वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

माओवादी भित्र 'टिके प्रथा': चुनाव जितेर अविर लगाउने कहिले ?

माओवादी भित्र 'टिके प्रथा': चुनाव जितेर अविर लगाउने कहिले ?

प्रमुख तीन राजनीतिक दलहरु सम्मेलन र महाधिवेशनको चटारोमा छन् । कांग्रेसको जिल्ला सम्मेलनहरु भैरहेका छन र मंसिरमा महाधिवेशन निर्वाचन प्रक्रियाद्वारा हुनेछ । प्रमुख प्रतिपक्षी दल एमालेले प्रथम विधान महाधिवेशन सम्पन्न गरेर महाधिवेशनको तयारीमा जुटेको छ । यसपटक बिभाजन ब्येहोरेको एमालेमा केन्द्रिय नेतृत्वलाई चुनौती दिनसक्ने समूह र नेता नभएका कारण केन्द्रिय नेतृत्व बाहेक अरुमा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन हुने देखिन्छ । त्यसैगरी माओवादी केन्द्रको पनि राष्ट्रिय सम्मेलन मंसिरमा हुने भएको छ । जसअन्तर्गत अहिले सदस्यता नविकरण र वितरण जारी रहेको छ ।

कांग्रेसमा देउवा दोहरिने कि नदोहरिने महाधिवेशनले निर्धारण गर्नेछ भने एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड दोहरिनेमा कुनै दुविधा छैन । वर्तमान अवस्थामा एमालेमा ओलीको र माओवादीमा प्रचण्डको विकल्प छैन । त्यसकारण एमाले र माओवादीमा अध्यक्ष बाहेकका पदहरु सहमति वा निर्वाचन प्रक्रियाबाट टुङ्गिनेछन । कांग्रेसमा भने सबै पदहरु विधान वमोजिम निर्वाचित हुनेनैछन । कांग्रेस र एमालेमा स्पष्ट छ कि उनिहरु निर्वाचन प्रक्रिया र प्यानल अनुसार लडेर निर्वाचित भएर नेतृत्व चयन गर्दै आइरहेका छन । त्यसकारण उनिहरुबारे धेरै लेखिरहनु पर्दैन ।

वर्तमान अवस्थामा माओवादी यस्तो अवस्थामा छ कि उसका अगाडि पहिलो दल बन्ने संभावना बाँकी छ तर संगठनका समस्या सहि ढंगले हल गर्न सकेन भने बिसर्जनको खतरा पनि माओवादीका सामु कायमै छ । त्यसकारण माओवादीभित्र अहिले संगठनबारे व्यापक बहस चलेको छ । माओवादीमा अध्यक्ष प्रचण्ड एक सफल नेता भएको कुरामा कुनै शंका छैन । प्रचण्डको नेतृत्वमा जनयुद्ध सफल भयो । संविधान बन्यो । गणतन्त्र, संघियता धर्मनिरपेक्षता र सामाजिक न्याय सुनिश्चितता भयो । यसको नेतृत्वकर्ता र कमान्डर प्रचण्ड हुन भन्नेमा दुइमत छैन । आज पनि माओवादी भनेको प्रचण्ड र प्रचण्ड भनेको माओवादी हो भन्ने कुरा समयले पुष्टि गरिसकेको छ । त्यसकारण यसमा पनि धेरै बहस आवस्यक छैन ।

अबको दश बर्ष प्रचण्डले माओवादीलाई नयाँ ठाउँमा पुर्‍याउन सक्छन । तर त्यसका लागि हिजो जनयुद्ध कालमा झैँ उहाँलाईसाथ दिने र सहयोग गर्ने टिमको खाँचो छ । अर्कोतिर प्रचण्ड हिजोको जस्तो अजस्थामा हुनुहुन्न । हिजो जनयुद्ध सुरुगर्दा वहाँ चालिस वरपरको हुनुहुन्थ्यो अहिले उहाँ सत्तरी आसपासमा हुनुहुन्छ । त्यो बेलाको समाज, वर्ग सम्बन्ध, परिस्थिति फरक थियो । अहिले हामी जनयुद्धको आंशिक सफलता प्राप्त गरेको अवस्थामा छौं । अगाडिको बाटो स्पष्ट छैन । संगठन कमजोर छ, कार्यकर्तामा हिजोको जस्तो उर्जा छैन ।

त्यसैले यो सबै कुराको गहन विश्लेषण गरेर कार्यदिशा, कार्यनीति र कार्यक्रम बनाएमा अबको दश बर्षमा अध्यक्षले पक्कै पनि समाजवादी आन्दोलनको नेतृत्व गरेर हाम्रो पुस्तालाई समाजवादमा पुर्‍याउनुहुनेछ भन्नेमा हामि आशावादी छौँ । किनभने प्रचण्ड आन्दोलनको नाम हो । आवेगको नाम हो । गतिको नाम हो । विद्रोह र परिवर्तनको नाम हो । गल्ती स्वीकार्ने, सच्याउने र अगाठि बढ्ने वहाँको विशिष्ट क्षमता छ । त्यसकारण प्रचण्डसंग अहिले पनि जनताको आशा अपेक्षा छ ।

माओवादी आन्दोलनलाई मात्र होइन मुलुकलाई समेत अहिलेको व्यवस्थामा ल्याउने नेताको हैसियतले प्रचण्डले अबको माओवादी पार्टी र आन्दोलनलाई नयाँ ढंगले नयाँ आकारमा लानुपर्ने अवस्था छ । आजको माओवादी त्याग, समर्पण र वलिदानको पक्षमा छैन । पद प्रतिष्ठा र मान सम्मानको भोको छ ।

हिजो जुन माओवादी प्रचण्डले बनाएका थिए आज त्यसको अंशभर छैन । आजको माओवादी कांग्रेस र एमाले भन्दा दुइ कदम स्वार्थी गुटमा बिभाजित अहंकारी र आत्मकेन्द्रीत छ । यसलाई रुपान्तरण गरेर समाजवादी आन्दोलनमा लगाउन प्रचण्डका सामु प्रचण्ड चुनौती भएर उभिएको छ । माओवादीको एक पुस्ता थाकिसकेको छ । त्यसले अगाडि जान न मान्छ न बाटो छोड्छ केवल यहि व्यवस्थामा रमाउन चाहन्छ ।

अर्को पुस्ता छ जो प्रचण्डको एक आदेशमा आज पनि मृत्यु र मुक्तिका खातिर होमिन सक्छ । तर के प्रचण्डले त्यो पुस्तालाई बिश्वासमा लिएर समाजवादी आन्दोलनको नेतृत्व गर्न तयार होलान ? यो एउटा यक्ष प्रश्न छ । यदि वास्तवमा प्रचण्ड क्रमभंग गरेर महाविपत्तिको सामना गरेर अगाडि बढ्न तयार हुन भने पार्टी भित्र शुद्धीकरण गर्न जरुरी छ ।

अहिले एउटा समस्या देखिरहेकोे छ । अध्यक्ष अलि भावनात्मक भनौ वा तरंगित भएर जुन अभिव्यक्ति दिइरहेका छन । यो अवस्था हेर्ने हो भने अध्यक्ष आफु बलियो हुन लाग्ने कि पार्टी बलियो बनाउन लाग्ने भन्ने प्रश्न खडा हुन्छ । त्यसकारण अध्यक्ष प्रचण्डलाई अनावश्यक घेराबन्दी गरेर मानमर्दन गरेर पार्टी बलियो हुँदैन । मुल नेतृत्वलाई सहयोग गरेर मात्र पार्टी बलियो हुनसक्छ भन्ने सबैले मनन गरौं ।

यदि प्रचण्डलाई असफल पारेर कोहि नेतृत्व हत्याउने कुत्सित प्रयास गर्छ भने त्यसले माओवादी आन्दोलनलाई बिघटनको दिशामा पु¥याउनेछ । त्यसकारण एकपटक अध्यक्षलाई निस्वार्थ साथ दिन पार्टीको दोस्रो पुस्ता तयार हुनुपर्छ । यदि दोस्रो पुस्ता तयार हुदैन भने तेस्रो पुस्ताले दोस्रो पुस्तालाई नियन्त्रण गर्ने साहस गर्नुपर्छ । तब मात्र माओवादी पार्टी अध्यक्षमा केन्द्रित भएर अगाडि बढ्न सक्छ ।

माओवादीको अर्को समस्या भनेको एकथरी माओवादी नेताहरु थाकिसकेका छन । अब उनिहरुलाई न क्रान्तीप्रति विस्वास छ न कार्यकर्तामाथी बिस्वास छ । उनीहरु यहि व्यवस्थामा लाभका पद लिने र बिश्राम गर्ने अवस्थामा छन । त्यस्तै नेताहरुका कारण माओवादी आन्दोलन कमजोर बन्दै गैरहेको छ । उनिहरु न नयाँ प्रयोग गर्न चाहन्छन नत नयाँ नेतृत्व नै चाहन्छन । अध्यक्ष माथी प्रश्न उठाउँदै गर्दा त्यहि पुस्ता हो जो आफुले पनि तिन दशक देखि आ–आफ्नो स्तरको जिम्मेवारीमा जुका झैँ टांसिरहेका छन ।

हामीले भन्दै गरेको प्रत्यक्ष निर्वाचित राष्ट्रपति भनेझैं पार्टीमा पनि प्रत्यक्ष निर्वाचित गर्ने व्यवस्था गरौं । जसमा केहि प्रतिनिधिले होइन सम्पूर्ण संगठित सदस्यहरुले मतदान गरेर तत् -तत् तहगत हिसाबले आफ्नो मत दिन सकुन ।

पटक–पटक लाभका पद लिइरहेका छन । तर प्रश्न केवल नेतृत्व माथि उठाउँछन । यो प्रवृतिको अन्त्य अपरिहार्य छ । त्यसकारण अब नेतृत्वले पार्टी कमिटीलाई पुर्ण निर्वाचित गर्ने गरि लानुको बिकल्प छैन । अहिले त्यहि पुस्ता हो जो आफ्नै नेता कार्यकर्ताको बिस्वास गर्न नसकेर अनेकन तर्क दिएर आफ्नो सत्ता टिकाउन चाहन्छ । किनभने पार्टीमा प्रचण्डबाहेक अरु कोहि सुरक्षीत छैनन र कार्यकर्ताले प्रचण्ड बाहेक अरु जो कोहिलाई पनि हराउन सक्छन । यो तथ्य बुझेर नै नेतृत्वलाई सहमति नै एकमात्र विकल्प भन्दै हिडेको त होइन भन्ने प्रश्न उठ्नु स्वभाविकै हो ।

त्यसैले हामीले कांग्रेस एमालेको जस्तो होइन, हामीले भन्दै गरेको प्रत्यक्ष निर्वाचित राष्ट्रपति भनेझैं पार्टीमा पनि प्रत्यक्ष निर्वाचित गर्ने व्यवस्था गरौं । जसमा केहि प्रतिनिधिले होइन सम्पूर्ण संगठित सदस्यहरुले मतदान गरेर तत् तत् तहगत हिसाबले आफ्नो मत दिन सकुन ।

सहमतिका नाममा भैरहेको अराजकताले पार्टी बन्दैन बिधान भन्दा ठुलो सहमति र संझौता हुँदा संगठन र कमिटीहरु पिरामिड शैलीका हुनुपर्नेमा छाता शैलीका भैरहेका छन । छाता आकारका कमिटी र संगठनले पार्टी बन्दैन ।

निर्वाचनको कुरा गर्दा एकथरी नेताहरुले निर्वाचनमा धांधली र खरिद पोख्त हुने कुरा गर्छन । त्यसकारण प्रत्यक्ष निर्वाचित प्रक्रिया अपनाउँदा त्यो खतरा कम हुन्छ । सम्पूर्ण संगठित सदस्यहरु लाखौंको संख्यामा हुने हुँदा त्यहाँ धांधली र खरिदपोख्त हुने संभावना कम हुन्छ ।

त्यसकारण यो विकल्प अरुभन्दा उत्तम हुनसक्छ । जहाँसम्म निर्वाचन गर्दा गुटहरु बिस्तार हुने चिन्ता र चासो छ के अहिले सहमति वा संझौता गर्दा गुटहरुको अन्त्य भैरहेको छ र ? यो प्रक्रिया र व्यवस्थामा गुटहरु हुनु स्वभाविक हो । गुट बिहिन हुन साम्यवादमा पुग्नुपर्छ तर हामि पुँजीवादमा छौ भन्ने भुल्नु हुँदैन । यहाँ सहमति संझौता वा निर्वाचन जे गरे पनि हुने समुहगत भागबन्डा कै आधारमा हो ।

सहमतिका नाममा भैरहेको अराजकताले पार्टी बन्दैन बिधान भन्दा ठुलो सहमति र संझौता हुँदा संगठन र कमिटीहरु पिरामिड शैलीका हुनुपर्नेमा छाता शैलीका भैरहेका छन । छाता आकारका कमिटी र संगठनले पार्टी बन्दैन ।

पार्टीमा निर्वाचन गरेमा चुनाव हारिने वा पार्टीमा पकड कम हुने डर देखिन्छ केहि नेताहरुमा यो स्वभाविक हो । अहिलेको गणेशपन्थि प्रणालीमा कोहि पनि कार्यकर्ताप्रति उत्तरदायी छैनन सबै नेतामुखि छन । त्यसकारण माओवादीलाई जनताको पार्टी बनाउने हो भने नेता कार्यकर्ता तर्फ, कार्यकर्ता जनतातर्फ फर्कने प्रणाली अवलम्बन गर्नुको विकल्प छैन ।

अन्त्यमा….

वाइसीएलको राष्ट्रिय भेला र विद्यार्थीको राष्ट्रिय सम्मेलनले हामीले अवलम्बन गर्दै आइरहेको कमिटी चयन प्रक्रिया पुर्णतः असफल भएको छ । त्यसकारण अब यस्तो हुन नदिउँ । सम्मेलन भेला र महाधिवेशनबाट घर फर्किदा प्रतिनिधिहरुमा उत्साह जोस जाँगर र संगठन प्रति प्रतिबद्ध भएर लाग्ने अठोट गरेर जाने हुनुपर्छ । न कि सहभागी भएर पछुतो मानेर फर्किनु पर्ने अवस्थाका नेता कार्यकर्ताले कसरि संगठन बिस्तार गर्छन । यो बिषयमा नेतृत्व गम्भीर हुने कि नहुने ?

अहिले हामी हिन्दु ग्रन्थका अनुसार राहु र केतु जस्तो कमिटी बनाइरहेका छौं । जस्तै वाइसीएलको भेलाबाट केतु जस्तो बन्यो “टाउको बिनाको शरीर“ अर्थात् नेतृत्व बिनाको कमिटी बन्यो । विद्यार्थी सम्मेलनबाट राहु जस्तो बन्यो “शरीर बिनाको टाउको मात्र“ अर्थात् नेतृत्व बाहेक अरु कमिटी नै बन्न सकेन । तसर्थ राहु र केतु प्रवृतिले पार्टी संगठन बन्न सक्दैन । त्यसकारण नेतृत्वले समयमै ध्यान दिएर फेरि माओवादी आन्दोलन उठाउन नयाँ जोखिम मोल्नुको विकल्प छैन ।

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय

६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि

विपद् व्यवस्थापनमा बजेटको अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन