुदाय एक हुनुपर्ने बेलामा अमेरिका जस्तो महाशक्ति राष्ट्रबाट एउटा कुनै देशमाथि दोष थुपार्न खोज्ने कार्य निन्दनीय छ । एक अर्का माथि दोषारपण गर्न भन्दा कोरोनाको उत्पत्ति र यसको निराकरण कार्यमा संयुक्त, समन्वयात्मक र सहयोगात्मक रूपमा लाग्नु आजको आवश्यककता हो । यस्तो मानव सरोकार र मानवजीवनसँग सम्बन्धित विषयलाई राजनीतिकरण र भू–राजनीतिको हतियार हैन बरू समस्याको समानका लागि सहकार्य गर्नु पर्दछ । आग्रह–पूर्वाग्रह र आदेशमा नभै विज्ञानमा आधारित समाधान खोज्नुपर्छ । यसैमा सम्पूर्ण मानव समुदायको हित छ ।

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय

६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि

विपद् व्यवस्थापनमा बजेटको अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन