वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

इन्डोनेशियामा प्लास्टिकले बनेको म्युजियम सार्वजनिक

इन्डोनेशियामा प्लास्टिकले बनेको म्युजियम सार्वजनिक

एजेन्सी । इन्डोनेशियाका वातावरण संरक्षणवादीहरुले प्लास्टिकले बनेको म्युजियम सार्वजनिक गरेका छन् । यसले मानिसहरुलाई एकपटक मात्र प्रयोग गर्न सकिने, ‘सिंगल युज प्लास्टिक’ का झोला या बोतलहरुबारे पुनः विचार गरि आफ्नो बानी सुधार्न प्रोत्साहन गर्ने उनीहरुको लक्ष्य रहेको छ ।

पूर्वजाभाको ग्रेसिक शहरमा गरिएको यो ‘आउट–डोर’ प्रदर्शनी निर्माण गर्नै तीन महिना लागेको थियो । यसमा १० हजार भन्दा बढी प्लास्टिकजन्य फोहोरको प्रयोग गरिएको छ ।

प्लास्टिकका बोतलदेखि झोला, स्ट्र, प्याकेटका खोल लगायत खोला र समुद्र किनारबाट संकलिन सबै किसिमका प्लास्टिकजन्य फोहोरले यो म्युजियम बनाइएको हो ।

म्युजियमको केन्द्रमा जाभाका मानिसहरुले पूजा गर्ने समृद्धिकी देवी ‘देवी श्री’ को मूर्ति पनि रहेको छ । यसमा उनको लामो फरिया बनाउन घरेलु फोहोर जस्तै एकपटक मात्र प्रयोग हुने प्लास्टिकका खोलको प्रयोग गरिएको छ ।

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्य आजदेखि अल्पमतमा, बिश्वासको मत नपाउने

प्रधानमन्त्री देउवा बाढीपहिरो निरीक्षण गर्न दुई दिनका लागि सुदुरपश्चिममा

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय