वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

प्रधानन्यायाधीश जबराले ‘बार्गेनिङ’ गरेर जेठानलाई बनाए म्यादी मन्त्री

प्रधानन्यायाधीश जबराले ‘बार्गेनिङ’ गरेर जेठानलाई बनाए म्यादी मन्त्री

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पदीय ‘बार्गेनिङ’ गरेर आफ्ना जेठानलाई म्यादी मन्त्री बनाएका छन् । उनले आफ्ना जेठी श्रीमतिका दाई (जेठान) गजेन्द्र हमाललाई बार्गेनिङ गरेर मन्त्री बनाएका हुन् । संसद् पुनस्र्थापना गरेर प्रधानमन्त्री बनाए आफूलाई पनि मन्त्रिपरिषद्मा कोटा चाहिने भन्दै बार्गेनिङ गर्दै आएका थिए ।

जबराको बार्गेनिङका पछाडि झुकेका प्रधानमन्त्री शेरबहादुर देउवाले हमाललाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाएका हुन् ।

जबराले आफ्नो कोटामा मन्त्री हुनुपर्ने भन्दै हामलसहितको नाम जोडिएर विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि बार र बेन्चबीच चर्काचर्की नै परेको थियो । जबराले सो समाचारको खण्डन गर्ने भन्दै सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालको हस्ताक्षरमा विज्ञप्ती जारी गराएका थिए ।

जबराका जेठन म्यादी मन्त्री

प्रधानन्यायाधीश जबका जेठान भने म्यादी मन्त्री हुनेछन् । उनका जेठान हमाल सांसद् नभएकाले ६ महिनाका लागि मात्रै मन्त्री हुनेछन् । उनी कांग्रेसको बाँके जिल्लाका नेता हुन् ।

प्रधानमन्त्री देउवा बाढीपहिरो निरिक्षण गर्न दुई दिनका लागि सुदुरपश्चिममा

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय

६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि