वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

साफ फुटबल: भारत विरुद्ध भिड्दै नेपाल, कतिबजे, कसरी हेर्ने ?

साफ फुटबल: भारत विरुद्ध भिड्दै नेपाल, कतिबजे, कसरी हेर्ने ?

काठमाडौं । नेपालले जारी साफ च्याम्पियन्सिपमा नेपालको अवस्था अहिले सम्म सुखद छ । नेपालले अहिले सम्मका २ खेलमा दुवैमा प्रभावशाली जित निकालेको छ । आज नेपाल तेश्रो खेल तुलनात्मक रुपमा बलियो प्रतिस्पर्धी भारत विरुद्ध खेल्दैछ ।

शुक्रबार आयोजक माल्दिभ्सलाई उसैको मैदानमा १- ० गोल अन्तरले र श्रीलंकालाई ३ -२ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार दुई खेल जितेर नेपाल तालिकाको शीर्ष स्थानम ारहन सफल भएको थियो ।

नेपालले आज भारत विरुद्धको खेल नेपाली समय अनुसार राति ९: ४५ मा खेल्दै छ । खेलको एक्शन स्पोर्ट्सले प्रत्यक्ष प्रशारण गर्दै छ ।

अहिलेसम्म नेपाल २ खेलमा ६ अंकसहित शिर्ष स्थानामा रहेको छ भने बंगलादेशको ३ खेलमा ४ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै माल्दिभ्सको २ खेलमा ३ अंक छ र तेस्रो स्थानमा छ भने भारतको २ खेलमा २ अंक रहेको छ ।

त्यस्तै श्रीलंकाको ३ खेलमा एक अंक रहेको छ ।

प्रतियोगितामा २ खेल जितिसकेको नेपाल र २ खेलमा बराबरी खेलेर दबाबमा रहेको भारत आइतबार आमनेसामने हुँदैछन् ।

नेपालले फिफा वरियतामा १०७औ स्थानमा रहेको भारतसँग हालै दशरथ रंगशालामा २ मैत्रीपूर्ण खेल खेलेको थियो । भदौं १७ गतेको पहिलो मैत्रीपूर्ण खेलमा १–१ को बराबरी भएको थियो भने दोस्रो खेलमा भारत २–१ विजयी भएको थियो ।

नेपाल र भारतबीच अहिलेसम्म २१ खेल भएका छन् । जसमा भारतले १४ खेल जितेको छ भने नेपालले २ खेल जितेको छ । त्यस्तै ५ खेल बराबरीमा सकिएका छन् ।

भारतसँग डराएर खेल्दैनौं- प्रशिक्षक अलमुताइरी

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्ला अलमुताइरीले भने भारतले जित्ने सम्भावना ९५ प्रतिशत रहेको बताएका छन् । खेलको अघिल्लो दिन भएको पत्रकार सम्मेलनमा प्रशिक्षक अलमुताइरीले भारत दक्षिण एसियाको उत्कृष्ट टिम भएको भन्दै आइतबारको खेल जित्नसक्ने बताएका हुन् ।

उनले भने, ‘भोलीको खेल महत्त्वपूर्ण छ । भारत दक्षिण एसियाको उत्कृष्ट टोली हो , सात पटकको विजेता हो । यू-२३ टोलीले नै उपाधि जितेको इतिहास छ । भोलीको खेल भारतले जित्ने सम्भावना ९५ प्रतिशत छ , बराबरी हुने सम्भावना ४ प्रतिशत छ र नेपालले जित्ने सम्भावना १ प्रतिशत छ ।’

भारत बलियो टोली भएपनि नेपाली टोलीले डराएर भने नखेल्ने उनले बताएका छन् । उनले भने- ‘विश्व वरीयतामा हामी भन्दा भारत निकै माथि छ । तर हामी उनीहरुसँग डराउँदैनौं । सम्मान गर्छौं । हामी जित्नका लागि प्रयास गर्नेछौं ।’

प्रधानमन्त्री देउवा बाढीपहिरो निरिक्षण गर्न दुई दिनका लागि सुदुरपश्चिममा

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय

६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि