वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

पार्टीबाट मन्त्रि बनेकालाई बदनामी हुने र विवादमा पर्ने कुनै पनि काम नगर्न नेपालको निर्देशन (भिडियाे)

पार्टीबाट मन्त्रि बनेकालाई बदनामी हुने र विवादमा पर्ने कुनै पनि काम नगर्न नेपालको निर्देशन (भिडियाे)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बदनामी हुने र विवादमा पर्ने कुनै पनि काम नगर्न आफ्नो पार्टीबाट मन्त्री भएकाहरुलाई निर्देशन दिएका छन् । आइतबार पार्टी कार्यालय तीनकुनेमा पार्टीबाट मन्त्रि बनेकालाई बोलाएर अध्यक्ष नेपालले ठूलो जिम्मेवारी राष्ट्र, पार्टी र जनताले सुम्पेको भन्दै बदनामी हुने र विवादमा पर्ने कुनै पनि काम नगर्न निर्देशन दिएका हुन्।

विकृति, विसंगति, भ्रष्टाचार र अनियमितता भन्ने शब्द पार्टीलाई स्वीकार्य नहुने भन्दै यस कुरामा बिशेष ख्याल गर्न पनि उनले निर्देशन दिए। अध्यक्ष नेपालले पारदर्शी बन्न र आचारसंहिताको पुर्ण पालना गर्न पनि निर्देशन दिएका हुन्।

त्यस्तै अध्यक्ष नेपालले पार्टीभित्र एकलौटी गरेकाले एमाले अध्यक्ष केपी ओलीसंग बिद्रोह गर्नुपरेको धारण राखे । प्रतिनिधिसभा बिघटन गर्दै असंवैधानिक कार्य गरेका ओलीले पदका लागि जे पनि गरेको र आलोचना गर्नेका लागि ढोका बन्द गरेको उनको आरोप छ । नेकपा (एकीकृत समाजवादी)बाट चार मन्त्री र एक राज्यमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारमा सहभागी भएका छन्।

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय

६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि

विपद् व्यवस्थापनमा बजेटको अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन